सूर्यास्त
बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १३ खड्गवारस्थित रानीघाट मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको वनक्षेत्रमा रहेको ‘रानीघाट पिकनिक पार्क’ नजिकैको रानीखोलाबाट देखिएको सूर्यास्तको दृश्य ।
जहाँ नरिवललाई आफ्नै प्रतिक मानेर पुजिन्छ (फोटो फिचर)
धनकुटाको सहिदभूमि गाउँपालिका गुर्धम, छिन्ताङ, धापलगायत स्थानका तीन सय भन्दा बढी परिवारका सदस्य मङ्सिर शुक्लपक्षमा सेता कुर्तासुरुवाल लगाएर गुर्धममा रहेको सत्सङ भवनमा भेला हुन्छन् ।
आहा ! गोतामकोट (फोटो फिचर)
पुग्नेलाई फर्कन मन नलाग्ने, फर्किएकालाई पुनः आकर्षित गरिरहने अद्भुत सुन्दर, शान्त र सैम्य गाउँ, गोतामकोट । केही उकालो चढेपछि आँखाभरि देखिने समथर उर्वर भूमि, एक आपसमा आलिङ्गन गरेर बसेका टमक्क घरधुरीले आँगन मात्र हैन करेसा, बलेसी, धुरीहरुको उत्तिकै मिलेका छन् ।
किबीले लटरम्म तोरीबारी गाउँ (फोटो फिचर)
धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–२ मारेकटहरेमा दुर्गामणि पौडेलले किबी प्रशोधन उद्योग सञ्चालनमा ल्याउनुभएको छ ।
आज बालाचतुर्दशी : पशुपति क्षेत्रमा शतबीज छर्दै श्रद्धालु (फोटोफिचर)
आज बाला चतुर्दशी अर्थात् शतबीज छर्ने दिन । हिन्दु धर्मावलम्बीहरूले मङ्सिरको कृष्ण पक्षको चतुर्दशीलाई विशेष रूपमा लिने गर्छन् ।
विघटित प्रतिनिधिसभाका एमाले सदस्यको बैठक
विघटित प्रतिनिधिसभाका नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध सदस्यको बैठक सुरु भएको छ।
बारी जोत्दै किसान
मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोममा गोरुको सहायतामा खेतबारी जोत्दै किसान ।
पर्यटकको पर्खाइमा कुम्भर अड्डा स्मृति पार्क (फोटो फिचर)
बारवर्दिया नगरपालिका –१० बर्दियाको सेमरहवामा अवस्थित कुम्भर अड्डा बेपत्ता योद्धा स्मृति पार्क आन्तरिक पर्यटकको रोजाइ बन्दैगएको छ । आन्तरिक पर्यटकहरुको पिकनिक (वनभोज) खाने स्थल, सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएकाहरु फर्किन्छन् कि भनेर प्रतिक्षा गर्ने केन्द्र पनि स्मृति पार्क बनेको स्थानीयको भनाइ छ ।
पर्यटकको रोजाइमा मनास्लु हिमाल
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने विश्वकै आठौँ अग्लो मनास्लु हिमाल (८१६३) मिटर पछिल्ला वर्षहरुमा पर्यटकको पहिलो रोजाइ बनेको छ ।
फेवाताल र माछापुच्छ्रे हिमाल
पोखरा महानगरपालिका-१७ ड्यामसाइडबाट सोमबार बिहान देखिएको माछापुच्छ्रे हिमाल, फेवाताल र तालमा हिमश्रृङ्खलाको छायाँ ।
खाल्सामा वाढाङ्मीको रौनाक (फोटो फिचर)
धनकुटाको खाल्सा क्षेत्र यतिबेला मुन्धुम, स्थानीय वाजागाजा, नाचले गुन्जयमान छ । सो क्षेत्रमा बसोबास गर्ने छ्योलुङ र नाम्चाहाङ पाछाका राई समुदायको मुख्य पर्व वाढाङमी मनाइरहेका छन् ।
मुस्ताङको इतिहास बोकेको मेकी ल्हखाङ बौद्ध गुम्बा
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित करिब पाँच सय वर्षभन्दा पुरानो इतिहास बोकेको मेकी ल्हखाङ बौद्ध गुम्बा र पृष्ठभूमिमा सेताम्मे धौलागिरि हिमाल
तम्घास बजार
धार्मिक तथा ऐतिहासिक महत्त्वले भरिपूर्ण स्थान ‘अर्जुन डाँडा’ को काखबाट देखिएको गुल्मीको सदरमुकाम तम्घास बजारको दृश्य।
टिटी ताल र धौलागिरि हिमाल
मुस्ताङको थासाङ गाउँपालिका-५ मा अवस्थित टिटीताल र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल ।
दरबारमार्गमा जलरङ माध्यममा नौलो प्रयोग
कला सिर्जनाका माध्यममध्ये महत्वपूर्ण र सुरुआती माध्यम जलरङ हो । पारदर्शी यो रङ खेलाउन जति सजिलो छ उति नै कठिन पनि हुन्छ ।
पाथीभरामा सय वर्ष पुरानो घन्टी सुरक्षित (फोटो फिचर)
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सयौं वर्ष पुरानो घन्टीहरु सुरक्षित रहेका छन् । पाथीभरा दर्शन गर्ने भक्तजनले अर्पण (चढाएका) गरेका घन्टी सुरक्षित रहेका हुन्।
नेपाल प्रहरी जवानमा भर्ती हुन दरखास्त दिनेको भीड
जिल्ला प्रहरी परिसर, काठमाडौंमा नेपाल प्रहरी जनपद समहूतर्फ रिक्त रहेका प्रहरी जवान र प्रहरी कार्यलय सहयोगी पदमा दरखास्त दिनेको भीड बढेकाे छ ।
उपल्लो मुस्ताङको दामोदरकुण्ड (फोटो फिचर)
उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा ४ मा रहेको पवित्र तिर्थस्थल दामोकरकुण्डमा क्षेत्रमा हिउँले छपक्कै छोपेको छ।
चर्चित थवाङ गाउँ
तत्कालीन सशस्त्र द्वन्द्वको बेला आधार इलाकाको रुपमा चर्चित यो गाउँमा मगर जातीहरुको बाहुल्यता रहेको छ । चिटिक्क र मौलिक रुपमा सजिएको थवाङ गाउँ यहाँको सुन्दर पर्यटीयस्थल हो ।
हवाईजहाजबाट देखिएको हिमशृङ्खला
विराटनगरबाट बिहीबार काठमाडौँ आउने क्रममा हवाई जहाजबाट देखिएको हिमशृङ्खलाको दृश्य।
स्याम्दो पोखरी
समुद्री सतहदेखि करिब पाँच हजार ३०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, सिङ्जेमा रहेको स्याम्दो पोखरी ।
गुर्जालीको परिश्रम र मौलिक जीवनशैली (फोटोफिचर)
गोधुली साँझमा गुर्जा हिमालबाट घामको किरण अस्ताउन थालेसँगै चिसो बढेको थियो । भेडाबाख्रा र गाईगोरुका बथान साँझपख गोठतर्फ फर्किदै थिए । किसानहरु भेडाबाख्रालाई गोठमा हुल्न व्यस्त देखिन्थे ।
काठेपुल तर्दै पर्यटक
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङ्गोला क्षेत्रस्थित सिङ्जेमा ताल पुग्ने पदमार्गमा रहेको काठेपुल तर्दै तालतर्फ गइरहेका आन्तरिक पर्यटक ।
निर्माणाधीन मादी पुल
मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको चार लेनको पुल । उक्त पुलको काम करिब ८० प्रतिशत सकिएको जनाइएको छ ।