काठमाडौँ महानगरका १०७ विद्यालय गायब (सूचीसहित)
काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले १०७ विद्यालयललाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रुपमा सञ्चालनमा नरहेको पाइएपछि सम्पर्कमा आउन सूचना सार्वजनिक गरिएको हो ।
चिसो बढेसँगै रौतहटमा चार दिन विद्यालय बन्द
जाडो बढ्दै गएपछि रौतहटको गौर नगरपालिकाले विद्यालयमा बिदा दिएको छ । केहि दिनदेखि अत्यधिक जाडो बढेको भन्दै पुस ८ देखि ११ गतेसम्म चार दिन विद्यालयमा जाडो बिदा दिएको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरले बताउनुभयो ।
आन्दोलनको निसानामा बालबालिका
सरकारले शैक्षिक संस्थालाई शान्ति क्षेत्र घोषणा गरिएको दुई दशकभन्दा बढी भइसक्दा पनि यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । यसकारण हरेक प्रकारका आन्दोलनको मारमा विद्यालय र त्यहाँ पढ्ने कलिला बालबालिका पर्ने गरेका छन् ।
मनाङको विद्यालयमा दुई महिना जाडो बिदा
विगत वर्षमा घुम्ती विद्यालय सञ्चालन गर्दै आएको हिमाली जिल्ला मनाङमा यस वर्ष पनि जाडो छल्न डेढ महिनादेखि दुई महिनासम्मको लामो जाडो बिदा दिइने भएको छ ।
लोकप्रिय माविलाई शैक्षिक सामग्री वितरण
चामेमा रहेको लोकप्रिय आवासीय विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यालयको शैक्षिक तथा भौतिक विकासमा टेवा पुर्याउने उद्देश्यले पाँच लाख ५० हजार रुपियाँ बराबरका सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
नेपाली विद्यार्थीले बिना धितो एक लाख डलरसम्मको शैक्षिक ऋण पाउने
नेपाली विद्यार्थीले विदेशमा पढ्न अब धितोको झन्झट झेल्न नपर्ने भएको छ । नेपालमै पहिलोपटक, एमपावर फाइनान्सिङ नामक अमेरिकी संस्थाले स्नातकोत्तर अर्थात् पोस्टग्राजुएट तहका विद्यार्थीका लागि बिना धितो र बिना जमानी अधिकतम अमेरिकी डलर एक लाख (झण्डै एक करोड ३० लाख रुपियाँ) सम्मको शिक्षा ऋण सुविधा ल्याएको छ ।
विज्ञान प्रयोगशालाले प्रयोगात्मक सिकाइमा सहजता
हिमा गाउँपालिका–१ बड्कीस्थित कालिका माध्यमिक विद्यालयमा स्थापना गरिएको विज्ञान प्रयोगशालाले विद्यार्थीहरूको प्रयोगात्मक सिकाइलाई सहज बनाएको छ ।
जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित शान्ति आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।
शिक्षण सिकाइमा ध्यान दिन अभिभावकलाई आग्रह
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको पुरानो विद्यालय लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका (लचमुमावि) शिक्षकहरुले शिक्षण सिकाइको वातावरण निर्माणमा ठुलो भूमिका अभिभावकहरुको भएकोले अभिभावकहरुलाई यसप्रति ध्यान दिन आग्रह गरेका छन् ।
उनानब्बे हजार योग्य, सोह्र हजार सहभागी
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहप्रति विद्यार्थीको रुचि घट्दै गएको देखिएको छ । दीक्षान्त समारोहमा सहभागी हुन योग्य विद्यार्थीको तुलनामा समारोहमा सहभागी हुनका लागि आवेदन दिएका विद्यार्थी सङ्ख्यालाई तुलना गर्दा यस्तो देखिएको हो ।
त्रिविको ५१ औँ दीक्षान्त समारोह : यी हुन् पदक र पुरस्कार पाउने २५ जना (नामसहित)
त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह हुने भएको छ । विश्वविद्यालयद्वारा जारी सूचनामा यही पुस १० गते दशरत रङ्गशालामा दीक्षान्त समारोह हुने भएको हो ।
उनान्तीस विद्यालयले राखे नेपालीपन झल्किने नाम
यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै कामपाले गरेको आग्रहलाई मान्दै विद्यालयको नेपालीपन झल्कनेगरी नाम परिवर्तन गरेका कामपा शिक्षा विभागले जानकारी दिएको छ ।
चार करोडको लागतमा क्याम्पसको प्रशासनिक भवन बन्ने
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५ मा अवस्थित सोलुखुम्बु बहुमुखी क्याम्पसमा करिब चार करोड २० लाख रुपियाँको लागतमा प्रशासनिक भवन निर्माण सुरु भएको छ ।
स्थानीय तह रोज्न शिक्षकलाई समय
शिक्षक सेवा उत्तीर्ण भई ताप्लेजुङका लागि सिफारिस आएका शिक्षकलाई स्थानीय तह रोज्न समय दिइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले जिल्लाका लागि सिफारिस भएर आएका शिक्षकलाई स्थानीय तह रोज्न अर्थात छनोट गर्न समय दिएको हो ।
शिक्षकको स्थानीय भत्ता निकासाका लागि शिवनाथ गाउँपालिकाको पहल
शिवनाथ गाउँपालिकाले केन्द्रबाट जारी निर्देशन अनुसार स्थायी, अस्थायी र करार शिक्षक तथा प्राविधिक तर्फका सहायक शिक्षकलाई उपलब्ध गराउनुपर्ने स्थानीय भत्ता निकासा गर्न आवश्यक थप बजेट उपलब्ध गराइ दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग औपचारिक अनुरोध गरेको छ ।
वित्तीय सचेतना अभिवृद्धि गर्न विद्यालयमा शैक्षिक हाट बजार
धनुषाको बटेश्वरस्थित श्री राष्ट्रिय आधारभूत विद्यालय खोरिया सीतापुरमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शैक्षिक हाटबजारको आयोजना गरिएको छ ।
श्रीलङ्कामा चक्रवातपछि अधिकांश विद्यालय सुचारु
श्रीलङ्कामा विनासकारी चक्रवात “दितवा” का कारण बन्द भएका अधिकांश सरकारी तथा निजी विद्यालय मङ्गलबारदेखि पुनः खोलेको एक वरिष्ठ अधिकारीले बताउनु भएको छ ।
एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
आँधीखोला गाउँपालिका–३ को नमुना क्लब पाख्रीबोटले न्यानो कपडा वितरण गरेको छ ।
शिक्षकलाई आधारभूत प्राथमिक उपचार तालिम
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ का सबै विद्यालयका शिक्षकहरुलाई आधारभूत प्राथमिक उपचार सम्बन्धी तीन दिने तालिम दिइएको छ।
मरब क्याम्पसमा विद्यार्थी महोत्सव हुने
जिल्लाको शैक्षिक सुधारका लागि फरक निस्कर्ष निकाल्ने गरि इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा विद्यार्थी महोत्सव आयोजना गरिने भएको छ ।
कक्षा ५ मा पढ्नेले चिन्दैनन् अक्षर
सुनसरीको इनरुवा नगरपालिका २ मा रहेको बुढासुब्बा आधारभूत विद्यालयका कक्षा ५ मा पढ्ने विद्यार्थीहरुले अक्षर नै चिन्दैनन् ।
बोल्ने कला जीवनको आधारभूत सीप
पोखरा–१०, बुद्धचोकस्थित सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषण कलासम्बन्धी दुईहप्ते तालिम शनिबार सम्पन्न भएको छ ।
कालिनाग माध्यमिक विद्यालयमा बस सेवा सुरु
दोलखाको कालिन्चोक गाउँपालिका-८ स्थित कालिनाग माध्यमिक विद्यालय (नमुना)ले विद्यार्थीका लागि विद्यालय बस सेवा सञ्चालन गरेसँगै आवतजावत सहज भएको छ।
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण
सर्लाहीको एक सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा (स्विटर), टोपी, मोजा तथा विद्यालयलाई खेलकुद र शैक्षिक सामग्री वितरण गरिएको छ ।