प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी
प्रधानमन्त्री सुशीला कार्कीले संसद् भवनमा जेनजी आन्दोलनका सहिदहरुको सालिक राख्ने विषयमा भएको प्रगतिबारे जानकारी लिनुभएको छ।
कांग्रेस मुख्यसचिव पौडेलद्वारा राजीनामा
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ।
ललितपुरमा दुई लाख ६९ हजार मतदाता : ७४ उम्मेदवार
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर जिल्लामा कूल दुई लाख ६९ हजार २५६ मतदाता रहेका छन्। जसमध्ये एक लाख ३१ हजार ५४९ महिला र एक लाख ३७ हजार ७०७ पुरुष मतदाता छन् भने जिल्लाभरबाट ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
सिरहामा दलका उम्मेदवार भन्दा स्वतन्त्र बढी
सिरहाको चारवटै निर्वाचन क्षेत्रमा दर्ता भएका १३९ मध्ये ८५ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारको संख्या बढी रहेको छ।
११ स्वतन्त्रसहित उम्मेवारको अन्तिम नामावली प्रकाशन
आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ ।
नवलपुर–१ मा कांग्रेसका उम्मेदवार बालकृष्ण घिमिरे कायम
नवलपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण घिमिरे तोकिनु भएको छ। दुई दिनअघि यहाँ गजेन्द्रबहादुर आले र बालकृष्ण घिमिरेले कांग्रेस सभापति गगन थापाको हस्ताक्षर भएको टिकट ल्याएर दुवैले उम्मेदवारी दर्ता गराउनु भएको थियो।
कर्मचारीले चुनावी पोस्ट लाइक, कमेन्ट, सेयर गर्न नपाउने
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी देशैभर भइरहेको छ। यसै क्रममा कास्कीमा चुनावी आचारसंहिता पालनमा कठाइ गर्न थालिएको छ।
रेशमलाल चौधरीको उम्मेदवारी खारेज
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।
सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई
मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ ।
धनकुटामा परेन उम्मेदवारविरुद्ध उजुरी
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटामा कुनै पनि उम्मेदवारविरूद्ध दाबी विरोधको उजुरी परेन । जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले दिएको जानकारीअनुसार कुनै उमेदवारविरुद्ध उजुरी परेको छैन ।
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय
सरकारले २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ ।
ग्रिनल्यान्डबारे सार्वभौमसत्तामा वार्ता हुँदैनः डेनमार्क
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड सम्बन्धी अडान परिवर्तन गरेपछि पनि डेनमार्कले आफ्नो सार्वभौमसत्तामा कुनै पनि प्रकारको वार्ता गर्न नसकिने स्पष्ट पारेको छ ।
२५ वर्षदेखि ६४ वर्षसम्मका उम्मेदवार मैदानमा
फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गर्नेमा २५ वर्षका युवादेखि ६४ वर्षीय वृद्धासम्मले उम्मेद्वारी दिएका छन् । उम्मेद्वारी दिनेमा अधिकांश युवा छन् ।
अध्यक्ष ओली र साहसँगको बढ्दो फोटो ‘क्रेज’
झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेसँगै नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साह (बालेन) सँग अहिले स्थानीयले तस्बिर लिने क्रेज बढेको छ ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता
जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
सामाजिक सद्भाव भड्काउनेसँग सजग बनौँ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कमजोर बनाउने र सामाजिक सद्भावलाई भड्काउने तत्वहरुबाट सजग बन्न आग्रह गर्नुभएको छ ।
हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश
लामो समयसम्म प्रधानमन्त्री रहनु भएकी शेख हसिनालाई अपदस्थ गरेको सन् २०२४ को विद्रोहपछि बङ्गलादेशको पहिलो राष्ट्रिय चुनावका लागि बिहीबारदेखि औपचारिक प्रचार अभियान सुरु भएको छ ।
विशेष महाधिवेशनपछि कांग्रेस एकढिक्का बनेको छ : डा. कोइराला
नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालाले विशेष महाधिवेशनपछि नेपाली कांग्रेस एकताबद्ध भएर अगाडि बढिरहेको बताउनुभएको छ ।
ट्रम्पको कदमपछि युरोपमा राहत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड सम्बन्धी आफ्नो कडा अडान नाटकीय रूपमा परिवर्तन गरेपछि युरोपेली देशले बिहीबार राहतको सास फेरेका छन् ।
पाँचथरको फिदिममा बालेनको स्वागत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पाँचथर आइपुग्नुभएको छ । उहाँले सदरमुकाम फिदिममा स्थानीय नेता, कार्यकर्ता र शुभेच्छुकसँग भेट गर्नुभएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ ।
प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयनपत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गरी आज बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
बाँकेका अधिकांश उम्मेदवार युवा र नयाँ
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहरुमध्ये अधिकांश नयाँ र युवा उम्मेदवार रहेको पाइएको छ ।