राष्ट्रपति सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ समकक्षी सी चिनफिङसँगको वार्ता ‘अत्यन्त सकारात्मक’ भएको बताउनुभएको छ । ग्रेट हल अफ द पिपुलमा आयोजित भव्य समारोहमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “हामीले चिनियाँ प्रतिनिधिमण्डलसँग आज अत्यन्त सकारात्मक र फलदायी कुराकानी गरेका छौँ ।
चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति
इरानी नौसैनिक बलले चिनियाँ जहाजको एक समूहलाई मङ्गलबार रातिदेखि रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ हुँदै जान अनुमति दिएको छ । इरानी समाचार समित तस्निमले नाम उल्लेख नगरिकन इरानी अधिकारीलाई उद्धृत गरी लेखेको छ, “इस्लामिक गणतन्त्र इरानको निर्णयपछि केही चिनियाँ जहाजलाई स्ट्रेट अफ होर्मुज हुँदै इरानको व्यवस्थापनमा पारवहन कानुनअनुसार यात्रा गर्न अनुमति दिइएको छ ।” बेइजिङले अनुरोध गरेको यो मार्ग बुधबार साँझ ‘इरानी व्यवस्थापन नियममा समझदारी’ पछि सुरु भएको बताइएको छ ।
बेइजिङमा सी र ट्रम्पबिच वार्ता : द्वन्द्व होइन, साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड
चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा द्विपक्षीय वार्ता भएको छ ।
विश्वकपअघि अमेरिकाको भिसा नियममा आंशिक सहजता
आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागु गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता दिने घोषणा गरेको छ ।
ओमान तटमा भारतीय जहाजमा आक्रमण, भारतद्वारा निन्दा, चालक दल सुरक्षित
भारतको व्यावसायिक जहाजमा ओमानको तटमा बिहीबार भएको आक्रमणको भारतले निन्दा गरेको छ । भारतले उक्त घटनालाई अस्वीकार्य भन्दै मध्य पुर्व द्वन्द्वको बिचमा समुद्री गतिविधिको स्वतन्त्रताको रक्षाको महत्वलाई प्रष्ट परेको छ ।
ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छाया
इरान युद्धका कारण चर्किएको ऊर्जा सङ्कट, अस्थिर तेल बजार र विश्वव्यापी आर्थिक अनिश्चितताबिच ब्रिक्स राष्ट्रका विदेशमन्त्री बिहीबार नयाँदिल्लीमा भेला भएका छन् । भारतले बैठकको उद्घाटन गर्दै वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति गम्भीर उतारचढाव र पर्याप्त प्रभावको चरणमा पुगेको चेतावनी दिएको छ ।
भारतमा मौसमी प्रकोपका कारण ८० जनाको मृत्यु
भारतको उत्तर प्रदेश राज्यमा विगत २४ घण्टामा भारी वर्षा र तीव्र हावासहित असिना पानी पर्दा ८० भन्दा बढी मानिसकोे मृत्यु भएको र एक सय भन्दा बढी घाइते भएको सरकारी अधिकारीले बिहीबार पुष्टि गरेका छन् ।
भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध
घरेलु बजारमा चिनीको आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि नियन्त्रणमा राख्ने उद्देश्यसहित भारतले चिनी निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको छ । विश्वका सबैभन्दा ठूला चिनी उत्पादकमध्ये एक भारतले सेप्टेम्बरको अन्त्यसम्मका लागि निर्यात रोक्ने निर्णय गरेको हो ।
युद्धबिच नेतान्याहुको युएई भ्रमण दाबी, खाडी क्षेत्रमा नयाँ बहस
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानसँगको युद्धका क्रममा गोप्यरूपमा संयुक्त अरब इमिरेट्स (युएई) भ्रमण गरेको दाबी सार्वजनिक भएपछि मध्यपूर्वको कूटनीतिक तथा सुरक्षा समीकरण फेरि चर्चामा आएको छ ।
लेबनानमा इजरायली आक्रमण, दस जनाको मृत्यु
दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा परी दस जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको लेबनानको जनस्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ ।
एकै दिनमा पाँच हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
एकै दिनमा पाँच हजार २०० जनाभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्केको जनाइएको छ । स्वदेश फर्केका मध्ये एक हजार १७८ जनालाई उनीहरूको गृह प्रान्तमा सारिएको जनाइएको छ ।
पाकिस्तानमा झडप, १२ जनाको मृत्यु
पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा भएको झडपमा पाँच जना सैनिक र सात जना आतङ्कवादी गरी १२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीहरूले बिहीबार बताएका छन् ।
एक हप्तामा लेबनानमा ५९ जना बालबालिका द्वन्द्वको मारमा : युनिसेफ
युद्धविराम सम्झौताको बाबजुद गत हप्तामा मात्र लेबनानमा कम्तिमा ५९ जना बालबालिक युद्वको मारमा परेको संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) ले जनाएको छ ।
बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार बेइजिङमा भएको बहुप्रतीक्षित शिखर भेटवार्ता औपचारिक मित्रता,कूटनीतिक सङ्केत र गहिरिँदो रणनीतिक अविश्वासबीच सुरु भएको छ ।
बेइजिङमा अमेरिकी राष्ट्रपति ट्रम्प, आज शिखर वार्ता
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबिच बिहीबार बेइजिङमा शिखर वार्ता हुँदै छ । विश्वका दुई ठुला अर्थतन्त्र भएका मुलुकका शीर्ष नेताबिच हुन लागेको शिखर वार्तालाई विश्व समुदायले उच्च महत्वका हेरिरहेको छ । नौ वर्षपछि तीनदिने राजकीय भ्रमणमा राष्ट्रपति ट्रम्प बुधबार साँझ चीनको राजधानी बेइजिङ आइपुग्नुभएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
गर्भनिरोधक अभावले बङ्गलादेश चिन्तित
एक समय परिवार नियोजन कार्यक्रमका कारण अन्तर्राष्ट्रियरूपमा प्रशंसा कमाएको बङ्गलादेश अहिले गम्भीर गर्भनिरोधक अभावको सङ्कटसँग जुधिरहेको छ ।
सुरक्षित ढुवानीका लागि बेलायत र फ्रान्सको अभियानमा सहभागी हुने अष्ट्रेलियाको तयारी
मध्य-पूर्वमा जारी तनावको बिचमा स्ट्रेट अफ होर्मुजको जलमार्ग हुँदै हुने ढुवानीको सुरक्षा गर्न बेलायत र फ्रान्सको नेतृत्वमा सुरु भएको रक्षात्मक बहुराष्ट्रिय सैन्य अभियानलाई समर्थन गर्न अष्ट्रेलिया तयार रहेको बुधबार बताइएकोे छ ।
लेबनानमा इजरायली आक्रमण, १३ को मृत्यु १४ जना घाइते
दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा परी १३ जनाको मृत्यु हुनुका साथै खन्य १४ जना घाइते भएको जनाइएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले नबातियाह सहरमा इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या पाँच जना पुगेको जनाएको छ ।
राजा चार्ल्सको सम्बोधनमा स्टार्मरको परीक्षा
बेलायतका राजा चार्ल्स तृतीयले आगामी वर्षका लागि सरकारको कानुनी तथा नीतिगत कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारीसँगै प्रधानमन्त्री कीर स्टार्मरको राजनीतिक भविष्यबारे पनि चासो बढेको छ ।
युक्रेनमा रूसी हवाई आक्रमण, आठको मृत्यु, ११ जना घाइते
युक्रेनको निप्रोपेट्रोभस्क क्षेत्रमा भएको रूसी आक्रमणमा परी आठ जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बुधबार बताएका छन् ।
सरमत मिसाइल परीक्षणमा पुटिनको प्रशंसा
रुसले आफ्नो रणनीतिक क्षमतामा ठुलो उपलब्धि हाँसिल गरेको दाबी गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनले सरमत अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रणालीको सफल परीक्षणको प्रशंसा गर्नुभएको छ । उहाँले यसलाई ‘विश्वको सबैभन्दा शक्तिशाली मिसाइल प्रणाली’ भन्दै रूसको दीर्घकालीन सुरक्षा रणनीतिको प्रमुख आधारका रूपमा प्रस्तुत गर्नुभयो ।
इरान-अमेरिका संवादमा पाकिस्तानलाई चीनको साथ
पश्चिम एसियामा बढ्दो तनावका बिच चीनले इरान र अमेरिकाबिच वार्ता सहज बनाउन पाकिस्तानलाई आफ्नो कूटनीतिक भूमिका अझ सक्रिय बनाउन आग्रह गरेको छ । विशेष गरी हर्मुज जलघाँटीको स्थिरता र अस्थायी युद्धविरामलाई दीर्घकालीन संवादतर्फ लैजान चीनले इस्लामाबादको मध्यस्थता प्रयासलाई महत्त्वपूर्ण रूपमा हेरेको सङ्केत दिएको छ ।
सुडानका ४१ लाख शरणार्थी मूल थलोमा फिर्ता : आइओएम
द्वन्द्वको कारण विस्थापित भएका लगभग ४१ लाख सुडानी नागरिक आफ्नो मूल थात थलोमा फर्केको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम)ले घोषणा गरेको छ ।
चीनसँग ‘ठुलो सम्झौता’ खोज्दै ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्डले चीन भ्रमणमा निस्कँदै गर्दा बेइजिङसँग व्यापार, प्रविधि र भू-राजनीतिक तनावलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने सङ्केत दिनुभएको छ ।