अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्रका रूपमा ऊर्जालाई विकास गर्दैछौँः अर्थमन्त्री
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल ९इप्पान० ले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट तथा कार्यक्रमका लागि ५३ बुँदे सुझाव पेस गरेको छ ।
सार्वजनिक यातायातलाई उच्चपदस्थले चढ्न योग्य बनाउनुपर्छ : सभापति गजुरेल
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सार्वजनिक यातायातलाई मर्यादित, भरपर्दो र उच्चपदस्थ अधिकारीले समेत प्रयोग गर्न सक्ने बनाउनुपर्ने बताउनुभएको छ।
प्रधानन्यायाधीश सिफारिस संवैधानिक घेराभित्रै भएको हो : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधानमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्को क्षेत्राधिकारभित्र रहेर योग्य व्यक्तिलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरिएको बताउनुभएको छ। संवैधानिक प्रक्रियाअनुसार भएको सिफारिसलाई ‘सडक बहस’ को विषय बनाउनु अनुचित हुने उहाँको भनाइ छ।
सोमबारदेखि संसद्को बजेट अधिवेशन
सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ ।
सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दिएको आरोप लगाउनुभएको छ ।
पार्टी सांसदलाई गुटबन्दीमा नलाग्न सभापति लामिछानेको निर्देशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदलाई गुटबन्दीमा नलाग्न निर्देशन दिनुभएको छ ।
राष्ट्रिय सरोकारमा रास्वपाको नीति बहस
प्रतिनिधि सभाको प्रमुख तथा सरकारको एकल नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय सरोकारका विषयमा केन्द्रित भई गहन बहस विमर्श सुरु गरेको छ ।
राष्ट्रियताका मुद्दामा सरकारलाई कांग्रेसको पूरा सहयोग हुन्छ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो पार्टीको साथ र सहयोग रहने बताउनुभएको छ ।
सरकार अध्यादेशमार्फत न्यायपालिका र व्यवस्थापिकामाथि हस्तक्षेप गर्न खोज्दैछ : उपसभापति भुसाल
नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले वर्तमान सरकारले अध्यादेशमार्फत न्यायपालिका र व्यवस्थापिकामाथि हस्तक्षेप गर्न खोजिरहेको आरोप लगाउनुभएको छ ।
बासको अधिकार नागरिकको मौलिक हक : अध्यक्ष हर्कराज राई
श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) ले नागरिकको बासको अधिकार हुन्छ र यो मौलिक हक भएको बताउनुभएको छ ।
संविधानका आधारभुत स्तम्भमाथि प्रहार हुनेगरी संशोधन नगर्न नेता ज्ञवालीको आग्रह
नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले संविधान संशोधनको नाममा गणतन्त्र र लोकतन्त्रका आधारभूत स्तम्भलाई कमजोर पार्न नहुने बताउनुभएको छ ।
नेकपा एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन
नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ ।
बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
मानवीय सहायता प्रस्तावबारे अमेरिका र क्युबाबिच मतभेद
क्युबाले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले व्यक्त गर्नुभएको मानवीय सहायता प्रस्तावसम्बन्धी दाबीलाई अस्वीकार गरेको छ । क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले अमेरिकाले क्युबालाई १० करोड अमेरिकी डलर बराबरको सहायता प्रस्ताव गरेको भन्ने अभिव्यक्ति तथ्यसँग मेल नखाने बताउनुभएको छ ।
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा तलमाथि हुन थाले मानव समाज भयभित हुन थाल्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनु पर्दछ, भन्नुभएको छ ।
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश
सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकका हकअधिकारको संरक्षण तथा विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका निरन्तर प्रतिबद्ध रहेको बताउनुभएको छ ।
‘सांसदले संसदीय भूमिकाबाट विमुख हुने सङ्केत गर्दैछन् ’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ ।
ज्येष्ठ नागरिकको सम्मान र हितमा ललितपुर महानगर प्रतिबद्ध छः प्रमुख महर्जन
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ज्येष्ठ नागरिकहरूको सम्मान र हितका लागि महानगरपालिकाले विभिन्न रचनात्मक तथा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताउनुभएको छ ।
रास्वपाका सांसदको दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
सक्षम सांसद सशक्त संसद् भन्ने नाराका साथ सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु भएको छ
हल्लाको पछि नलाग्न उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आग्रह
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी–व्यवसायीमाथि धरपकड गरिने भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ ।
पन्ध्र अवैतनिक वाणिज्यदूत पदमुक्त
सरकारले विदेशस्थित १५ जना नेपाली अवैतनिक वाणिज्यदूतलाई पदमुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको हो ।
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिस भएका डा. मनोजकुमार शर्माविरुद्ध शर्माविरुद्ध उजुरी आह्वान गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले शर्माविरुद्ध उजुरी आह्वान गरेको हो ।
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भूमिकालाई अत्यन्त महत्त्वपूर्ण भन्दै विभागलाई सेवा प्रवाहमा सुधार, पारदर्शिता र प्रभावकारिता बढाउन निर्देशन दिनुभएको छ ।
क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बन्द कोठामा भएको भेटवार्तापछि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अमेरिकाले तत्काल क्युबामाथि आक्रमण गर्ने कुनै योजना नभएको आफूले बुझेको दाबी गर्नुभएको छ ।