बेरुजुको बढ्दो चिन्ता
अर्थशास्त्रले उत्पादनका साधन सीमित र दुर्लभ हुन्छन् भन्ने मान्यता राख्छ । भूमि, पुँजी, प्रविधि, जनशक्ति आदि उत्पादनका साधन हुन् । सबै साधनलाई परिचालन गर्न मूल भूमिकाका रूपमा भने पुँजी अगाडि आउँछ । पुँजीबिना अहिलेको बजार अर्थतन्त्रमा कुनै पनि काम अगाडि बढाउन कठिन हुन्छ । सार्वजनिक कार्यका निम्ति आवश्यक पर्ने पुँजीलाई बजेटले व्यवस्थापन गरिरहेको हुन्छ । देशको आय र व्ययको विवरण अर्थात् बजेट विवेकशील र यथार्थका आधारमा निर्माण गरिनु आवश्यक हुन्छ । लोकतान्त्रिक प्रणाली भएका मुलुकमा विधायिकाले पारित गरेको बजेटलाई प्रभावकारी कार्यान्वयन गरिनु पर्छ । बजेटको सही कार्यान्वयनबाटै लक्ष्यमा पुग्न सकिन्छ । सुशासन र पारदर्शिताका आधारमा बजेट कार्यान्वयन हुन सक्दा सरकार लक्षित दिशामा अग्रसर हुन सक्ने छ । विशेष गरी खर्च प्रणाली विधिसम्मत हुनु जरुरी छ । विधिबाहिरको खर्चले अनियमितता बढाउँछ । लेखा प्रणालीमा विधिबाहिरको खर्चलाई मान्यता दिइँदैन । विधिविपरीतको खर्चलाई सामान्यता बेरुजु भन्ने गरिन्छ । बेरुजु देखिएको खर्च प्रणाली सबै भ्रष्टाचार त नहुन पनि सक्छ तर पनि त्यसले सुशासन भने प्रवर्धन गर्न सक्दैन । गरिएको खर्च विधि अनुरूप दुरुस्त भए बेरुजु हुँदैन । बेरुजुले वित्तीय विचलनलाई प्रोत्साहन दिन सक्ने छ । त्यसैले पनि बेरुजु देखिनु तथा बढ्नुलाई कुनै पनि हालतमा राम्रो मान्न सकिन्न ।नेपालको संविधानले महालेखा परीक्षकको कार्यालयलाई राज्यको खर्च प्रणाली हेर्ने संवैधानिक अधिकार दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार महालेखाको ६२ आँैं प्रतिवेदन बुझाइयो । महालेखा परीक्षक तोयम रायाले बुझाउनुभएको प्रतिवेदन अब संसदीय विमर्शमा आउने छ । खर्च प्रणालीमा देखिएको ठुलो बेरुजुले महालेखाको प्रतिवेदनप्रति यतिबेला चासो चुलिएको छ । मुलुकको कुल बेरुजु सात खर्ब ३३ अर्ब रुपियाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमै बेरुजु ९१ अर्ब ५९ करोडले थपिएको छ । उठाउनुपर्ने राजस्व समयमा उठाउन सकिएको छैन । त्यसले पनि बेरुजु बढाएको छ । अर्थ मन्त्रालय र त्यस मातहतका निकायले चार खर्ब ३५ अर्ब २२ करोड राजस्व उठाउन बाँकी छ । त्यसै गरी भाखा नाघेको ऋण र ब्याज पनि समयमा असुल नगरेका कारण राज्यको सम्पत्तिमाथि व्यक्तिको दोहन बढेको छ । जनताको करबाट सुविधा खाने कर्मचारी र पदाधिकारीले विधिसम्मत खर्चप्रति संवेदनशीलता देखाएका छैनन् । उनीहरूबाटै ३० अर्ब १२ करोड रुपियाँ बेरुजु भएको छ । यस्ता कार्यले सरकारी तथा सार्वजनिक खर्चमा वित्तीय अराजकता बढ्दै गएको छ । महालेखा परीक्षकको कार्यालयले देशका पाँच हजार ७५९ निकाय तथा कार्यालयको लेखा पद्धतिको मिहिन जाँच गरेको छ । आव २०८०÷८१ को ९४ खर्ब ६२ अर्ब ३६ करोड रुपियाँको लेखापरीक्षण गर्ने व्रmममा एक खर्ब नजिकको बेरुजु देखियो । देशका तीन तहकै सरकारको लेखा विधिसम्मत हुन सकेको छैन । जिम्मेवार निकाय तथा अधिकारीले वित्तीय दायित्व निर्वाह गर्दा विधि र प्रव्रिmया अवलम्बन गरेका छैनन् । सरकारी बजेट लिएर समयमा खर्च प्रद्धति फस्र्याेट नगर्दा देखिने बेरुजु नै हो ।सङ्घीय सरकारको बेरुजुको लामै इतिहास छ । चाहेर पनि कतिपय पक्ष सुधार गर्न सकेको छैन । मुलुक सङ्घीयतामा गएपछि प्रदेश तथा स्थानीय सरकारले पारदर्शिता तथा सुशासनमा बढी ध्यान दिने अपेक्षा थियो तर प्रदेश तथा स्थानीय सरकारले पनि वित्तीय उत्तरदायित्व देखाउन सकेका छैनन् । प्रदेश सरकार अन्तर्गत एक हजार १६५ कार्यालयको बेरुजु मात्र चार अर्ब दुई करोड पुगेको छ । महालेखाले प्रदेश सरकारको कुल तीन खर्ब आठ अर्ब ५६ करोडको लेखापरीक्षण गरेको थियो । त्यसै गरी स्थानीय तह अन्तर्गत ११ खर्ब १८ अर्ब ४० करोडको लेखापरीक्षण गर्दा २५ अर्ब ३२ करोड ४२ लाख रुपियाँ बेरुजु देखिएको छ । राज्यकै ठुला निकायमा समेत खर्चविधिमा ध्यान पुग्न सकेको देखिएको छैन । पूर्वराष्ट्रपति तथा प्रतिनिधि सभा सदस्यलगायतका ५३ जनालाई कार्यविधिविपरीत साढे दुई करोड आर्थिक सहायता प्रदान गरिएको छ । त्यसलाई महालेखाले बेरुजुकै पाटोमा राखेको छ । लेखा प्रणालीमा आन्तरिक लेखापरीक्षण पनि अभिन्न आयाम हो तर देशका ३२७ स्थानीय तहले आन्तरिक लेखापरीक्षणसमेत गर्न सकेको देखिएन । यसले स्थानीय सरकारका कार्यक्षमतामा विमर्श गर्नेलाई प्रश्न उठाउने ठाउँ भएको छ । सुशासन र पारदर्शिता प्रवर्धन गर्न बेरुजुलाई शून्यमा झार्न नसके पनि घटाउँदै जानु भने वाञ्छनीय देखिन्छ ।
कूटनीतिक नेतृत्वको अवसर
जलवायु परिवर्तनका असरबारे विश्व चिन्तित छ । असर न्यूनीकरणका निम्ति अनेक तौरतरिकाले काम पनि भइरहेका छन् तर जलवायु परिवर्तनका असरप्रति साझा चिन्ता र त्यसको निरूपण गर्ने अग्रसरतामा भने समान व्रिmयाशीलता छैन । विश्वको तेस्रो धु्रव भनिने सगरमाथा हिन्दकुश पर्वतीय क्षेत्रको मेरुदण्ड हो । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत विश्वका धेरै अग्ला हिमाल हिन्दकुश पर्वतीय क्षेत्रमा पर्छन् । विश्वका झन्डै दुई अर्ब मानिसलाई जलजीवनका आधार हिन्दकुश पर्वतीय क्षेत्रका हिमालबाट हिउँ पग्लिँदै जानु अहिले सबैभन्दा ठुलो चुनौती हो । नेपाल, भारत, चीनलगायत विश्वका धेरै देश पर्वतीय पनि छन् । हिउँ पग्लिँदै गइरहेको छ तर साझा चासो र चिन्तनमा भने संस्थागत प्रयासमा कमी देखिएको छ । यो कमी पूरा गर्न नेपालले महŒवपूर्ण प्रयास गरेको छ । जेठ २ गते अर्थात् भोलिदेखि तीन दिनसम्म काठमाडौँमा आयोजना हुने सगरमाथा संवाद विश्वकै ध्यानाकृष्ट गर्ने प्रभावकारी मञ्च हुन सक्ने देखिएको छ । अन्तर्राष्ट्रिय मञ्चका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणको सम्पूर्ण तयारी पूरा भइसकेको छ । जलवायु परिवर्तन, हिमाल र मानवीय भविष्य जस्ता महŒवपूर्ण विषयवस्तु तय गरिएको कार्यव्रmम जलवायु मुद्दामा कूटनीतिक तवरले नेपालले नेतृत्व गर्न सक्ने भविष्यप्रेरित अवसरसमेत हो ।हिमालको हिउँ पग्लिँदै जाँदा हिमाली भूक्षेत्र मात्र प्रभावित छैन, हिउँ पग्लिएर बग्ने जलप्रवाह, बाढी, पहिरो, हिमनदी आदिले तटीय क्षेत्रका मुलुक पनि उत्तिकै प्रभावित छन् । विश्वका हिमाली देश नै सङ्गठित भएर हिमालको मुद्दालाई प्रभावकारी रूपमा उठाउन सकेको देखिएको छैन । त्यसैले जलवायु परिवर्तनको तीव्र असर भोगेको हिमालको मुद्दा नै कमजोर भएको छ । अब हिमाली देशसँग कूटनीतिक सहकार्यसँगै तटीय क्षेत्रका मुलुकसँग पनि हिमालका मुद्दालाई जोड्न जरुरी भएको छ । सगरमाथा संवादले नेपाललाई अब यो अवसर प्रदान गराउन अग्रसर गराउने विश्वास छ । यो संवादले हिमालको परिभाषालाई अझ समृद्ध बनाउनु पर्छ । हिमाललाई समुद्र तटसँग जोड्नु पर्छ । तटीय कतिपय मुलुकको भविष्य नै जोखिममा परेको छ । जीवाश्म इन्धनको विगत सय वर्षको अति दोहनले पृथ्वीको तापमान बढेको वैज्ञानिक तथ्य हो । यसै कारणले हिमालदेखि तटीय मुुलुकसम्म प्रभावित छन् । सीमित मुलुकले जैविक इन्धनको अति दोहनबाट समृद्धि हासिल गरेका छन् । त्यसरी प्राप्त समृद्धिको आत्मचिन्तन गरी अब जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने नीति, योजना र कार्यव्रmममा योगदान गर्नुपर्ने छ । जलवायु परिवर्तनका असर न्यूनीकरणका निम्ति अभाव हुने वित्तीय स्रोतका निम्ति एकीकृत धारणा बनाउन पनि सगरमाथा संवादमार्फत नेपाललाई कूटनीतिक नेतृत्व गर्ने अवसर प्रदान गर्न सक्ने छ ।जलवायु परिवर्तनको मुद्दा कुनै एक देश र भूगोलको समस्या होइन, यो विश्वव्यापी मुद्दा हो । विश्वव्यापी मुद्दा भएकै कारण सगरमाथाको नामबाट आयोजना गर्न थालिएको यो संवादमा उच्चस्तरीय बाह्य सहभागिता हुने छ । संवादमा स्वदेशी र विदेशी विशिष्ट पाहुनासहित ३५० जनाको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । कार्यव्रmमको पहिलो दिनको समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन रहने छ । साथै छिमेकी भारत र चीनबाट उच्च नेतृत्व, कोप–२९ का अध्यक्ष, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको भिडियो सन्देशसहितको सम्बोधनको कार्यव्रmम छ । मङ्गलबार पत्रकार सम्मेलन गरी सगरमाथा संवादको तयारी सार्वजनिक कार्यव्रmममा परराष्ट्रमन्त्री डा. आरजु राणाले संवादमार्फत नेपाललाई तटस्थ, संवादप्रेमी कूटनीतिको नेतृत्वदायी भूमिकामा स्थापित गर्न सकिने प्रस्ट पार्नुभएको छ ।विश्वको जलवायु संवेदनशीलतामा केही शिथिलताको समेत अनुभूति गर्न लागिएका बेला यो संवाद आयोजना हुँदै छ । संयुक्त राज्य अमेरिका जलवायु मुद्दा प्रतिनिधित्व गर्ने पेरिस सम्झौताबाट अलग हुँदा विश्वमा निराशासमेत बढेको छ । नेपालले सगरमाथा संवादमार्फत कूटनीतिक माध्यमबाट विश्वलाई नयाँ शिराबाट जगाउन सक्छ । हिमाल र तटीय मुलुकका मुद्दालाई साझा बनाउँदै एकीकृत आवाज बनाउन सक्छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका महासन्धि (युएनएफसिसिसी) को दस्ताबेजमा हिमालको मुद्दालाई उच्च प्राथमिकतामा राख्ने आधार सिर्जना गर्न सक्ने छ । हिमालको मुद्दा दस्ताबेजीकरणका निम्ति अध्ययन अनुसन्धानको आयामलाई फराकिलो बनाउनसमेत यो मञ्चले ठुलो भूमिका खेल्न सक्ने छ । नेपालका निम्ति मात्र होइन, विश्वकै जलवायु असर न्यूनीकरणको नीति निर्माणमा नेतृत्व गर्ने कूटनीतिक सुनौलो अवसरसमेत प्राप्त भएको भन्न सकिन्छ ।
बुद्ध सन्देशका मर्म
नेपालको लुम्बिनी विश्वमै पवित्र भूमिका रूपमा चिनिन्छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्म यही पावन भूमिमा सम्भव भयो । राजकुलमा जन्मिएका एक जना राजकुमार दरबारकै सुखसयलमा हुर्किनु स्वाभाविक थियो । स्वाभाविक राजा बन्ने सुनिश्चित भविष्यलाई तिलाञ्जली दिएर सिद्धार्थ गौतमले अन्वेषणकै आधारमा मानिसका दुःखका निराकरणको बाटो देखे, संसारलाई देखाउन सके । आजभन्दा दुईहजार ५६९ वर्षअघि जन्मिएका बुद्धको जयन्ती सोमबार मात्र मनाइयो । वैशाखपूर्णिमा दिन जन्मिएका सिद्धार्थले सोही दिन अर्थात् वैशाखपूर्णिमाकै दिन ज्ञान प्राप्त गरे । त्यस ज्ञानबाटै बुद्धत्व प्राप्त भयो । वैशाखपूर्णिमाकै दिनबाट ज्ञान प्रसार गर्न थाले भने वैशाखपूर्णिमाकै दिन बुद्धले भौतिक शरीर परित्याग गरे । त्यसैले वैशाख पूर्णिमाको दिन नेपाल र नेपालीका निम्ति मात्र होइन, संसारकै निम्ति उज्यालो दिन हो । यो दिनको अटुट सन्देशले संसारलाई शान्तिको मार्गमा अग्रसर हुने बाटो देखाएको छ । बुद्धकै नाममा स्थापित बुद्ध धर्म संसारभर फैलिएको छ । धर्मका निम्ति मात्र होइन, मानव जीवनको कर्मका निम्ति पनि बुद्धका सन्देश अटुट र निरन्तर गहन छन् । मानव कल्याण र भलाइका निम्ति उपयोगी छन् । भावी राजा बन्ने सम्पूर्ण सपना त्यागेर मानिसको दुःख र पीडाका कारण बुझ्ने त्यो युगलाई विवेचना गर्दा महान् परिकल्पनामा पुग्न सकिन्छ । अहिले जस्तो विद्यालय तथा विश्वविद्यालय नभएको त्यस समयमा ज्ञानको गहिराइमा पुग्नु सजिलो थिएन । दरबारको सुख सुविधामा ज्ञान असम्भव हुन्छ भन्ने निष्कर्षले नै युगपर्यन्त संसारलाई प्रज्वलित गरिरहेको छ ।बुद्धले हासिल गरेको ज्ञान बोधितब्य हो । बोधि भन्नु अन्तिम सत्य हो । दरबारको सुखसुविधा त्यागेर जप, तप र साधनाबाट स्वयम् हासिल गरेको त्यो ज्ञान आफैँमा सीमित नराखी अरूमा प्रसार गर्न कठिनाइ झेल्नु स्वाभाविक थियो । भावी राजाले विरक्तिएर दरबार छोडेपछि सिद्धार्थ गौतमका पिता शुद्धोधन र माता मायादेवीले त्यसबेला कति आपत् बेहोरेका होलान् भन्ने पनि अनुमान गर्न सकिन्छ । त्यो असहजताका बिच बुद्धले उद्भव तथा प्रसार गरेका वाणी आज पनि उत्तिकै सान्दर्भिक छन् । बुद्धले लक्ष्यमा पुग्नुभन्दा यात्रा राम्रोसँग सम्पादन गर्नुलाई जरुरी भनेका छन् । स्पर्धाका नाममा बाटो बिराउने व्यक्ति, समाज र देशका निम्तिसमेत यो गहन सन्देश बन्न सक्छ । यस्तै बुद्धले शरीरलाई शुद्ध राख्नुलाई पहिलो कर्तव्य भनेका छन् । अस्वस्थ शरीरको मन, विचार र निर्णय सही हुन नसक्नु स्वाभाविक हो । शान्ति मानिसको मनभित्रैबाट खोजिनु बुद्धको सबैभन्दा महान् सन्देश हो । संसारका युद्धका सबै निर्णय कुनै पनि शासक वा व्यक्तिकै निर्णयबाट आउने हो । यसबाट मानिसले नै मानिसका निम्ति अशान्ति पैदा गरेको छ । अनेक युद्ध र अशान्तिको बीजारोपण गरेको छ । शान्ति र प्रेमले मानव सभ्यता सजाउन सकिने बुद्ध सन्देश युग युगका निम्ति सही, सत्य र व्यावहारिक छन् ।बुद्धका सन्देश विश्वभर प्रसार गर्न नेपालको भूमिका युगौँदेखि पवित्र छ । यो पवित्र भूमि लुम्बिनी र सिङ्गो नेपाल आउन विश्वका सबै शान्तिप्रिय मानिसको अटुट चाहना हुन्छ । लुम्बिनीमा विशाल ध्यान संरचना बनाएर नेपालले विश्वलाई आकर्षित गर्ने मार्ग प्रशस्त गरेको छ । बुद्ध सन्देशबारे प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको छ, “बुद्धका शान्तिको सन्देशहरूको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिका लागि छ, परिवारको शान्तिका लागि छ र सबै कुराका लागि शान्तिको महŒव छ ।” बुद्धजयन्तीका दिन व्यक्त यी विचार व्यक्तिको जीवनका साथै देशको संस्कृति, सभ्यताको उन्नयनमा पनि उत्तिकै महŒवपूर्ण छन् । शान्तिबिना समृद्धि असम्भव छ । विश्वभर अहिले पनि अनेकौँ युद्धका बादल मडारिरहेका छन् । युद्धमा विनियोजन गरिएको बजेटले संसारका कैयौँ अभावग्रस्त मानिसको जीवन उज्यालो बनाउन सकिन्छ । अहिलेको विज्ञान र प्रविधिको अन्वेषण, विकास र विस्तार मानव समाजकै कल्याणका निम्ति हो तर मानिसकै मनबाट उद्भव हुने ईष्र्या, घमण्ड र तँछाडमँछाडका कारण सदाब्दिऔँदेखि मानिसले दुःख पाइरहेको छ । अनेकको ज्यान गएको छ । धन स्वाहा भएको छ । मानिसको रौद्र रूपले शान्ति प्रतिकूल युद्ध बादल मडारिइरहेका छन् । अतः बुद्धका शान्तिमार्गका वाणी र सन्देशका मर्मले विश्वलाई नै सही मार्गनिर्देश गर्न सक्ने देखिन्छ ।
सकारात्मक सूचकको उत्साह
विश्वकै अर्थतन्त्रमा अहिले कुनै न कुनै सङ्कट देखिएका छन् ।
स्थायी शान्तिको अपेक्षा
दक्षिण एसियामा युद्धको बादल मडारिने कारण आतङ्कवाद थियो ।
सीमा क्षेत्रमा उच्च सतर्कता
विश्व मानव समाजमा कतिपय घटना मानिसले नचाहेर पनि विकसित हुन्छन् ।
गैरीगाउँ घटनाको सन्देश
पृथ्वी मानिससहित सबै जीवात्माको साझा घर हो ।
बुढ्यौली जनसङ्ख्याको प्रभाव
कुनै पनि देशमा जनसङ्ख्या विकासको पहिलो सर्त हो
गोरखापत्रको गौरव
विश्व पत्रकारिताको इतिहास सबैतिर समान तवरले आरम्भ भएको पाइँदैन ।
प्रकाशकीय: शताब्दीपारिको यात्रा
गोरखापत्र नेपाली पत्रकारिताको मानक मात्र होइन, नेपाली समाजको विकास र राजनीतिक परिवर्तनका लागि एउटा मिर्मिरे थियो ।
सङ्क्रमणकालीन न्याय निरूपण
विश्वका धेरै देशमा बेलाबखत द्वन्द्व उत्पन्न हुने गर्छ । नेपालमा पनि तत्कालीन नेपाल क
सगरमाथा संवादको गहनता
जलवायु परिवर्तनले ल्याएका असर अहिलेको विश्वका सबैभन्दा जटिल समस्या भएका छन् । बेमौसमी वर्षा, बाढी, पहिरो, डुबान, खडेरी, मरुभूमीकरणले मानव जीवनसँगै पर्या तथा जलचक्रलाई प्रतिकूल प्रभाव पारिरहेको छ । हिमालका हिउँ पग्लिँदै जाँदा पानीको स्रोत जोखिमतिर गइरहेको छ ।
सरकारको नीति तथा कार्यक्रम
लोकतन्त्रको मूल मर्म नै पारदर्शिता र उत्तरदायित्व हो । सरकारले सम्पादन गर्ने मूलभूत कार्यव्यवहारलाई विधायिकी विमर्श र स्वीकृति अपरिहार्य हुन्छ । विधायिका जनमतको प्रतिनिधित्व गर्ने सर्वोच्च सार्वभौम संस्था हो । पारदर्शिता र उत्तरदायित्वको संवैधानिक व्यवस्था अनुसार सरकार
सहमतिपछिको विद्यालय शिक्षा
संसारका उपलब्धि आफैँ स्थापित हुँदैनन् ।
श्रम सम्मानको आयाम
आज विश्व श्रमिक दिवस । विश्वभर मनाइने श्रमिक दिवस नेपालमा पनि यताका दशकमा मनाउन थालिएको छ ।
अनियमितताको कुरूप तस्बिर
कतिपय देशमा भ्रष्टाचार सबैभन्दा ठुलो दुस्मन भएको छ ।
अर्थतन्त्रका सूचकमा सुधार
विश्व अर्थतन्त्र अहिले सङ्कटमा छ । लक्षित आर्थिक वृद्धि पूरा हुन कठिन हुँदै छ ।
चुस्त स्थानीय प्रशासन
सूचना प्रविधिले विश्व मानव समाजलाई अति धेरै सुविधा प्रदान गर्न थालेको छ ।
बजेट अधिवेशनको प्रभाव
नागरिकको मत र इच्छाले चल्ने शासकीय व्यवस्था लोकतन्त्र हो ।
आतङ्कवादविरुद्ध हातेमालो
कुनै पनि राजनीतिक वा अन्य लक्ष्य पूरा गर्न हिंसाको प्रयोग महाअपराध हो ।
स्वच्छ ऊर्जाको आधारशिला
जलवायु परिवर्तनका अनेक असरले संसार आक्रान्त छ ।
सामाजिक सञ्जालको नियमन
लोकतान्त्रिक पद्धति विधिमा आधारित हुन्छ । आफ्नो अधिकार प्रयोग गर्दा अर्काको हक खोस्ने कार्य लोकतान्त्रिक हुन सक्दैन ।
नयाँ बजेटको आधार
राज्यको आयव्यय विवरण अर्थात् बजेटका निम्ति लामो तयारी आवश्यक हुन्छ ।
संविधान रक्षाप्रति दृढता
लोकतान्त्रिक पद्धति विधिमा आधारित व्यवस्था हो ।