दैलेखमा बढ्दैछ ‘योग क्रान्ति’
नारायण नगरपालिका–२ का ८१ वर्षीय धनबहादुर थापालाई मुटुमा गम्भीर समस्या देखिएपछि चिकित्सकले भारतको गुजरातस्थित एपोलो हस्पिटलमा भर्ना भई तत्काल शल्यक्रिया गर्न सुझाव दिएका थिए ।
परशुरामधाममा मकर स्नान मेला
नेपालका चार वटा धाम मध्येको एक धाम काली नदी किनारमा रहेको परशुराम धाममा मकर सङ्क्रान्तिमा स्नान मेला लाग्ने गरेको छ ।
सुदूरपश्चिममा नरहरी पर्व मनाइँदै
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला, डोटी, डडेल्धुरा, बाजुरा, बझाङ तथा तराईका कैलाली र कञ्चनपुर क्षेत्रमा माघ १ गते परम्परागत रूपमा नरहरी पर्व श्रद्धा, विश्वास र सामाजिक सद्भावका साथ मनाइँदै आएको छ ।
थारु समुदायमा धुमधाम माघ पर्व
थारु समुदायमा माघ पर्व (माघी) को रौनक धुमधाम छाएको छ । यो समुदायको सबैभन्दा ठुलो पर्व माघीको रौनक गाउँबस्तीमा छाएको हो ।
तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित
नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाका कुनै समय स्थानीय समुदायको व्यापार, आवतजावत तथा सांस्कृतिक सम्बन्धको प्रमुख आधार थियो ।
हातहतियार तथा खरखजाना बुझाउन निर्देशन
जिल्ला प्रशासन कार्यालय बाजुराले हातहतियार तथा खरखजाना बुझाउन निर्देशन दिएको छ । २०८२ साल माघ १५ गतेभित्र जिल्लाभित्र रहेका सबै किसिमका हातहतियार तथा खरखजना अनिवार्य रूपमा बुझाउन जिल्ला प्रशासन कार्यालय बाजुराले स्थानीयलाई निर्देशन दिएको हो ।
घरैघरले भरिँदै मार्तडी जिउलो
बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका–८ र ९ को मार्तडीवासीको भात खाने जिउलो पछिल्लो समय घरैघरले भरिँदै गएको छ । मार्तडीका पहिलो पुस्ताले मार्तडी जिउलोलाई भात खाने जिउलो भन्ने गथ्र्ये । यहाँ धेरै धान फल्ने गथ्र्यो । उनीहरूले यो मार्तडी जिउलो जोगाउँदै आएका थिए ।
नेपाली सेनाद्वारा देवलहाटको ऐतिहासिक पिपल चौतारो पुनर्निर्माण
नेपाली सेनाले बैतडीको दशरथचन्द नगरपालिका–४ देवलहाटमा रहेको ऐतिहासिक पिपल चौतारोलाई पुनर्निर्माण गरी स्थानीय समुदायलाई हस्तान्तरण गरेको छ ।
आलुमा डढुवाको प्रकोप
आलु बालीमा डढुवा रोगको प्रकोप देखा परेको छ । रोगको प्रकोपले फल नलाग्दै आलुका बोट सुक्न थालेपछि व्यावसायिक आलु कृषक चिन्तित बनेका छन् ।
नयाँ जनादेशबाट देशको समृद्धिः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नयाँ जनादेशबाट मुलुकको समृद्धिको यात्रा अघि बढने बताउनुभएको छ । मङ्गलबार टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको टीकापुर महोत्सव २०८२ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले यस्तो बताउनुभएको हो ।
आर्थिक समस्या युवाको राजनीतिक तगारो
आर्थिक समस्या युवाको राजनीतिक तगारो रहेको धनगढीमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।
कञ्चनपुर कारागार छानबिनका लागि गठित समितिद्वारा २० बुँदे सुझाव पेस
पुस ४ गते कञ्चनपुर कारागारका मूल चौकीदार, नाइके तथा सह-नाइकेमाथि भएको कुटपिट पछि गठित छानबिन समितिले २० बुँदे सुझाव पेस गरेको छ ।
कञ्चनपुर कारागारको छानबिनका लागि गठित समितिद्वारा २० बुँदे सुझाव पेस
पुस ४ गते कञ्चनपुर कारागारका मूल चौकीदार, नाइके तथा सह–नाइकेमाथि भएको कुटपिट पछि गठित छानबिन समितिले २० बुँदे सुझाव पेस गरेको छ ।
रुम्दीका विद्यार्थीलाई न्यानो कपडा वितरण
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-२, रूम्दी आविका विद्यार्थीलाई चिसोमा न्यानो कपडा वितरण गरिएको छ ।
भारतमा ग्यास सिलिन्डर विस्फोट : नौ नेपालीको मृत्यु
भारतको हिमाचल प्रदेशस्थित अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ जना नेपालीको ज्यान गएको छ । मृत्यु हुने सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य रहेको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
कोरिडोरका चालिसमध्ये दुई पुल निर्माण हुने
कञ्चनपुरको ब्रम्हदेवदेखी दार्चुलाको तिङ्कर नाकालाई जोड्ने सडकका रूपमा रहेको महाकाली कोरिडोर अन्तर्गत विभिन्न नदी र खोलामा निर्माण हुने चालिस मोटरेबल पुलमध्ये चालु आर्थिक वर्ष २०८२/८३ मा दुई वटा पुल मात्रै निर्माण हुने भएका छन् ।
संस्कृति, संस्कार प्रवर्धन गर्न माघ महोत्सव
थारू समुदायको नयाँ वर्ष माघी (माघ) पर्वको अवसर पारेर कैलालीमा नगरस्तरीय थारू माघ महोत्सव आयोजना हुने भएको छ । मौलिक संस्कृति, संस्कार प्रवर्धन गर्ने उद्देश्यले गोदावरी नगरपालिका–८, मजगाउँस्थित थारू सङ्ग्रहालयमा थारू माघ महोत्सव आयोजना हुने भएको हो । बरघर भलमनसा गोदावरी नगर समिति, मजगाउँ थारू सामुदायिक होमस्टे र न्यु खुटिया चारपाते युवा क्लबको संयुक्त आयोजनामा माघ १२ देखि १४ गतेसम्म महोत्सव हुने छ ।
चुरेबाट पाँँचसय ३१ क्युफिट काठ बरामद
डिभिजन वन कार्यालय धनगढीले कैलालीको चुरे क्षेत्रबाट ५३१.४५ क्युफिट चिरान गरिएको सालको काठ बरामद गरेको जनाएको छ ।
संस्कृतिको जगेर्ना गर्न बेलौरीमा माघी महोत्सव
स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कञ्चनपुरको बेलौरीमा माघी महोत्सव आयोजना गरिएको छ । शनिवारदेखि बेलौरीको खुलामञ्चमा “राष्ट्रिय एकता व विविधता हमार शान, थारु भाषा, संस्कृति बचैना हमार अभियान” नाराका साथ बेलौरी नगर भलमन्सा समितिले माघी महोत्सवको आयोजना गरेको हो ।
बैतडी जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो
जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
बैतडीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बाजुरामा एक हजार साठी निर्वाचन प्रहरी भर्ना गरिने
बाजुरामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक हजार साठी जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
विश्वविद्यालय ऐन छिटो ल्याउन माग
टीकापुर प्राविधिक विश्वविद्यालय स्थापनाको काम छिटो हुनुपर्नेमा विज्ञले जोड दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय खोल्ने घोषणा गरेको थियो । त्यसका लागि चालु आवमा लागि पाँच करोड ५० लाख रुपियाँ विनियोजन गरिएको छ ।
खानीको धन्सारमा गरिबीको खात
फस्फोराइटसहित आठ वटा खानीको धन्सार जस्तो जिल्ला भए पनि दुई वटा स्थानीय तहसहित बैतडी देशका १० वटा गरिब जिल्लाको सूचीमा परेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान प्रतिवेदन २०८१ अनुसार बैतडी १० वटा गरिब जिल्लाको सूचीमा पर्नुका साथै यही जिल्लाको सिगास गाउँपालिका र शिवनाथ गाउँपालिका १० वटा गरिब स्थानीय तहको सूचीमा परेका छन् ।