आकाङ्क्षा अभिव्यक्तिको माध्यम
निर्वाचन र लोकतन्त्र एकअर्काका पूरक हुन् । लोकतन्त्र नभई निर्वाचन हुँदैन । निर्वाचन नभई लोकतन्त्र रहँदैन । निर्वाचन लोकतन्त्रको सुन्दर उपहार हो । निर्वाचन लोकको आकाङ्क्षा र आवश्यकता अभिव्यक्त गर्ने सर्वोत्कृष्ट माध्यम हो । निर्वाचन नागरिकको सार्वभौमसत्ताको परिचायक हो । निर्वाचन नागरिकको प्रतिनिधि छनोट गर्ने मौलिक अधिकार हो । निर्वाचन मतपत्रका माध्यमबाट मत प्रकट गर्ने अवसर हो । निर्वाचन केवल राजनीतिक प्रक्रिया र प्रावधान मात्र होइन, यो त लोकतन्त्रको संरक्षक र संवर्धक पनि हो । धेरैले निर्वाचनलाई अधिकारका रूपमा मात्र परिभाषित गरेका छन् तर निर्वाचन नागरिकको अधिकार मात्र होइ
गर्मीमा स्वास्थ्य जोखिम
जाडोपछि गर्मी बढ्दै छ । खानपान तथा जीवनशैली स्वास्थ्यमैत्री छैनन् । यो वर्ष औसतभन्दा बढी तातो हुने अनुमान गरिएको छ । उच्च गर्मी, लुलाई संयुक्त राष्ट्रसङ्घको विपत् जोखिम न्यूनीकरण कार्यालयले जलवायुजन्य विपत् मानेको छ । नेपालकै विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनले पनि यसलाई विपत्का रूपमा उल्लेख गरेको छ । पहाडमा पनि गर्मी उखरमाउलो हुन्छ । गर्मीसँगै रोग बढ्दै छन् । गर्मीमा जोखिम वर्ग ससाना बालबालिका, प्रौढ, दीर्घरोगी, हृदय रोगी, मानसिक रोगीले बढी सतर्कता अपनाउनु पर्छ, नत्र ज्यानै जान सक्छ ।
आमनिर्वाचन : राजनीतिक कोसेढुङ्गा
आगामी पाँच वर्षका लागि जनताबाट अनुमोदित हुन राजनीतिक दलका उम्मेदवार यतिबेला मतदाताका घरदैलोमा पुगेर भोट माग्न व्यस्त छन् । अघिल्ला चुनावमा जस्तै यस पटक पनि दल र उम्मेदवारबिच मतदातालाई आफ्नो पक्षमा ल्याउन प्रतिस्पर्धा छ । त्यसका लागि कतिपय उम्मेदवार लोभलाग्दा विकासे योजनाको पोको बोकेर मतदाता कहाँ पुगेका छन् । आफूलाई विपक्षीभन्दा कसरी अब्बल साबित ग
भ्रामक सूचनाबाट बच्न स्वनियम
प्रविधिको विकाससँगै विकसित भएको सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग बनिसकेको छ । सरल र सहज प्रविधि भएकाले सामाजिक सञ्जाल हरेक व्यक्तिको साथी जस्तै बनिसकेको छ । सामाजिक सञ्जालको सही र समुचित प्रयोग हाम्रा लागि उपयोगी हुन्छ । यो केवल सञ्चारको माध्यम मात्र नभई सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणको एक शक्तिशाली औजार पनि हो । नेपालमा फेस
चुनावी सुरक्षा साझा दायित्व
२०८४ सालमा हुनुपर्ने प्रतिनिधि सभा निर्वाचन युवा आन्दोलनको परिणामस्वरूप झन्डै दुई वर्षअघि सरी सङ्कट व्यवस्थापनको प्रयासस्वरूप यही फागुन २१ गते हुँदै छ । भदौ २४ गते सरकारबाट ठुलो सङ्ख्यामा लुटिएका गोली, बन्दुक र भागेका बन्दी अझै सरकारी नियन्त्रणमा आइसकेका छैनन् । त्यसकारण पनि सुरक्षा चुनौती हुन्छ नै । सङ्घीय प्रादेशिक वा स्थानीय निकायका निर्वाचन सबैमा सुरक्षा चुनौती देखिँदै आएका
मतदाताको अग्निपरीक्षा
प्रतिनिधि सभा सदस्य निर्वाचन सन्निकट छ । मत खसाल्न वा पात्र बदल्नकै लागि मात्रै पनि निर्वाचन हुन लागेको होइन । राजनीतिक दलको नागरिकसँग टुटेको सामाजिक सम्झौता, बिग्रँदो सार्वजनिक विश्वास र अन्तर्राष्ट्रिय छवि पुनस्र्थापित गर्न निर्वाचन हुँदै छ । नागरिकले आफूमाथि शासन गर्न दललाई दिएको विश्वासको दुरुपयोग र सेवा प्रवाहमा जवाफदेहिता नहुँदा निर्वाचन छिट्टै आयो ।
परिपक्व नेतृत्वको खोजी
लोकतान्त्रिक शासनव्यवस्थामा निर्वाचनलाई केवल सरकार परिवर्तनको यान्त्रिक प्रक्रिया मात्र मानिँदैन, बरु यो एक महापर्व हो, जहाँ सार्वभौम जनताले आफ्ना प्रतिनिधिमार्फत आफ्नो भविष्यको मार्गचित्र कोर्ने गर्छन् । आधुनिक लोकतन्त्रको आधारशिला नै प्रतिनिधिमूलक शासनव्यवस्था हो । जनसाङ्ख्यिकीय आकार सानो हुँदाको प्रत्यक्ष लोकतन्त्रको अभ्यास–जहाँ सबै नागरिक एकै ठाउँमा भेला भएर निर्णय लिन्थे, आजको जटिल समाजमा सम्भव छैन । जनताका मुद्दाहरूमा गहन छलफल गर्ने, साझा धारणा बनाउने र त्यसलाई नीतिगत रूप दिएर कार्यान्वयन गर्ने जिम्मेवारी निर्वाचित प्रतिनिधिमा निहित हुन्छ ।
दलको घोषणापत्रमा शिक्षा
नागरिकले छानेका पात्र र प्रणालीबाट सञ्चालन हुने राजनीतिक व्यवस्था लोकतन्त्र हो । लोकतन्त्र आधुनिक समाजमा सबैभन्दा उन्नत शासनप्रणाली मानिएको छ । यो नागरिक सहभागिताबाट नागरिककै लागि सञ्चालन गरिने प्रणाली हो ।
पशुपतिनाथमा तान्त्रिक उपासना
कृष्णयजुर्वेदको तैत्तिरीय शाखाका अतिविशिष्टतम् उपासना पद्धतिका साथै तन्त्रशास्त्रका अत्यन्त रहस्यमय मन्त्र, यन्त्र र पूजाविधानद्वारा उपास्य रहने भगवान् श्री पशुपतिनाथको पूजा पद्धतिमा निगमागमको मिश्रमार्गको प्रयोग हुने गरेको छ । यसप्रकारको पूजाविधानमा अत्यन्त गुढ शास्त्रीय दर्शन, जटिलतम साधना पक्ष र वैज्ञानिक वैशिष्ट्य अन्तर्निहित रहेको छ । यसरी सम्पादन गरिने पूजाको वैशिष्ट्य र गाम्भीर्यले नै राष्ट्रदेवको शास्त्रीय र लौकिक महत्वबारेमा थप विषयबोध गराउँछ ।
योग्य उम्मेदवार छान्ने आधार
नेपाली राजनीतिको रङ्गमञ्चमा निर्वाचनको साइत जुर्नेबित्तिकै एउटा राजनीतिक पदावली निकै चर्चामा आउँछ ‘हेभी वेट’ उम्मेदवार । चोक, चौतारीदेखि मिडियाका हेडलाइनसम्म कुन निर्वाचन क्षेत्रमा कुन दलको कस्तो ‘हेभी वेट’ उम्मेदवार उठ्यो भन्ने बहसले प्राथमिकता पाउँछ । सामान्य अर्थमा हेभी वेट भन्नाले उम्मेदवारको प्रभाव, शक्ति, पैसा, पहुँच र संसाधनको सम्पन्नतालाई बुझिन्छ । के लोकतन्त्रको स्वास्थ्यका लागि यस्तो ‘वजन’ फलदायी छ त ? गम्भीरतापूर्वक विश्लेषण
दलका घोषणापत्रमा पर्यटन
नेपाल प्राकृतिक अनुपम र अद्वितीय सौन्दर्यले भरिपूर्ण देश हो । नेपालको विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान रहँदै आएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण विश्वको दुर्लभ देश नेपाल सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक, जातीय विविधताले समेत सम्भावना बोकेको देश हो । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । मुख्य राजनीतिक दलले आफ्नो चुनावी घोष
सहिद घोषणा र अभिलेखन
नेपालको राजनीतिक इतिहासको अभिलेखमा यस वर्ष ४५ जना सहिद थपिए । योसमेत सरकारले २०४६ सालको परिवर्तनपछि विभिन्न समयमा ७४ पटक घोषणा गरेका सहिदको सङ्ख्या १४ हजार ९१६ पुगेको छ । यस गणनामा २००७ सालभन्दा पहिलेका लखन थापा तथा १९९७ सालमा मृत्यदण्ड दिइएका चार सहिद, २००७ सालदेखि २०४६ सालसम्म, २०४६ सालको जनआन्दोलन, २०५२ देखि २०६२ सालसम्मको माओवा
गर्भावस्थामा उच्च रक्तचाप
गर्भावस्था एक सुन्दर यात्रा हो, प्रकृतिको अद्भुत उपहार हो, जसले नारी जीवनलाई पूर्णता प्रदान गर्छ । यस अवस्थामा हुने शारीरिक, मानसिक र भावनात्मक परिवर्तन यस यात्राका सुन्दर पाइला हुन् । यसले स्वास्थ्यका केही चुनौतीले यो यात्रा जोखिमपूर्ण बनाउन सक्छन् । त्यसमध्ये एक गम्भीर चुनौती हो– गर्भावस्थाजन्य उच्च रक्तचाप । नेपाली समाजमा यसलाई ‘गर्भावस्थाको दौरानमा रक्टदाब बढ्नु’ भनेर चिनिन्छ । यसलाई मेडि
निर्वाचनमा हाम्रो दायित्व
अबको केही दिन अर्थात् आगामी २०८२ फागुन २१ गते प्रतिनिधि सभाका सदस्यको निर्वाचन हुँदै छ । यसमा आममतदाताले मतदान गरी निर्वाचनमा सहभागिता जनाउनु पर्छ । अन्य नागरिकले पनि निर्वाचनको महाअभियानमा सघाउनु पर्छ । लोकतन्त्रमा मुलुकको सार्वभौमसत्ता आमजनतामा निहित हुन्छ । यिनै मतदातारूपी जनताले निर्वाचनको माध्यमद्वारा प्रतिनिधि सभामा रहने सदस्यको छनोट गर्छन् । पाँच वर्षका लागि मुलुकको कानुन निर्माण गर्ने
स्वच्छ खानेपानीको पहुँच
देशका सहरी क्षेत्रमा स्वच्छ खानेपानीको आपूर्ति नेपाल खानेपानी संस्थानले गर्दै आएको छ । यस कार्यका लागि वितरण, व्यवस्थापन र सहज उपलब्धतामा संस्थानले विशेष ध्यान दिँदै आएको छ । संस्थानले कोशी प्रदेशमा भद्रपुर र विराटनगर शाखाबाट सहरी क्षेत्रमा सेवा दिँदै आएको छ । मधेश प्रदेशमा भने राजविराज, लाहान, जनकपुर, जलेश्वर, मलङ्गवा, गौशाला, गौर, वीरगन्ज र कलैया गरी नौ वटा शाखाबाट सेवा दिइएको छ ।
नेपालको अन्तर्राष्ट्रिय छवि
एक्काइसौँ शताब्दीको विश्व राजनीतिमा कुनै पनि देशको शक्ति केवल उसको सैन्य बल वा आर्थिक सूचकाङ्कमा मात्र मापन गरिँदैन । वर्तमान युगमा (सफ्ट पावर) अर्थात् आफ्नो विचारधारा, संस्कृति र छविका माध्यमबाट अरूलाई प्रभावित पार्न सक्ने क्षमता नै वास्तविक शक्ति हो भन्ने यथार्थता उजागर भइसकेको छ । यस्तो शक्ति निर्माणको सबैभन्दा ठुलो माध्यम भनेको विश्वव्यापी सञ्चार माध्यम हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले राष्ट्रहरू
प्रजातन्त्रको प्राण निर्वाचन
नेपाल यतिखेर निर्वाचनमय भएको छ । फागुन २१ गते हुने निर्वाचनको अन्तिम तयारी भइसकेको छ । मतपत्रको छपाइ सकिएको छ । फागुनको पहिलो हप्तादेखि नै सैनिकको सहयोगमा हिमाली जिल्लामा मतपत्र ढुवानी सुरु भएको छ । समयमै सबै जिल्लामा मतपत्र लगिसक्ने तयारी गरिएको छ । फागुन ३ गतेदेखि मतदातालाई शिक्षा दिइँदै छ । दलहरूले घोषणापत्र वा वाचापत्र जारी गरिसकेका छन् । यसरी निर्वाचनको सबै तया
चुनावी अभ्यास : अवसरसँगै चुनौती
विश्व–व्यवस्था ८० वर्षपछि कोल्टे फेर्ने चरणमा पुगेको देखिँदै छ । कतै मानचित्रसँग गाँसिएका प्रश्न छन् त कतै स्वस्फूर्त परिवर्तनको पक्षमा जनआकांक्षा प्रकट भइरहेका छन् । कसैका लागि चुनौती छ त कोही अवसरको प्रतीक्षामा होलान् ।
अर्थतन्त्र सुधारका नयाँ आयाम
बलियो अर्थतन्त्र देश विकासको मुख्य कडी हो । यसको लय भेटिएन भने विकासका सम्पूर्ण आयामलाई निरपेक्ष राखेर समीक्षा गर्नुपर्ने हुन्छ । आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनाको कुल गार्हस्थ उत्पादनको प्रगति लक्ष्य २.९ विन्दुमा प्रक्षेपण गरिएकोमा यो प्रगति ३.५ विन्दुमा कायम भयो तर यसलाई सूक्ष्म रूपले केलाएर मनन गर्नुपर्ने धेरै विषय छन् । आर्थिक विकासको मूल लक्ष्य अ
मतपत्रमा बाँचेको लोकतन्त्र
लोकतन्त्रको सबैभन्दा ठुलो उपलब्धि भनेको सत्ताका लागि हुने द्वन्द्वलाई हिंसाबाट मतपत्रमा रूपान्तरण गर्नु हो । मतदान शान्तिपूर्ण सत्ता हस्तान्तरणको आधार हो । जब नागरिक सक्रिय रूपमा मतदानमा सहभागी हुन्छन्, त्यसले बल प्रयोग निरुत्सहित गर्दै केवल बहस र मतको माध्यमबाट निर्णय गर्ने संस्कृतिलाई बल दिन्छ । मतदातमा सहभागिता घट्दा निराशा बढ्छ,
सदाचार नीति सुशासनको आधार
मुलुकको दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारभूमि भनेको त्यस देशमा बसोबास गर्ने आमनागरिकको उच्च नैतिक चरित्र, राष्ट्रप्रेम, सकारात्मक सोच, शिष्टाचार, सद्व्यवहार र सदाचार हो । नेपाललाई समृद्ध र प्रत्येक नेपालीलाई सुखी बनाउन दीर्घकालीन राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने शक्तिशाली औजार सदाचार पद्धतिको निर्माण, यसको सशक्त प्रयोग र निरन्तर अभ्या
लोकतन्त्र, निर्वाचन र सञ्चार
युवापुस्ताले भदौ २३ र २४ मा गरेको विद्रोहको पृष्ठभूमिमा अपर्झट घोषित विशेष निर्वाचनको तयारीका क्रममा निर्वाचन आयोग अन्तिम घडीमा आइपुगेको छ । विशिष्ट राजनीतिक परिस्थितिमा निर्वाचन आयोगले संविधानले तोकेको समयसीमाभित्र निर्वाचन कार्य सम्पन्न गर्ने दिशाउन्मुख छ । निर्वाचनको वातावरण निर्माणका लागि देशमा स्थापित राजनीतिक दल, विद्रोहबाट आएको नयाँ पुस्ता, सरका
विकासको बहुआयामिक यात्रा
‘विकास’ शब्द आधुनिक राजनीति, अर्थशास्त्र र सामाजिक जीवनको सर्वाधिक चर्चित तर विवादास्पद शब्द हो । प्रायः विकासलाई आर्थिक वृद्धिसँग गाँसेर हेरिन्छ तर यो त्यसभन्दा धेरै व्यापक अवधारणा हो । विकास भनेको मानिसको स्वतन्त्रता, क्षमता र सम्भावनाको विस्तार हो, समाजका सबै वर्गको जीवनस्तरमा हुने ठोस सुधार हो र प्रकृति र मानवबिचको दिगो सन्तुलनको स्थापना हो ।
नैतिक नेतृत्व र विवेकपूर्ण मतदान
पवित्र देवभूमि नेपाल लामो र जटिल राजनीतिक परिवर्तनको यात्राबाट गुज्रिरहेको छ । राणाकालीन निरङ्कुश शासनको अन्त्यसँगै प्रजातन्त्रको उदयले जनतालाई स्वतन्त्रता, अधिकार र समृद्धिको