शिवरात्रीको अवसरमा अष्ट्रेलियामा कार्यक्रम
सनातन समाज अष्ट्रेलियाले प्रत्येक वर्ष नेपाली परम्पराअनुसार महाशिवरात्रि भव्य रूपमा मनाउँदैआएको छ। यस वर्ष पनि सधैंझैं नेपाली समुदायको उल्लेखनीय उपस्थितिमा सो पर्व मनाइएको हो ।
विश्व रेडियो दिवस आज मनाइँदै
आज विश्व रेडियो दिवस हो । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ ।
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६२औँ बैठकमा परराष्ट्र सचिव तथा सार्क स्थायी समितिका अध्यक्ष अमृतबहादुर राईले उक्त कुरा बताउनुभएको हो ।
नेपाल–कतार संयुक्त बैठक : लगानी र व्यापारमा सहकार्यको प्रतिबद्धता
नेपाल र कतारबीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धिलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले गठित नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) को पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ ।
विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड
आज विज्ञानमा महिला तथा बालिकाहरूको अन्तरराष्ट्रिय दिवस हो । महिला तथा बालिकाहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसम्बन्धी क्षेत्रमा समान पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँद यो दिवस विश्वका विभिन्न देशमा मनाइँदै छ ।
नेपाल–कतार द्विपक्षीय लगानी, निजी क्षेत्रबिचको सहकार्यबारे छलफल
कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदेलीको नेतृत्वमा आएको कतारी प्रतिनिधिमण्डले आज अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटवार्ता गरेको छ ।
पाकिस्तान आर्मी टिम स्पिरिट प्रतियोगितामा नेपाली सेनालाई स्वर्ण
मित्रराष्ट्र पाकिस्तानमा सञ्चालन भएको नवौँ पाकिस्तान आर्मी टिम स्पिरिट प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक प्राप्त गरेको छ ।
दौरा सुरुवालमा जोशीले लेखाए गिनिजबुकमा नाम
नेपाली मूलका अमेरिकी धावक बाल जोशीले दौरा सुरुवालमा ‘विश्व म्याराथन च्यालेञ्ज’ पूरा गरेर गिनिज बुकमा नाम लेखाएका छन् ।
कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह
नेपालका लागि पाकिस्तानी राजदूत अबरार हाश्मीले कश्मीरसम्बन्धी दीर्घकालीन विवादको समाधान संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव ४७ को पूर्ण कार्यान्वयनबाट मात्र सम्भव हुने बताउनुभएको छ ।
निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा रहेका नेपालीहरूले नेपालको अर्थतन्त्र र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभएको छ । जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलले नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उक्त धारणा व्यक्त गर्नुभएको हो ।
जापानको सहयोगबाट नेपाली लाभान्वित : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबिच आज यहाँ शिष्टाचार भेटघाट भएको छ । जापानको चार दिने भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेल र सम्राट नारुहितोबीच इम्पेरियल प्यालेस, टोकियोमा शिष्टाचार भेटवार्ता भएको हो ।
सिचाङका सभामुखसँग महावाणिज्यदूतको शिष्टाचार भेट
चीनको सिचाङ स्वायत्त क्षेत्रको प्रादेशिक संसद्को अधिवेशनमा ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला विशेष अतिथिका रूपमा सहभागी हुनुभएको छ ।
राष्ट्रपति पौडेलसँग जापानका परराष्ट्र राज्यमन्त्रीको भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव हाम्रो द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा भएको बताउनुभएको छ ।
नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न चाहन्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गर्नुभएको छ ।
राष्ट्रपति पौडेल जापानमा
राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमणका लागि सोमबार यहाँ आइपुग्नुभएको छ ।
युएई जाने श्रमिक बढी खर्च र प्रक्रियागत झन्झटमा
संयुक्त अरब इमिरेटस् (युएई) मा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक दुई महिनादेखि थप आर्थिक भारमा परेका छन् । उनीहरूमा चालचलन प्रमाणपत्र (प्रहरी रिपोर्ट) का बनाउन थप आर्थिक भारसँगै प्रक्रियागत झन्झट थपिएको हो । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि नेपाली श्रमि
भारतको बजेटः पूर्वाधार र उत्पादनमा ठूलो लगानी, नेपाललाई १२ अर्ब ८० करोड अनुदान
भारत सरकारले अस्थिर वित्तीय बजार र व्यापार अनिश्चितताका बाबजुद देशको आर्थिक वृद्धिलाई कायम राख्न केन्द्रित गर्दै आइतबार संसद्मा आफ्नो वार्षिक बजेट पेस गरेको छ।
राष्ट्रपति पौडेल आइतबार जापान भ्रमणमा जाँदै
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।
अमेरिकामा भारतीयद्वारा परिवारका चार सदस्यको हत्या
अमेरिकाको जर्जिया राज्यस्थित लरेन्सभिलमा एक व्यक्तिले आफ्नै परिवारका चार जना सदस्यको गोली हानी विभत्स हत्या गरेका छन्।