भ्रष्टाचार नियन्त्रणका उपाय
भ्रष्टाचार सामाजिक, राष्ट्रिय तथा वैश्विक समस्या हो । विश्वभर गुणात्मक र मात्रात्मक भिन्नता रहे पनि कुनै न कुनै स्वरूपको भ्रष्टाचार सर्वत्र पाइन्छ । समाजले अपेक्षा नगरेको विधि र नीतिविपरीत गरिने आर्थिक अपचलन, नीतिगत दुरुपयोग, संस्थागत अनियमितता, कानुनको बर्खिलाप र सामाजिक विशृङ्खलता नै भ्रष्टाचार हो । आर्थिक अनुशासन, सामाजिक न्याय, सुशासन र सर्वतोमुखी नागरिक भलाइका लागि भ्रष्टाचारको न्यूनीकरण साथै कारण र प्रभाव विश्लेषण गरी यथोचित कदम चाल्नु वाञ्छनीय देखिन्छ । भ्रष्टाचारविरुद्ध नीतिगत, कानुनी र संस्थागत प्रयास हुँदाहुँदै भ्रष्टाचार घट्नुको सट्टा झन् झन् मौलाउँदै गएको छ । भ्रष्टा
युवा चेतको परीक्षण
नेपालको राजनीतिक इतिहासमा हामीले चुनाव पटक पटक बेहोरिसकेका छौँ । आवधिक रूपमा हुने सङ्घीय निर्वाचन २०८४ मा हुनुपथ्र्यो तर अहिले नै अर्थात् २०८२ मै हुँदै छ । यो कुनै संसदीय अङ्कगणितको खेलबाट हुन लागेको मध्यावधि निर्वाचन होइन । मुलुकमा भ्रष्टाचार बढिरहँदा भदौ २३ र २४ मा भएको जेनजी विद्रोहको शान्तिपूर्ण ढङ्गले व्यवस्थापन गर्नुका साथै सक्षम तथा अद्यावधिक चेतयुक्त युवा सहभागितामा नेपाली लोक
मधेश प्रदेशका सम्भावना
नेपालको मध्यपूर्वी तराईको पर्सादेखि पूर्वमा सप्तरीसम्मको आठ वटा जिल्लाको भौगोलिक क्षेत्र समेटर मधेश प्रदेश बनेको छ । यो क्षेत्रफलका हिसाबले नेपालकै सानो प्रदेश रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र भारतको सिमानासँग जोडिएको यो प्रदेश समतल भूभागले बनेको छ ।
मतदाता शिक्षाको प्रभावकारिता
लोकतन्त्र केवल शासन प्रणाली मात्र होइन । नागरिक चेतनाको प्रतिफल हो । नागरिकले आफ्नो अधिकार, कर्तव्य र जिम्मेवारीको सचेत रूपमा प्रयोग गरेमा मात्र लोकतन्त्र बलियो हुन्छ । निर्वाचन लोकतन्त्रको केन्द्रीय अभ्यास हो । यसलाई सार्थक बनाउने प्रमुख आधार निर्वाचन वा मतदाता शिक्षा हो । मतदाता शिक्षाबिना निर्वाचन केवल औपचारिक प्रक्रियामा सीमित हुन पुग्छ । जसले लोकतन्त्रको मर्मलाई कमजोर बनाउँछ । यही सन्दर्भमा २०८२
स्वास्थ्य बिमा सफलताका कसी
नेपालको संविधानको भाग–३, मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने छ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ भनी उल्लेख गरिएको छ ।
चुनावी घोषणापत्र र मानव अधिकार
राजनीतिमा निर्वाचनको बेला प्रायः यस्तो समय आउँछ, जहाँ परिवर्तनका सपना देखाएर उत्साहसाथ घरदैलो ढक्ढक्याइन्छ । नेपालको राजनीति पनि यसबाट अछुतो छैन । २००४ सालमा स्थानीय निर्वाचनमार्फत नागरिकले मतदान गर्ने अभ्यास सुरु भयो तर २००४ का निर्वाचनमा औपचारिक घोषणापत्र थिएनन् । दलहरू प्रतिबन्धित जस्तै थिए, त्यसैले त्यो पूर्ण लोकतान्त्रिक र दलीय अभ्यास थिएन । प्रचार, पर्चा र पम्प्ले
निर्वाचनमा सञ्चार माध्यम
मुलुकमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल छ । चियापसलदेखि चौतारीसम्म र सामाजिक सञ्जालका भित्तादेखि मिडिया प्लेटफर्मसम्मै अहिले निर्वाचनकै चर्चा छ । निर्वाचन आफैँमा जनताको सार्वभौम अधिकार प्रयोग हुने राजनीतिक प्रक्रिया र ‘लोकतन्त्रको प्राणवायु’ पनि हो । निर्वाचन आयोगमा दर्ता भएका १३६ दलमध्ये ११४ दल र तीन हजार ४०६ जना प्रत्यक्षतर्फका उम्मेदवार मैदानमा देखिएको उत्साहले देश निर्वा
नयाँ इतिहास लेख्ने अवसर
नेपालको संविधानले प्रतिनिधि सभाको निर्वाचन पाँच पाँच वर्षमा गर्ने किटान गरेको छ । विगतमा केपी शर्मा ओलीले बिचैमा प्रतिनिधि सभा विघटन गरी मध्यावधि चुनाव गर्ने कोसिस गर्नुभएको थियो । ओलीको यो दुस्साहस तत्कालीन अवस्थामा सर्वोच्च अदालतले रोकेको थियो । अहिले पनि २०८४ सालमा हुनुपर्ने नियमित निर्वाचन दुई वर्षअगाडि नै २०८२ सालमा नै गर्नुपर्ने बाध्यात्मक अवस्था आयो । यो बाध्यता विगतमा सरकार सञ्चालन गर्ने
अस्ताए प्रजातन्त्रका सेनानी
देशमा प्रजातन्त्र, लोकतन्त्र प्राप्तिका लागि लामो कालखण्डसम्म कुर्वानी गरेका महामानव एकपछि अर्को गरी यस लोकबाट परलोक जाँदै छन् । एक महिनाअघि पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भयो । सादा जीवन बिताउन रुचाउने उपाध्याय सफा मनका धनी थिए । उनले आफ्नो कार्यकालमा निर्भीक भई प्रजातन्त्रप्रति निष्ठापूर्वक जीवन बिताए । अब शब्दमा मात्र सीमित रहे प्रजातन्त्रका अमर व्यक्तित्वका बारेमा लेखिने स्मरण ।
राष्ट्रिय सङ्कटको सारथि
आज नेपालीको विशेष दिन हो– ‘सेना दिवस, २०८२’ । यस अवसरमा आफ्नो जिउज्यानको पर्बाह नगरी स्वदेश तथा विदेशसम्म अहोरात्र खटिएका विश्वभरि ख्याति प्राप्त नेपाली वीर सपुतहरूको संस्था सेनाको वस्तुचित्रण गर्नु यहाँ अति सान्दर्भिक हुने छ ।
शिवत्वको खोजी
शिवरात्रि हिन्दुहरूको पर्व हो । खास गरी हिन्दुबाहुल्य देश नेपाल र भारतमा यो पर्व भव्य रूपमा मनाइन्छ । शिवरात्रि शिव र रात्रि दुई शब्दको सम्मिश्रणले बन्छ । शिव हिन्दुको मुख्य आराध्य देवता मानिन्छ । शिव शब्दले चेतना र ज्ञानले युक्त शिवतत्व जनाउँछ । रात्रि शब्दले अज्ञानरूपी अन्धकार जनाउँछ । यसरी शिवरात्रि शब्दले ज्ञानद्वारा प्रज्वलित रात्रि भन्ने बुझाउँछ । शिवरात्रि त्यस्तो रात्रि हो, जहाँ अज्ञानरूपी अन्धकारको अभाव हुन्छ । काश्मीरी
जलवायु जोखिम र सङ्कल्प
राजनीतिक दलले निर्वाचनका बेला सार्वजनिक गर्ने घोषणापत्र ती दलका आधिकारिक नीति, भावी योजना र प्रतिबद्धताको लिखित दस्ताबेज हो । यसलाई चुनाव जितेर सरकार बनाएमा आगामी पाँच वर्षभित्र
रोग होइन रजोनिवृत्ति
नेपाली महिलाको स्वास्थ्यका बारेमा बहस गर्दा किशोरी स्वास्थ्य, मातृ स्वास्थ्य आदिको बारेमा छलफल त हुुन्छ तर आमा बन्ने उमेरपछिको स्वास्थ्यको बारेमा खासै ध्यान दिइँदैन । पहिले महिलाका औसत
विकासनिर्माणमा सेना
राष्ट्रको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको संरक्षणमा समर्पित एक सशक्त र भरोसायोग्य सुरक्षा निकायका रूपमा स्थापित नेपाली सेनाले आफ्नो गौरवपूर्ण इतिहास कायम गरेको छ ।
किनमेल गर्ने अनियन्त्रित बानी
मानव सभ्यताको विकाससँगै किनमेल जीवनको अनिवार्य प्रव्रिmया बन्दै आएको छ । प्रारम्भिक समाजमा किनमेल आवश्यकता केन्द्रित थियो–खान, लगाउन, बाँच्न, शरीर ढाक्न र परिवार पाल्न । आव
विधिले बदलिएको कांग्रेस
नेपाली कांग्रेस नेपालको राजनीतिक इतिहासका हरेक मोडको निर्णायक शक्ति हो । मुलुकमा नागरिक अधिकार, राजनीतिक चेतनाको विद्रोहदेखि लोकतान्त्रिक बहुदलीय व्यवस्था, जनआन्दोलन, शान्ति सम्झौता र संविधान निर्माणको नेतृत्वकर्ता हो कांग्रेस । भदौ २३ र २४ गतेको जेनजी विद्रोह स्वाभाविक तर अकल्पनीय थियो । विद्रोहको बीजारोपण हुनुको विभिन्न कारणमध्ये एक
सुनमा लगानीका जोखिम
विश्व अर्थतन्त्र अस्थिरताको चक्रमा घुमिरहँदा फेरि एक पटक विश्वव्यापी लगानीकर्ताको रोजाइमा सुन परेको छ । नेपाल पनि त्यसबाट अछुतो छैन । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइ नजिक पुगिरहँदा नेपालमा पनि दैनिक नयाँ भाउको कीर्तिमान बनाइरहेको छ, जसले आमसर्वसाधारणदेखि व्यापारी र साना ठुला लगानीकर्तासम्मलाई आकर्षित गरेको छ । ‘सुनमा लगानी’
स्थानीय रेडियोको भविष्य
आज विश्व रेडियो दिवस । यसै सन्दर्भमा रेडियो क्षेत्रमा काम गर्नेहरूबिच यो साता विभिन्न छलफलका कार्यक्रम भइरहेका छन्, रेडियोकर्मीले आफ्ना दुःख सुखका विषय उठाइरहेका छन् । स्थानीय रेडियोले पछिल्लो समय नयाँ सञ्चार र प्रविधिको विकाससँगै अन्य सञ्चार माध्यमसँग प्रतिस्पर्धामा जानुपर्ने अवस्था छ । सामाजिक सञ्जाल र नयाँ मिडियाको विकाससँगै पहिलेको भन्दा रेडियोका
मतदाताको दायित्व
यतिबेला मुलुक अन्योललाई चिर्दै निर्वाचनमा होमिइसकेको छ । उम्मेदवारीका सन्दर्भमा यसअघिका निर्वाचनभन्दा यस पटकको निर्वाचनमा केही फरक परिदृश्य देखिएका छन् । प्रायः पुराना तथा मूलधार मानिएका दलमा लामो समयसम्म राजनीति गरेका व्यक्ति चुनावी प्रतिस्पर्धामा उम्मेदवार हुने प्रचलन तोडिएको छ । यस पटक राजनीतिक अनुभव खासै नभएका राजनीतिबाहेक अन्य
संयुक्तमा विभक्त हुने अभ्यास
संयुक्त राज्य अमेरिकाका लागि सन् २०२६ विशेष महत्व राख्ने वर्ष हो । विगत २५० वर्षका उपलब्धिबाट उत्साह बटुलेर त्यसभन्दा रहरलाग्दो अर्को क्षितिज छुने लक्ष्य तय गर्नुपर्ने घडी छ । ‘अमेरिकालाई फेरि विशिष्ट बनाउनु छ’ भन्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको नारा वल्लो समुद्रीतटदेखि पल्लो समुद्रीतटसम्म गुञ्जिन थालेको एक वर्ष नाघिसक्यो । अवसर अनुसारका सभा–समारोहको तयारी चल्दैछ ।
निर्वाचनमा सामाजिक सञ्जाल
सामाजिक सञ्जाल आधुनिक समाजको अभिन्न अङ्ग बनेको छ । सूचना आदानप्रदान, नागरिक सहभागिता र अभिव्यक्ति स्वतन्त्रतालाई विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा यसको भूमिका निर्विवाद छ । राजनीतिक विचार निर्माण, सार्वजनिक बहस र नागरिक निगरानीमा सामाजिक सञ्जालले नयाँ ढोका खोलेको छ । यही शक्तिशाली माध्यमको दुरुपयोग बढ्दै जाँदा लोकतन्त्र स्वयम् सङ्कटमा प
भ्रष्टाचार नगर्नेे प्रण गरौँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा आयोग परिवारलाई बधाई तथा शुभकामना दिन चाहन्छु । देशमा भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा क्रियाशील रही सुशासन प्रवर्धनमा खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दछु । आयोगको स्थापना दिवसका अवसरमा पुरस्कृत सञ्चारकर्मी एवं आयोगका कर्मचारीलाई बधाई ज्ञापन गर्दछु ।
जनता जनार्दन हुने दिन
चुनाव जनताको सहभागिताबाट शासन चयन गर्ने विधि हो । यसको जरा प्राचीन सभ्यतासम्म पुग्छ तर आधुनिक अर्थमा चुनाव लोकतन्त्रसँगै विकसित भएको हो । विश्वमा चुनाव लोकतन्त्रको मेरुदण्ड बनेको छ भने नेपालमा यो निरन्तर सङ्घर्ष र परिवर्तनको उपज हो । नेपालका चुनावहरूले जनताको सहभागिता बढाएका छन् । गुणस्तर, नैतिकता र परिणाममुखी राजनीतिका प्रश्न अझै जीवि
निर्वाचनमा व्यवस्थित ठेगाना प्रणाली
देश निर्वाचनको सँघारमा छ । अहिलेको परिस्थितिमा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न मतदाता नामावली अद्यावधिक, मतदाता शिक्षा, मतदान केन्द्र निर्धारण, मतदानसँग सम्बन्धित सामग्री ढुवानी, सुरक्षाकर्मी परिचालन, अनुगमन आदि ज्यादै महत्वपूर्ण हुन्छन् । यसका अतिरिक्त निर्वाचनको समयमा अत्यावश्यक हुन सक्ने आकस्मिक सेवा सुरुवाती चरणदेखि मतगणना सम्पन्न