जोमसोमको काठेपुल र आसपासको दृश्य
मुस्ताङको घरपझोङ गाउँपालिका–४ स्थित जोमसोम बजार जोड्ने काठेपुल र आसपासको दृश्य।
थाक टुकुचे गाउँ र धौलागिरि हिमाल
मुस्ताङको थासाङ गाउँपालिका-१ स्थित स्व. कवि भूपि शेरचनको जन्मथलो थाक टुकुचे गाउँ । पृष्ठभूमिमा धौलागिरि र पानापाथी हिमाल ।
तनहुँ जलविद्युत् आयोजना बाँध निर्माणस्थल
तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज १ अन्तर्गतको बाँध निर्माणस्थल । आयोजनाको तीन वटा प्याकेजमा काम भइरहेको छ ।
मार्सीधान रोप्दै किसान
जुम्लाको चन्दननाथ नगरपालिका२ भण्डारीवाडाका किसान खेतमा मार्सीधान रोप्दै ।
भोर्लेटार बजार र आसपासको दृश्य
लमजुङको मध्यनेपाल नगरपालिका-६ , रानीपानीको मिठु डाँडाबाट बुधबार देखिएको भोर्लेटार बजार र आसपासको दृश्य।
सुकुम्बासी वस्तीमा कवाड संकलन गर्ने सक्रिय (फोटो फिचर)
सरकारले सुकुम्बासी वस्ती भत्काएपछि भत्केको वस्तीबाट कवाड सामग्री संकलन गर्नेको भिड लाग्ने गरेको छ । काठमाडौँको तीनकुनेस्थित गैरिगाउँ क्षेत्रमा भत्काइएको सुकुम्बासी बस्ती क्षेत्रमा सङ्ला इट्टा, कवाड तथा फलाम बटुल्दै कवाड व्यवसायीहरु सक्रिय देखिएका हुन् ।
राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (फोटो फिचर)
काठमाडौँ, वैशाख २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको छ । सोमबार अपराह्न ४ बजे सुरु भएको संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
याक र चौरीलाई लेक लगिँदै
बर्खा लागेसँगै मुस्ताङको थासाङ गाउँपालिका–५, टिटी गाउँबाट नुप्साङ लेकतर्फ याक, नाक र चौरीको बथान लैजाँदै लार्जुङ गाउँका राजेन्द्र शेरचन ।
खाँदबारी-किमाथाङ्का सडक
उत्तर दक्षिण कोशी राजमार्ग सङ्खुवासभाको खाँदबारी नगरपालिका- ४ स्थित १ हजार ८ सय ९० मिटर उचाइको छ्याङकुटी डाडाँबाट देखिएको खाँदबारी-किमाथाङ्का सडक खण्ड । खाँदबारी-किमाथाङ्का सडक खण्ड नेपाल-चीन–भारतलाई जोड्ने त्रिदेशीय मुख्य व्यापारिक मार्ग हो ।
आहा ! एन्जेलिया
ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फूलहरूले सजिन्छ गुफापाताल । सात रोपनीमा बनिएको दृश्यावलोकन स्थल (भ्यूटावर) सहितको उद्यान र फूलबारीमा पुग्नेबित्तिकै पर्यटक लोभिन्छन् । सूर्योदय नगरपालिका–४ मा पर्ने गुफापाताल इलामको नयाँ पर्यटकीय गन्तव्य हो ।
मनाङको चामे बजार
मनाङ सदरमुकाम रहेको चामे गाउँपालिका-४ र ५ स्थित चामे बजार र आसपासको दृश्य।
गुफा पोखरी
ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्लाको सङ्गमस्थल तीनजुरे–मिल्के–जलजले क्षेत्र अन्तर्गत पर्ने गुफा पोखरी ।
पशुपति क्षेत्रका अतिक्रमण संरचना हटाइयो
काठमाडौँ महानगरपालिका–८ स्थित पशुपति क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना आइतबार हटाइँदै। शनिबारदेखि यहाँका अतिक्रमण संरचना हटाउन सुरु गरिएको हो ।
तनहुँको रुम्सी गाउँ
तनहुँको व्यास नगरपलिका–१४स्थित रुम्सी गाउँ । यो गाउँ घरवासका लगि प्रसिद्ध छ । यहाँ रहेका करिव १२० घर मध्ये ८० घरमा घरवास ९होमस्टे० सञ्चालनमा रहेको छ ।
आकर्षक सुन्तला बगैँचा
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–६, बालकाटेमा रहेको सुन्तला बगैँचासँगै निकै आकर्षक र सुन्दर गाउँको दृश्य।
मकै गोड्दै किसान
तनहुँको व्यास नगरपालिका–१ स्थित चारकुनेका किसान शनिबार मकै गोड्दै । किसानलाई यति वेला मकै गोड्ने चटारो छ ।
टेकु क्षेत्रमा चल्यो डोजर (फोटो फिचर)
शुक्रबार काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासीमा डोजर चलाएको छ । यसअन्तर्गत आज बिहान टेकु क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर चल्न चलाइएको हो । सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बल्खुस्थित सुकुम्बासी बस्ती भत्काइयो (फोटो फिचर)
बल्खुस्थित सुकुम्बासी बस्तीमा शुक्रबार सुरक्षाकर्मीको बाल्को उपस्थितिमा डोजर चलाइएको छ ।
जोमसोम बजार
मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित पर्यटकीयस्थल ह्यारुझो भ्युटावरबाट देखिएको जोमसोम बजार ।
सिंहदरबार ग्यालरी बैठकको प्रवलीकरण धमाधम
सिंहदरबारभित्र रहेको ग्यालरी बैठक भवनको प्रवलीकरण (रेट्रोफिटिङ) कार्य भइरहेको छ । ललितपुरको प्रेरा निर्माण सेवा प्रालिले भवनको रेट्रोफिटिङ कार्य गरिरहेको छ। ग्यालरी बैठक भवन २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको थियो ।
असिना पानी
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा बुधबार परेको असिनाले सेताम्मे भएको बारी । शिख, पाउद्वार, घार क्षेत्रमा असिनापानीले खेतीबालीमा क्षति गरेको छ ।
जाकाराण्डा फूलले भरेको सुन्दरता (फोटो फिचर)
ललितपुर महानगरपालिका–१४, महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको जाकाराण्डा फूलले त्यस क्षेत्रको सौन्दर्य बढाएको छ।
मच्छिन्द्रनाथको रथ जात्रा
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई लगनखेलमा रहेको माँ सिमा (आमाको रूख) मङ्गलबार परिक्रमा गरिँदै ।
माथिल्ला तामाकोशी जलविद्युत आयोजनाको बाँधस्थल
दोलखाको बिगु गाउँपालिका-१, लामाबगरमा पर्ने स्वदेशी लगानीमा निर्माण सम्पन्न ४५६ मेगावाट क्षमताको माथिल्ला तामाकोशी जलविद्युत आयोजनाको बाँधस्थल ।