अदम्य साहसको सफलता
पहिलो पटक पहिलो महिला प्रधानमन्त्रीले गराउन लागेको चुनाव । हत्या, हिंसा, आगजनी, आक्रमण, लुटपाट र विध्वंसपछि मुलुकमा चुनाव गराउन लागिएको परिस्थिति । जेन्जी आन्दोलनपछि धेरै कैदीबन्दी कारागारबाट भागेका थिए र प्रहरीका हातहतियार पनि लुटिएर बाहिरिएकाले त्राहीमामको अवस्था । प्रधानमन्त्री सुशीला कार्कीले चुनाव गराउन सक्नुहोला र ? अब पनि चुनाव होला र भन्नेह
विश्व आधिपत्यको खेल
अन्तर्राष्ट्रिय राजनीतिको मञ्चमा संयुक्त राज्य अमेरिकाको उपस्थिति र प्रभाव सघन छ । विश्वको कुनै पनि कुनामा हुने राजनीतिक वा आर्थिक उथलपुथलमा वासिङ्टनको चासो जोडिएको हुन्छ । एउटा राष्ट्र कसरी सम्पूर्ण विश्वको अर्थतन्त्र, सुरक्षा संयन्त्र र कूटनीतिको केन्द्रविन्दु बन्न पुग्यो भन्ने विषय आफैँमा गहन छ । अन्तर्राष्ट्रिय राजनीतिमा एउटा यथार्थ छ– शक्ति केवल हतियारमा मा
महिला सम्मानको बाटो
आज अन्तर्रााष्ट्रिय नारी दिवस । नेपालमा यो दिवसलाई महिलाका अधिकार, समानता र सशक्तीकरणका विषय उठाउने महत्वपूर्ण अवसरका रूपमा लिइन्छ । समाज असल संस्कृति र सभ्यता निर्माणको जग हो । कुनै पनि व्यक्तिको आनीबानी, सोचविचार, चिन्तन, कार्यसंस्कृति कस्तो हुन्छ भन्ने कुरा ऊ बस्ने समाजले निर्धारण गर्छ अर्थात् समाज खराब अनि व्यक्ति असल वा समाज
स्वतन्त्रताको सङ्घर्ष
नारी अधिकार र समानताको आन्दोलन विश्व इतिहासको महत्वपूर्ण अध्याय हो । आज हामी हरेक वर्षको मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाउँछौँ तर यसको पछाडि लामो सङ्घर्ष, त्याग र बलिदानको कथा लुकेको छ । यो दिवस केवल उ
पौरस्त्य दर्शनमा नारी शक्ति
नेपालको संविधानले लैङ्गिक समानतालाई मौलिक अधिकारका रूपमा मान्यता दिएको छ । नारीविरुद्ध हिंसा, आर्थिक असमानता, राजनीतिक प्रतिनिधित्वमा न्यूनतालगायत समस्या समाधान गर्ने कानुन कार्यान्वयमा छन् । राष्ट्रिय महिला आयोग, समानुपातिक राजनीतिक प्रतिनिधित्व, सामाजिक सुरक्षा र आर्थिक सशक्तीकरण जस्ता कार्यक्रमले महिलामा ऊर्जा थपेको नकार्न
कृत्रिम बुद्धिमत्ताको शिक्षामा प्रभाव
एक्काइसौँ शताब्दीको दोस्रो दशकमा प्रवेशसँगै विश्व प्रविधिको नयाँ युगतर्फ तीव्र गतिमा अघि बढिरहेको छ । यस नयाँ युगको केन्द्रमा रहेको सबैभन्दा प्रभावशाली प्रविधि हो– कृत्रिम बुद्धिमत्ता (एआई) । मानव मस्तिष्क जस्तै सोच्न, सिक्न, निर्णय गर्न र समस्या समाधान गर्न सक्ने क्षमतायुक्त कम्प्युटर प्रणालीको विकासले आज उत्पादन, सेवा, शिक्षा, स्वास्थ्य, सञ्चार र रोजगारीका संरच
महिला फुटबलमा रौतहट
रौतहटको राजनीतिक वृत्तमा एउटा उखान प्रचलित थियो । त्यो हो, ‘रौतहट के ढेला बोलेला’ (रौतहटको माटोको डल्लो पनि बोल्छ) । नेपालको राजनीतिक उथलपुथलमा राणाकालदेखि गणतन्त्र प्राप्तिसम्म
समाजमा ‘एल्गोरिदम’ प्रभाव
आज हामी एआई र अल्गोरिदमको युगमा बाँचिरहेका छौँ । यो पुस्ता मात्र होइन, सम्पूर्ण समाज नै प्रविधिले बनाएको नयाँ संरचनामा प्रवेश गरिसकेको छ । मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालबिना जीवन अपुरो जस्तो लाग्न थालेको छ । यही सुविधाले हामीलाई एउटा गम्भीर प्रश्न सोध्न बाध्य बनाएको छ, हामी प्रविधि चलाइरहेका छौँ कि प्रविधिले हामीलाई चलाइरहेको छ ?
तयारीबिनाको सिकाइ
सिकाइका तीन वटा आधारभूत नियम छन्– तयारी, अभ्यास र असर । तीमध्ये पहिलो नियम ‘तयारी’ पूरा नभई कुनै पनि सिकाइ प्रभावकारी हुँदैन । तयारी विद्यार्थीको मानसिक, शारीरिक र भावनात्मक अवस्थासँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ, जसले उसको ग्रहणशीलता र एकाग्रतालाई निर्धारण गर्छ । शैक्षिक मनोविज्ञानले पनि स्पष्ट रूपमा देखाएको छ कि जबसम्म विद्यार्थीको मस्ति
अपरिहार्य अतिरिक्त क्रियाकलाप
धेरैलाई लाग्छ कि पढाइबाट थाकेका बेला मन भुलाउनु अतिरिक्त क्रियाकलाप हो । अतिरिक्त क्रियाकलाप अल्छीपन लुकाउने, समय खेर फाल्ने बहाना वा मन भुलाउने साधन होइन । यो कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने प्रयोगशाला हो । फुटबल मैदानमा एउटा विद्यार्थीले टिमवर्क र रणनीति सिक्छ, जुन व्यवस्थापनको पुस्तकले भन्दा बढी प्रभावका
नयाँ यात्राको थालनी
लोकतन्त्रका कैयौँ आयामलाई समेट्ने गरी एउटा भनाइ छ, ‘मतदानमा जति भावना सलबलाउँछन् उत्ति नै विवेकपूर्ण छाल आउँछन्...।’ लोकतन्त्रको एउटा आकस्मिकतालाई नेपालीले निर्वाचनका रूपमा उत्साहपूर्ण अपनाएका छन् । भयावह अनि अनिश्चितताको एउटा गहिरो अँध्यारोबाट अब हामी लोकतन्त्रको एउटा उज्यालोतर्फ अघि बढेका छौँ । यो निर्वाचन सामान्य निर्वाचन थिएन अर्थात् हामीले यो निर्वाचन सामान्य समयमा गरेका वा भाग लिएका होइनौँ । एउटा भयावह स्थितिले घेरेको समयमा त्यसको निकासका रूपमा फागुन २१ को व्यग्रता थियो; जसला
महिला सशक्तीकरणको तस्बिर
नेपालको जनसाङ्खिक संरचनामा २,९१,६४,५७८ कुल जनसङ्ख्यामा महिलाको जनसङ्ख्या १,४९,११,०२७ रहेको छ । प्रतिशतका हिसाबले ५१.१ प्रतिशत रहेको छ । लैङ्गिक विकासको आयामले विश्लेषण गर्दा स्रोतसाधनमा पहुँच, सामाजिक सहभागिता, आर्थिक रूपमा आत्मनिर्भर, राजनीतिक सुझबुझ र नागरिक चेतना जस्ता विषयमा हुने गुणात्मक विकासलाई महिला सशक्तीकरण भनेर बुझ्न सकिन्छ
एसइईमा विद्यार्थीको तयारी
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ चैत १९ देखि सुरु हुँदै छ । बोर्डले परीक्षाको समयतालिका पनि प्रकाशित गरिसकेको छ । देशभरका करिब पाँच लाख विद्यार्थी यस राष्ट्रिय परीक्षामा सहभागी हुने तयारीमा छन् । सातै प्रदेशका विद्यार्थीले एउटै प्रश्नपत्र, एउटै मापदण्ड र समान मूल्याङ्कन प्रणाली अन्तर्गत परीक्षा दिनु नै यसको प्रमुख विशेषता हो । यसले राष्ट्रिय एकरूपता
पहिलो प्राथमिकता रोजगारी
परनिर्भरताको परिणाम सधैँ दुःखदायी र पीडादायी नै हुन्छ । परनिर्भरताले व्यक्तिको स्वाभिमान र देशको स्वाधीनता दुवै सङ्कटमा पर्छ । आर्थिक, सामाजिक र राजनीतिक कुनै पनि परनिर्भरतालाई पर राख्नै पर्छ तर विदेशमा गएर नकमाए कतिपय नेपालीको घरमा चुलो बल्दैन । विदेशीले ऋण र अनुदान नदिए हाम्रो अर्थतन्त्र चल्दैन । विदेशबाट उपभोग्य वस्तु आयात नगरे हाम्रो छाक टर्दैन । विदे
लोकतन्त्रको अग्निपरीक्षा
लोकतन्त्रको विगत, वर्तमान र भविष्यको चर्चा विश्वव्यापी रूपमा नै हुन्छ । राज्य, जनता र राजनीतिक दलका लागि ओजिलो र सर्वाधिक रुचिको शब्द लोकतन्त्र । लोकतन्त्र आफैँमा बृहत, बहुआयामिक र अविछिन्न प्रणाली हो । राज्य फरक होलान्, लोकतन्त्रको स्वरूप फरक होला तर सायदै कुनै राज्य लोकतान्त्रिक प्रणाली र संस्कारभन्दा बाहिर रहन सक्दैन । कुनै रा
आशा र भरोसाको निर्वाचन
आज प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । आशा गरौँ, निर्वाचन सफलतापूर्वक सम्पन्न हुने छ । यो निर्वाचनलाई विगतको असफलता र भविष्यको प्रतिस्पर्धाका रूपमा पनि हेर्ने गरिएको छ । नयाँ र पुरानाबिचको गज्जबको प्रतिस्पर्धा हुँदै छ । पुराना दल पनि नयाँ बनेर आएका छन् भने चुनावकै लागि केही दल खुलेका छन् । निर्वाचनमा पुराना दल अनुभव, सङ्गठन र राज्य सञ्चालनको अभ्यास बोकेर मैदानमा उत्रिएका छन् । हो, पाका पुस्ताको कदर गर्न सक्नु पर्छ । मुलुकमा प्रजातन्त्र, लोकतन्त्र–गणतन्त्र स्थाप
शान्तिका लागि बल प्रयोग
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बल प्रयोग गरेर शान्ति ल्याउने नीति अख्तियार गर्नु भएको छ । यो नीति आफैँमा जोखिममुक्त छैन । तत्कालका लागि भने यस नीतिले जोखिम मोलेर भए पनि परिणाम देखाउँछ । विश्वकै सर्वाधिक शक्तिशाली अमेरिकासँग अत्याधुनिक प्रविधियुक्त सैन्य शक्ति छ । स्थल सेनाभन्दा पनि हवाई सेना र जल सेना अब्बल छ । अमेरिकी सेनाले वि
निर्वाचनमा संयमित सञ्चार
प्रतिनिधि सभाको निर्वाचन आज बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुँदै छ । पाँच वर्षका लागि देशको नीति, कानुन र दिशानिर्देश तय गर्ने जनप्रतिनिधि छान्ने दिन हो आज । स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि देशभर निर्वाचन केन्द्रित सुरक्षा व्यवस्था कडा गरिएको छ । एकीकृत सुरक्षा योजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीको बाक्लो तैनाथी खटाइएको छ । ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी, ७९ हजार ७२७
नेपाली महिलाको सङ्घर्ष, साहस र सपनाको कथा
देश यतिबेला चुनावी सरगर्मीले तातेको छ । चुनावी माहोलले देशको राजनीतिक तापक्रम उच्च हुँदै गर्दा उम्मेदवारी घोषणा, सभा, सम्मेलन र राजनीतिक तछाडमछाडको भीड सकेर अर्को महत्त्वपूर्ण दिन चुपचाप आइपुगेको छ ।
बदलिँदो परिवेशको कूटनीति
राष्ट्रको जीवनमा विदेश नीति निकै महत्वपूर्ण हुन्छ । अर्को मुलुक र बाह्य संस्थासँग आफ्नो सम्बन्ध र स्वार्थ विस्तार गर्न मुलुकहरू वैदेशिक नीति अवलम्बन गर्छन् । साना र अल्पविकसित मुलुक विदेश नीतिमार्फत आफ्नो आन्तरिक विकास र बाह्य सम्बन्ध विस्तार गर्छन् भने विकसित मुलुक आफ्नो प्रभाव र प्रभुत्व विस्तारका साथ सम्बन्ध पनि विस्तार गर्छन् । नेपालले पनि राष्ट्रिय एकीकर
बेथिति अन्त्यको प्रस्थानविन्दु
काठमाडौँको चाबहिल, बौद्ध, जोरपाटी धेरै भिड हुने क्षेत्रमध्येमा पर्छन् । रत्नपार्कबाट छुट्ने गाडी गौशाला, चाबहिल, जोरपाटी हुँदै मूलपानी पुग्छ । यदि त्यो गाडी छुट्यो भने अर्को गाडी पाउन २० मिनेटदेखि आधा घण्टाभन्दा बढी नै कुर्नु पर्छ । जबकि अन्य माकलबारी, गोकर्ण, नाम्गेल, सुन्दरीजल जाने गाडीहरू प्रत्येक दुई मिनेटमा छुट्छन् । गाडीको यस्तो असमान वितरणले यात्रु अ
स्वच्छ निर्वाचनका आधार
आचारसंहिता भनेको कुनै संस्था, सङ्गठन, कार्यालय, विद्यालय वा निर्वाचन जस्ता क्षेत्रमा पालना गर्नुपर्ने नियम, मापदण्ड र व्यवहारका सिद्धान्तको लिखित दस्ताबेज हो । व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोशले भन्छ : आचारसंहिता भनेको नैतिक आचरण, रीतिरिवाज, कर्तव्य आदिको पालना गर्न गराउनका लागि बनाइएको नियम या कानुन हो । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्र
सफल निर्वाचनले दिने सन्देश
गत २७ भदौमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा फागुन २१ मा निर्वाचन गर्ने गरी प्रतिनिधि सभा भङ्ग गरिएको थियो । सो सभाको भङ्गसँगै संवैधानिक रिक्तताको प्रश्न उठ्यो । प्रतिनिधि सभा पुनस्र्थापनाका लागि सर्वोच्च अदालतमा रिट पनि दायर भयो तर उक्त रिटमा बहस हुन नपाउँदै देश निर्वाचनमा होमियो । निर्वाचनको माध्यमबाट ताजा जनादेशसहित
युद्धको प्रभावले निम्त्याउने असर
नेपाल सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधि सभाको निर्वाचनको मुखमा छ । यो विशेष परिस्थितिमा हुन लागेको निर्वाचन हो । सुदृढ लोकतन्त्रले मात्र सामाजिक सबलीकरण र आर्थिक समुन्नतिको मार्ग प्रशस्त गर्न सक्छ । त्यसैले निर्वाचनले दिने संसद् र सरकारले देशको विशेष अवस्थालाई राजनीतिक ढङ्गले सामान्यीकरण गरेर उच्च ढङ्गले सुशासित व्यवस्थाका माध्यमबाट लोकतन्त्रलाई अझ सुदृढ गर्न मद्दत गर्ने अपेक्षा आमजनताले