लालीगुराँसको जङ्गल घोडेपानी
ढकमक्क लालीगुराँस फुलेर राताम्मे बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानी वरपरको जङ्गल ।
बाजुरामा गहुँबाली जोगाउने चिन्ता
बाजुराका किसानलाई अहिले पाक्न थालेको गहुँबाली जोगाउने चिन्ता सुरु भएको छ। बुढीगङ्गा नगरपालिका निवासी कविता सेरालाले केही दिन यता पानीसँगै असिना पर्ने भएकाले पाक्दै गरेको गहुँ नष्ट नहोस् भन्ने डरले चिन्ता बढेको बताउनुभयो।
लमजुङको पर्यटकीय क्षेत्र घलेगाउँ
अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमालको काखमा अवस्थित घलेगाउँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गर्छ ।
गुराँस फुलेर रङ्गियो घोडेपानी
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।
तस्बिरमा प्रधानमन्त्री र मन्त्रीको शपथ समारोह
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।
बागलुङ मेला : स्थानीय उत्पादनको पहिचान
देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ, बागलुङको कालिका भगवती मन्दिर परिसरमा लाग्ने ऐतिहासिक चैते दसैँ मेला धार्मिक उत्सव मात्र नभई स्थानीय उत्पादनको बजारीकरणको थलोको रूपमा पनि महत्त्वपूर्ण मानिन्छ।
सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु (फोटो फिचर)
चैते दसैँको दिन बिहीबारदेखि सेतो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ । मच्छिन्द्र बहालदेखि आर्यालोकितेश्वरको मूर्तिलाई मन्दिरबाट बाहिर ल्याई भक्तजनको लावालस्कर साथ तीनधारा पाठशालामा निर्माण गरिएको शिखर शैलीको रथमा बिराज गराइए पश्चात सो जात्रा रथयात्राको रुपमा अगाडि बढेको हो ।
महादेव खोला कोरिडोरका अनधिकृत संरचना हटाइयो
काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नं. ११ को हिलेडोल क्षेत्रमा अनधिकृतरुपमा बनाइएका संरचना भत्काइएको छ । महादेव खोला किनारमा खोलाको मापदण्ड मिचेर बनाइएका संरचना भत्काइएको हो ।
नवनिर्वाचित सांसदको शपथ आजै, सबै तयारी पूरा
सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ व्यवस्थापनमा सक्रिय भएको छ। बिहीबार अपराह्न २ बजे शपथ समारोह आयोजना हुने योजना छ।
मन्थलीको पारी मुगिटार र वारी माझी बस्ती
रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौलीको मुगिटार बस्ती ‘पारी’, मन्थली नगरपालिका वडा नं ६ को कुनाउरीमा अवस्थित माझी बस्ती ‘वारी’ र बीच भएर बगेको तामाकोशी नदीमाथि निमाणाधीन मोटर चल्ने पुल ।
भाँचियो निर्माणाधीन पुल
बाढीले पुलको टेका र फर्मा राखिएको जमिनको सतह बगाएपछि निर्माण सम्पन्न हुन लागेको पुल भाँचिएको हो ।
तस्बिरमा निर्वाचन आयोगको जलपान
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सफलता पूर्वक सम्पन्न भएको उपलक्ष्यमा आयोगमा विशेष कार्यक्रम गरेको छ ।
सेतो मच्छिन्द्रनाथ जात्राको तयारी
काठमाडौँको जमल तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथको रथ निर्माण अन्तिम चरण पुगेको छ ।
पाथीभरा मन्दिर परिसर
हिउँले सेताम्मे बनेको ताप्लेजुङस्थित पाथीभरा मन्दिर परिसर ।
चैती छठ पर्व
महोत्तरीको जलेश्वर नगरपालिका–१ मा अवस्थित बरूण सरोवर ९पोखरी०मा मङ्गलबार चैती छठ मनाइँदै ।
निलगिरि हिमाल
मुस्ताङको घरपझोङ-४ जोमसोमबाट सोमबार बिहान देखिएको हिमपातपछि सेताम्मे निलगिरि हिमाल र आसपासका हिमश्रृङ्खला ।