दीपेन्द्र र करणको प्रेरणादायी प्रदर्शनमा नेपालको जित
आइसिसी विश्वकप लिग २ मा पुछारका दुई टिमबिचको भिडन्तमा नेपालले शनिबार संयुक्त अरब इमिरेट्स (युएई) लाई ३७ रनले हराएको छ । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन र करण केसीको प्रेरणादायी बलिङको प्रमुख भूमिका रह्यो । नेपालले जितपछि १४ अङ्क बनाएको छ । लिग २ मा नेपालले चार हारपछि जित निकालेको हो । नेपालको २१ खेलमा यो मात्र छैटौँ जित हो । यसै गरी नेपालले १३ हार बेहोरेको छ भने दुई खेल अनिर्णीत बनेको थियो । आठ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल सातौँ स्थानमा यथावत् छ ।
आत्मविश्वास नै जितको मुख्य आधार : कप्तान पौडेल
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले युएईविरुद्धको खेलमा टोलीले देखाएको जुझारुपन र आत्मविश्वास नै जितको मुख्य आधार रहेको बताउनुभएको छ ।
आइसिसी विश्वकप लिग–२ : युएईमाथि नेपालको रोमाञ्चक जित
बलर चम्किएपछि नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) माथि ३७ रनको रोमाञ्चक जित निकालेको छ ।
कर्पोरेट टी–१० लिगको तयारी पूरा
काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिको आयोजानमा वैशाख १३ देखि १६ गतेसम्म तल्लो मुलपानी क्रिकेट मैदानमा हुन लागेको कर्पोरेट टी–१० लिगको तयारी पूरा भएको छ ।
आइसिसी विश्वकप लिग–२ : नेपालले युएईलाई दियो २०१ रनको लक्ष्य
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय रन बनायो । नेपालका लागि दीपेन्द्रले ७५ रन बनाउनुभयो । उहाँले ९० बलमा पाँच चौका र दुई छक्का हान्नुभयो ।
ओमानमाथि नेपाल ‘ए’ को सानदार जित, शृङ्खला बराबरीमा टुङ्गियो
नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ । ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले शुक्रबार मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा जित निकाल्दै दुई खेलको शृङ्खला १–१ को बराबरीमा गरेको हो ।
नेपाल भानुआतुसँग पराजित
आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपाल भानुआतुसँग पराजित भएको छ ।
भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य
आइसिसी महिला टि–२० च्यालेन्ज ट्रफीमा भानुआतुले नेपाललाई ९८ रनको लक्ष्य दिएको छ ।
अभ्यास सिरिजमा नेपाल ‘ए’ लाओससँग पराजित
एक दिवसीय अभ्यास सिरिजमा नेपाल ‘ए’ पाहुना टोली लाओससँग पराजित भएको छ ।
महिला टी–२० च्यालेन्ज : नेपालले रुवान्डालाई दुई विकेटले हरायो
रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपालले रुवान्डालाई दुई विकेटले हरायो ।
ओमानसँगको खेलको लागि नेपाल ‘ए’ टोलीको घोषणा
नेपाल क्रिकेट सङ्घ (क्यान)ले ओमानविरुद्ध हुने दुई एकदिवसीय खेलका लागि आज नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ ।
युएईले नेपाललाई दियो १२९ रनको चुनौती : सन्दीप लामिछानेको उत्कृष्ट बलिङ
संयुक्त अरव इमिरेट्स (युएई)ले नेपाललाई १२९ रनको चुनौती दिएको छ । टी–२० आई सिरिजको दोस्रो खेलमा सुरुमा ब्याटिङ गरेको युएईले पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १२८ रन बनाएको हो ।
नेपाललाई सिरिज जोगाउन जित्नै पर्ने दबाब
संयुक्त अरव इमिरेट्स (युएई) सँग सोमबारको खेलमा हार खेपेको नेपाललाई सिरिज जोगाउन आज युएईलाई हराउनै पर्ने दबाब छ ।
तानसेन मेयर कप क्रिकेटको उपाधि वडा नं. ९ लाई
तानसेनमा सम्पन्न तेश्रो तानसेन मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नं. ९ ले हात पारेको छ । पाल्पाको तानसेन टुँडिखेल खेलमैदानमा आयोजित फाइनल खेलमा साविक विजेता वडा नं. १ लाई ४४ रनको फराकिलो अन्तरले पराजित गर्दै वडा नं. ९ ले पहिलो पटक उपाधि चुमेको हो ।
नेपाल युएई टी–२० सिरिज भोलि
आइसिसी विश्वकप लिग–२ को तयारीमा रहेको नेपालले विश्वकपअघि संयुक्त अरब इमिरेट्स (युएई)सँग अन्तर्राष्ट्रिय टी–२० सिरिज खेल्ने भएको छ ।
पहिलो खेलमा अमेरिकासँग हारेको नेपाल आज इटालीसँग खेल्दै
आइसिसी वुमन्स च्यालेन्ज ट्रफीको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेल आज (आइतबार) इटालीसँग प्रतिस्पर्धा गर्दैछ ।
पीएम कप क्रिकेटको उपाधि आर्मीले उचाल्यो : सुदूरपश्चिम पाँच विकेटले पराजित
विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
लिग-२ का लागि नेपाली टोलीको घोषणा : कप्तान रोहित पौडेल
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएई र ओमान सम्मिलित त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
टी–२० क्रिकेटमा नेपाली टोलीको कप्तान दीपेन्द्रसिंह ऐरी
नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हुने आगामी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ ।
लहानमा क्रिकेट रंगशाला निर्माण सुरु
लहान नगरपालिका–४ स्थित खुटी नदीको दक्षिणी भागमा रहेको खाली ठूलो मैदानमा ‘यज्ञभूमि क्रिकेट रंगशाला’ निर्माण कार्य सुरु भएको छ ।
प्रधानमन्त्री कप : आर्मी र मधेश विजयी
जनकपुरमा भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई एक विकेटले हरायो । यस्तै वीरगन्जमा भएको अर्को खेलमा मधेशले नेपाल पुलिस क्लबलाई चार विकेटले हरायो ।
महिला क्रिकेट टोलीको बिदाइ
आइसिसी वुमन्स च्यालेन्ज ट्रफीमा सहभागी हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बुधबार बिदाइ गरिएको छ ।
प्रधानमन्त्री कप : गण्डकी प्रदेश विजयी
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मङ्गलबार कर्णाली प्रदेशलाई पराजित गर्दै गण्डकी प्रदेश विजयी भएको छ ।
क्रिकेटले खुसी र फुटबलले दुःखी बनाएको वर्ष
अहिले हरेक क्षेत्र केही स्वर्णिम अध्याय जोडिने आशामा नयाँ उमङ्ग र आशाका साथ २०८३ साललाई स्वागत गर्न तम्तयार छ । खेलकुद पनि यसको अछुतो हुने छैन तर पनि हरेक क्षेत्रमा बितेको वर्षको पृष्ठपोषण त हुन्छ नै । त्यसैले सङ्क्षिप्त रूपमा २०८२ सालमा भएका नेपाली खेलकुद गतिविधिलाई फर्केर हेर्ने छौँ ।