शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख ३० गते । नेपाल क्रिकेट प्रशिक्षक सङ्घले क्रिकेट प्रशिक्षकहरूको सेवा सुविधा र पारिश्रमिक बढाउन माग गरेका छन् ।
प्रशिक्षक सङ्घका अध्यक्ष जगतबहादुर टमाटाले नेपाल क्रिकेट सङ्घ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई माग पत्र बुझाउनुभएको हो ।
मान पत्रमा नेपाली क्रिकेटको विकासमा प्रशिक्षकले लामो समयदेखि निःस्वार्थ रुपमा योगदान गर्दै आएको, उमेर समुह र महिला सिनियर टोलीको प्रशिक्षणमा पनि उचित सहयोग गर्दै आएको उल्लेख गर्दै उचित पारिश्रमिकको माग गरेका हुन् ।
साथै प्रशिक्षक सङ्घले प्रशिक्षकहरुको मेहनत र समर्पणका कारण नेपालका प्रतिभावान खेलाडी उत्पादन भएको र विभिन्न प्रतियोगितामा सफलता हात पारेको समेत उल्लेख गरेका छन् ।