समृद्धिका लागि युवालाई रोजगारीसँग जोड्नु पर्छ : मुख्यमन्त्री
समृद्ध सुदूरपश्चिम निर्माणका लागि युवाहरूलाई रोजगारीसँग जोड्नु पर्ने मुख्यमन्त्री कमलबहादुर शाहले बताउनुभएको छ ।
अतिक्रमित जमिनमा उद्योग र पक्की संरचना
सरकारले सार्वजनिक जमिनको अतिक्रमण हटाउने प्रक्रिया अगाडि बढाएसँगै पालिकाहरूले तथ्याङ्क सङ्कलन थालेका छन् । सोही क्रममा भीमदत्त नगरपालिकाले सार्वजनिक अतिक्रमणमा परेको जमिनको तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ ।
कुन्चा सर्न भारतको बाटो
वैशाख तेस्रो साता सदरमुकाम खलङ्गाबाट कुन्चा हिँडेको सौका समुदाय एक सातापछि तिङ्कर पुगेको छ । आफ्नै भूमि (नेपाल) बाट दार्चुलाको अति दुर्गम व्यास गाउँपालिका–१ को तिङ्कर र छाङरुगाउँसम्म पुग्न खासै बाटो नभएपछि कुन्चाका लागि भारतको बाटो हुँदै तिङ्कर पुगेको हो । सदरमुकाम खलङ्गाबाट २८ कोस टाढा उत्तरतर्फ रहेको तिङ्कर र छाङरुका मानिस कुन्चा सरेका हुन् ।
एडिबीको सहयोगमा चार सडक बन्दै
सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र एवं अस्थायी राजधानी धनगढीमा एसियन विकास बैङ्क (एडिबी) को सहयोगमा चार वटा सडक बनिरहेको छ । क्षेत्रीय सहरी विकास आयोजनामार्फत यहाँ ६.४६ किलोमिटर सडक बन्न लागेको हो । आयोजना कार्यान्वयन एकाइ धनगढीका अनुसार धनगढीगाउँ–बेली रोड (३.८२९ किलोमिटर), पार्कमोड सडक, उपमहानगरपालिका–राष्ट्र बैङ्क–ग्यालेक्सी स्कुल रोड (०.७९६ किलोमिटर) को निर्माण भइरहेको छ ।
मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना
मनसुन सक्रिय हुने समय नजिकिँदै जाँदा सम्भावित प्राकृतिक विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि बैतडीमा सशस्त्र प्रहरी बल नेपालले अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ ।
गर्मी बढेपछि दुई पालिकामा विद्यालय बिहानी सत्रमा
अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको समय परिवर्तन गरेका छन् । कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै सामुदायिक तथा संस्थागत विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
‘सुदूरपश्चिम कचहरी २०८३’ को तयारी पूरा
सुदूरपश्चिम कचहरी २०८३ को तयारी पूरा भएको छ । सुदूरपश्चिम विकास फाउण्डेसनका अध्यक्ष शेरबहादुर शाहीले शनिबार बिहान ९ बजे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कार्यक्रमको उद्घाटन गर्ने जानकारी दिनुभयो ।
नख्खु कारागारबाट फरार अभियुक्त बैतडीबाट पक्राउ
गत भाद्रमा जेनजी आन्दोलन का क्रममा नख्खु कारागार बाट फरार भएका एक अभियुक्तलाई बैतडी प्रहरीले पुनः नियन्त्रणमा लिन सफल भएको छ ।
दार्चुला–तिङ्कर सडक : न्यून बजेटप्रति स्थानीय चिन्तित
दार्चुलास्थित नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी–कोठेधार–तिङ्कर सडक योजनामा सरकारले न्यून बजेट विनियोजन गर्न लागेको विषय बाहिर आएपछि यहाँका स्थानीय चिन्तित भएका छन् ।
कार्यालय छन्, छैन सेवा
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–२ कोल्टीमा भूमि प्रशासन कार्यालय स्थापना गरेको करिब एक महिना भए पनि यहाँका नागरिकले अझै सेवा भने पाउन सकेका छैनन् । हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्थानीयलाई जग्गाको कारोबार गर्न सहज बनाउन वैशाख १ गते कोल्टीमा सो कार्यालय स्थापना गरेको थियो । त्यहाँबाट सेवा नपाउँदा यहाँका नागरिकमा अन्योलता छाएको छ ।
कार्यालय स्थापना भयो, सेवा प्रवाह सुरु भएन
बाजुरा जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–२ कोल्टीमा भूमि प्रशासन कार्यालय स्थापना भएको झन्डै एक महिना पुगे पनि सेवा प्रवाह भने सुरु हुन सकेको छैन ।
लगातार वर्षा र असिनाले बैतडीमा बालीनालीमा क्षति
बैतडीमा केही दिनयता लगातार भइरहेको वर्षा र असिनाले गहुँबाली, तरकारी तथा फलफूल खेतीमा व्यापक क्षति पुगेको छ । दैनिकजसो पानीसँगै असिना पर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
पाटे बाघ मृत फेला
बर्दियाको मधुवन नगरपालिका–१ को भलुनि भटुवा र सोमलपुर सामुदायिक वनको ओराही खोलाको छेउमा पाटे बाघ मृत भेटिएको छ ।
सुकुम्बासी बस्ती हटाउने तयारीविरुद्ध महेन्द्रनगरमा प्रदर्शन
सरकारले अध्ययनबिनै सुकुम्बासी बस्ती खाली गराउन खोजेको भन्दै त्रसित बनेका सुकुम्बासीहरूले महेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।
खानेपानी पाएपछि वडामा खुसियाली
बैतडीको पाटन नगरपालिका–१ का छ वटा गाउँमा पाँच करोड रुपियाँको लागतमा खानेपानी सञ्चालनमा आएपछि खुसियाली छाएको छ । यहाँका सकार, लदौली, इजर, घोडेधपान, डङ्सिली र सकार–गाउँमा एकै पटक खानेपानी पुगेको हो ।
विद्यालयमा शुल्क लिन बन्द
कैलालीको भजनी नगरपालिकामा रहेको कर्मेश्वर माध्यमिक विद्यालयमा शुल्क लिने विषयमा विवाद बढेपछि हाललाई शुल्क लिन बन्द गरिएको छ । विसं २०२४ मा भजनी नगरपालिका–५, कुटीमा स्थापना भएको विद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन हुन्छ ।
सरकारी विद्यालयका नतिजा देखिएन सन्तोषजनक
धनगढीका सरकारी विद्यालयका नतिजा सुधारोन्मुख भए पनि सन्तोषजनक भने हुन नसकेको सरोकारवालाले बताएका छन् । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सरकारी विद्यालयको नतिजा सन्तोषजनक नदेखिएको हो । सुदूरपश्चिम प्रदेशको सरकारी विद्यालयबाट दिएका कुनै पनि विद्यार्थीले चार जिपिए प्राप्त गर्न सकेनन् ।
वन्यजन्तुका डरले बसाइँसराइ
खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भदौ महिनाको अन्तिम साता आसपास पशुचौपायाका गोठहरू बेँसीतिर सार्ने चलन छ । यसरी बेँसी झर्दा तिनलाई पछ्याउँदै वन्यजन्तुहरू पनि तल झर्न थाल्छन् ।
गरिबीले गाउँ रित्तिँदै, घर भत्किँदै र जमिन बाँझिँदै
मानव विकास सूचकाङ्कका आधारमा बाजुरा ७७औँ स्थानमा पर्छ । जिल्लामा गरिबी, अशिक्षा तथा सुविधा सम्पन्न स्वास्थ्य संस्थाको अझै अभाव छ ।
घोडाघोडी सिमसारः सम्भावना ठुलो, संरक्षण कमजोर
कैलाली जिल्लाको पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ अवस्थित घोडाघोडी सिमसार क्षेत्र प्राकृतिक सौन्दर्य, सांस्कृतिक महत्त्व र पर्यटकीय आकर्षणको अद्वितीय सङ्गमका रूपमा चिनिँदै आएको छ ।
बैतडीमा एक पुरुष मृत फेला
बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । डिलाशैनी गाउँपालिका–४ मठैराजका ४८ वर्षीय गणेशदत्त पन्त बुधबार बिहान घरबाट करिब एक सय मिटर टाढा सडकमा मृत अवस्थामा फेला पर्नुभएको हो ।
बैतडीमा एसइई उत्तीर्ण प्रतिशत घट्यो, ५१.३९ प्रतिशत मात्र पास
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बैतडी जिल्लामा ५१ दशमलव ३९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी ३ हजार ९ सय ३० जनामध्ये २ हजार २० जना उत्तीर्ण भएका हुन् भने १ हजार ९ सय १० जना नन–ग्रेडेड भएका छन् ।
असन्तुलित उत्खननले जोखिम बढ्दै
कर्णाली नदीमा भइरहेको असन्तुलित उत्खननले कैलालीतर्फ जोखिम बढिरहेको छ । एकातर्फ मात्रै भइरहेको उत्खननका कारण कैलालीका लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकातर्फ जोखिम बढेको हो । नदीको अर्कोपट्टि बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्र परेका कारण त्यसतर्फ नदीजन्य वस्तु उत्खननमा प्रतिबन्ध लगाइएको छ । कैलालीतर्फ भने बर्सेनि उत्खनन हुँदा कर्णाली नदीको भँगालो पश्चिमतर्फ आइरहेको छ ।
भीमदत्तमा दोस्रो चरणको निर्माण अगाडि बढाइयो
कञ्चनपुरको भीमदत्त नगरपालिकामा एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋण साझेदारीमा दोस्रो चरणको सडक, ढल तथा फुटपाथ निर्माणको काम अगाडि बढाइएको छ । पहिलो चरणको निर्माण कार्य भएको करिब दुई वर्षपछि भीमदत्तमा एडिबीको दोस्रो चरणको निर्माण अगाडि बढेको हो ।