साउदी अरबसँग श्रम सम्झौता
नेपालीको प्रमुख श्रम गन्तव्य देश साउदी अरबसँग करिब डेढ दशकको निरन्तरको प्रयासपछि श्रम सम्झौता भएको छ । साउदी अरबको रियादमा आयोजित समारोहमा नेपाल र साउदी अरब सरकारबिच श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्धन गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संसाधन तथा सामाजिक विकासमन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गर्नुभयो ।
भिक्षुले जगाएको शान्तिको दियो
यात्रा जतिसुकै लामो होस् पहिलो पाइलाबाटै सुरु गर्नु पर्छ । बौद्ध भिक्षुहरूले अक्टोवर २६ मा टेक्ससको फोर्टवर्थबाट सुरु गरेको पहिलो पाइला नर्थ क्यारोलाइनाको सदरमुकाम रालेसम्म आइपुग्दा दसौँ लाखको आसपासमा पुग्यो होला तर पनि ती पाइला रोकिएका छैनन् निरन्तर चलिरहेका छन् । शान्तिको दियो लिएर उनीहरू अहिले रालेनजिकै पुगेका छन् ।
साउदी अरबसँग श्रम सम्झौता हुँदै
साउदी अरब जाने नेपाली श्रमिकको लागत खर्च रोजगारदाताले बेहोर्ने गरी नेपाल सरकार र साउदी अरबबिच श्रम सम्झौता हुने भएको छ । नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक मन्त्रालय र साउदी अरब सरकारको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयबिच आगामी सोमबार साउदी अरबमा हुने ग्लोबल कन्फ्रेन्समा सम्झौता हुन लागेको हो ।
पर्वतारोहण पर्यटन : नेपाल क्यानाडा सम्बन्ध विस्तारमा महत्वपूर्ण बन्ने
नेपाल र क्यानाडाबिचको विविध आयाम बारेमा चर्चा गर्दै नेपाल क्यानाडा सम्बन्ध विस्तारमा पर्वतारोहण पर्यटन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
चेक रिपब्लिकमा जनवरी २४ मा राहदानी वितरण हुँदै
जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले चेक रिपब्लिकमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्ने भएको छ।
सिपिसीको प्रतिनिधि मण्डल नेपाल आउँदै
चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभाग अन्तर्गत नेपाल मामिला प्रमुख झेङ युयाको नेतृत्वमा सिपिसी प्रतिनिधि मण्डल तीन दिनका लागि नेपाल भ्रमणमा आउनु हुनेभएको छ । आउने साता उहाँहरुको टोली नेपाल आइपुग्ने बताइएको छ ।
अमेरिकाको ब्रुमफिल्ड सहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध
ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड सहरबिच भगिनी सम्बन्ध कायम भएको छ । अमेरिकाको कोलोराडोमा अवस्थित ब्रुमफिल्ड शहरसँग महानगरको भगिनी सम्बन्ध कायम भएको हो ।
अमेरिकी बहिर्गमनले थपियो चुनौती
जलवायु परिवर्तनको विश्वव्यापी साझेदारीका विभिन्न कार्यक्रम तथा संस्थाबाट अमेरिकाले हात झिकेसँगै नेपाललगायत अति कम विकसित तथा विकासशील मुलुकको जलवायु अनुकूलन, न्यूनीकरण तथा हरित विकासका प्रयास प्रभावित हुने देखिएको छ । विश्वका सबै मुलुक हरित अर्थतन्त्रको विकासतिर अग्रसर भएका बेला सामूहिक प्रयासबाट अमेरिकाको बहिर्गमनले अन्योल सिर्जना गरेको छ ।
प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गर्नु भएको छ ।
अमेरिका जान कडा सर्त
अमेरिकाको ‘भिसा बन्ड’ अर्थात् भिसाका लागि धरौटी बुझाउनुपर्ने देशको सूचीमा नेपाल परेपछि अब के हुन्छ भन्ने चासो बढेको छ । अमेरिकी सरकारले आफ्नो भिसा बन्ड सूची अद्यावधिक गर्दै बिहीबार नेपालसहित थप ३८ मुलुकलाई त्यस सूचीमा राखेको हो । उक्त सूचीमा आर्थिक रूपले कमजोर तथा राहदानी सुरक्षा कमजोर भनिएका अति कम विकसित तथा विकासशील मुलुक बढी छन् ।
अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलन सम्पन्न
मातृभाषा संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिकाबारे आयोजित अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलन सम्पन्न भएको छ । भारतको नालन्दा खुल्ला विश्वविद्यालयमा आयोजित कार्यक्रममा पत्रकारिताको माध्यमबाट मातृभाषको संरक्षण र प्रवर्धन गर्ने विषयमा छलफल गरिएको थियो ।