चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत
विश्वव्यापी स्तरमा देखा परिरहेका नयाँ चुनौतीहरूको पृष्ठभूमिमा चीन र क्यानाडाका शीर्ष नेताहरूले वर्षौंदेखि तनावग्रस्त रहँदै आएको द्विपक्षीय सम्बन्धलाई सुधार गर्ने दिशामा अघि बढ्ने प्रतिबद्धता शुक्रबार व्यक्त गर्नुभएको छ।
अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित
अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्याइ रहेको छ । विश्व खाद्य कार्यक्रमका अफगानिस्तान प्रमुखका अनुसार अन्तर्राष्ट्रिय समुदायले यस सङ्कटमा महिला र बालबालिकालाई सहयोग पुर्याउन असफल भएको छ ।
इन्डोनेसियामा वृक्षरोपण र वन सुरक्षामा नयाँ रणनीति
इन्डोनेसियाले देशभरका वन क्षेत्रको संरक्षण र निगरानीलाई थप प्रभावकारी बनाउन २१ हजार वन प्रहरी थप गर्ने प्रस्ताव अघि सारेको छ । वन तथा वातावरण सम्बन्धी बढ्दो चुनौती, अवैध काठ कटानी र प्राकृतिक विपद न्यूनीकरणलाई ध्यानमा राख्दै सरकार यो कदम चाल्न लागेको हो ।
श्रीलङ्काकाद्वारा सन् २०२६ पर्यटन प्रर्वद्धन गर्न पर्यटन अभियान सुरु
श्रीलङ्का पर्यटन विकास प्राधिकरण (एसएलटीडीए)ले सन् २०२६ का लागि आफ्नो राष्ट्रिय पर्यटन लक्ष्य पूरा गर्न विशेष अभियान सुरु गरेको वरिष्ठ अधिकारी बुद्धिका हेवासमले शुक्रबार बताउनु भएको छ ।
संयुक्त राष्ट्रसङ्घमा इरान सम्बन्धी बैठक, अमेरिका र इरानका धारणा प्रस्तुत
पछिल्ला घटनाक्रमका बिच संयुक्त राज्य अमेरिका र इरानका प्रतिनिधि बिहीबार संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदको आपतकालीन बैठकमा सहभागी भएका छन् ।
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आफ्नो पहिलो ‘स्टेट अफ द युनियन’ सम्बोधनमार्फत देशको मुख्य राज्य–नियन्त्रित तेल उद्योगलाई विदेशी लगानीका लागि खुला गर्नुपर्ने आवश्यकता औँल्याउँदै संयुक्त राज्य अमेरिकासँग सम्बन्ध सुधार गर्न आह्वान गर्नु भएको छ ।
चीन-अल्जेरिया अन्तरिक्ष सहकार्यः नयाँ उपग्रह प्रक्षेपण
चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट ‘अल्जेरियाको भू-संवेदन उपग्रह’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।
गाजा शान्ति परिषद गठन गर्ने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने घोषणा गर्नुभएको छ, जुन प्यालेस्टिनी क्षेत्रमा युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकी योजनामा उल्लेखित निकाय हो ।
युनलाई पाँच वर्ष कैद
दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई मार्सल ल लागु गर्ने निर्णयसँग सम्बन्धित केही अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ ।
इरानमा विरोध प्रदर्शन : मृतकको सङ्ख्या दुई हजार ५७१ पुग्यो
इरानमा विरोध प्रदर्शनमा मृतकको सङ्ख्या दुई हजार ५७१ पुगेको छ । सरकारले प्रदर्शन नियन्त्रण गर्न सञ्चार माध्यम बन्द गरेपछि स्थानीय नागरिकले बाहिरका साथीभाइसँग मङ्गलबारदेखि पहिलो पटक फोनमार्फत सम्पर्क गरेका छन् ।
‘बायोमेडिसिन’ अनुसन्धानका लागि चीनको वैज्ञानिक पत्रिका सुरु
चीनले ‘बायोमेडिसिन’ क्षेत्रमा ‘विटा’ नामक नयाँ अन्तर्राष्ट्रिय वैज्ञानिक पत्रिका सन् २०२६ मा सुरु गर्न लागेको वेस्टलेक विश्वविद्यालयले शनिबार जनाएको छ । ‘विटा’ शब्द ल्याटिनबाट आएको हो, र यसको अर्थ ‘जीवन’ हो ।
थाइल्यान्डमा रेल दुर्घटना, २० जनाको मृत्यु
थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तरगतको रेल बुधबार एउटा क्रेन खस्किएर लिगबाट खसेर दुर्घटनाग्रस्त हुँदा कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।
सन् २०२५ मा प्राकृतिक प्रकोपले मानव जीवन र अर्थतन्त्र प्रभावितः प्रतिवेदन
विश्वव्यापी वातावरणीय प्रणालीमा भइरहेका परिवर्तनले सन् २०२५ मा बाढी, खडेरी र अत्यधिक तापक्रमलाई तीव्र बनाउँदै हजारौँ मानिसको ज्यान गएको र सयौँ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको एक नयाँ प्रतिवेदनले जनाएको छ ।
चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा
चीनको व्यापार अधिशेष सन् २०२५ मा करिब १२ खर्ब अमेरिकी डलरको ऐतिहासिक रेकर्डमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर
युक्रेनको उत्तरपूर्वी सहर खार्किवमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएको क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले मङ्गलबार बताउनु भएको छ ।
विश्व खाद्य कार्यक्रमद्वारा सन् २०२६ मा खाद्य असुरक्षाको सङ्कट बढ्ने चेतावनी जारी
संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का कार्यकारी निर्देशक सिन्डी म्याककेनले सन् २०२६ मा विश्वव्यापी भोकमरीको सङ्कट बढ्ने चेतावनी दिँदै ३१ करोड ८० लाखभन्दा बढी मानिस खाद्य असुरक्षाको गम्भीर समस्याको सामना गरिरहेको बताउनु भएको छ ।
उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य सङ्कटमा
फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह ग्यास उत्सर्जन कटौतीको गति कायम राख्न नसकेको देखिएको छ ।
किमद्वारा निजी सुरक्षा टोली फेरबदल
उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो व्यक्तिगत सुरक्षाको जिम्मेवारी सम्हाल्ने तीन जना शीर्ष अधिकारीलाई प्रतिस्थापन गर्नु भएको छ ।
इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो
इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्ध मङ्गलबार आंशिक रूपमा खुकुलो पारेको छ । देशभर फैलिएको रक्तपातपूर्ण विरोध प्रदर्शनपछि पहिलो पटक इरानी नागरिकलाई मोबाइल फोनमार्फत विदेशमा फोन कल गर्न अनुमति दिइएको हो ।
सिपिसीको प्रतिनिधि मण्डल नेपाल आउँदै
चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभाग अन्तर्गत नेपाल मामिला प्रमुख झेङ युयाको नेतृत्वमा सिपिसी प्रतिनिधि मण्डल तीन दिनका लागि नेपाल भ्रमणमा आउनु हुनेभएको छ । आउने साता उहाँहरुको टोली नेपाल आइपुग्ने बताइएको छ ।
किसानको आक्रोश संसदसम्म
फ्रान्सेली किसानले कम आय र दक्षिण अमेरिकासँग हुने युरोपेली सङ्घ (इयु) को व्यापार सम्झौताप्रति कडा आपत्ति जनाउँदै मङ्गलबार करिब ३५० ट्रयाक्टरसहित राजधानी पेरिसको सडक हुँदै संसद भवनसम्म प्रदर्शन गरेका छन् । किसानका अनुसार उक्त सम्झौताले उनीहरूको जीविकोपार्जन र घरेलु कृषि प्रणालीलाई गम्भीर खतरा पुर्याउने डर छ ।
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो
जर्मनीका शीर्ष कूटनीतिज्ञले सोमबार डेनमार्कको स्वायत्त क्षेत्र ग्रिनल्यान्ड कब्जा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बारम्बारको धम्कीका बाबजुद त्यहाँ अमेरिकी आक्रमणको सम्भावनालाई न्यून आकलन गरेका छन् ।
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल
दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मङ्गलबार पश्चिमी जापानको ऐतिहासिक सहर नारामा जापानी प्रधानमन्त्री साने ताकाइचीसँग शिखर सम्मेलनका लागि भेटवार्ता गर्नुभएको छ ।
मोदी-मेर्ज वार्ता गान्धीनगरमा
प्रधानमन्त्री नरेन्द्र मोदीले जर्मन सङ्घीय चान्सलर फ्रेडरिक मेर्जसँग सोमबार गान्धीनगरमा प्रतिनिधिमण्डल स्तरको वार्ता गर्नु भएको छ ।