फौजी बनाइएका किरा
हजारौँ वर्षदेखि शत्रुलाई कष्ट दिन छ खुट्टे फौजीलाई सैन्य सेवामा भर्ती गरिँदै आएको छ । मौरीको चाकामा गुलेली हान्ने । बिच्छीको बम । किरा राखिएको खाल्डो जेल । हजारौँ वर्षदेखि सैन्य रणनीतिकारहरू किरालाई युद्धको हतियारका रूपमा प्रयोग गरिरहे । शत्रुलाई असह्य पीडाले कमजोर पार्न मात्र होइन रोगाणु फैलाउन र कृषिबाली नष्ट गर्नसमेत किराको प्रयाग गरियो । यसबाट व्यापकस्तरमा कष्टपीडा, रोगव्याधि र भोकमरी फैलाउने उद्देश्य राखिन्थ्यो ।
फ्रेन्च भाषाकी ज्ञाता पहिलो नेपाली नारी
राणाकालमा सुदूरपश्चिमका डोटी, डडेलधुरा, बझाङ, बाजुरा, बैतडी र दार्चुला जिल्लाबाट कतिपय मानिस बसाइँ सरेर त कोही जागिरका सिलसिलामा काठमाडौँ आइपुगे । त्यहीँ घरजम गरे । राणाकालमै काठमाडौँ बसाइँ सर्नेहरूमा बझाङी, थलारी र बाजुरेली राजखलक प्रमुख थिए ।
बदलिँदै वनकरिया
खेती किसानीको खासै अनुभव नभएका जङ्गलमा कन्दमूल खोज्ने तथा जडीबुटी, कुरिलो सङ्कलन गरी बजार या गाउँमा बेची अन्न जम्मा गरेर जीविका गर्दै आएको जाति हो– वनकरिया । जङ्गली उत्पादनमा पूर्णतः निर्भर यो जाति कृषिकर्मसँग लामो समय परै बस्यो । जङ्गलमा बस्ने र अन्य समुदायसँगको सम्पर्कबाट टाढै रहँदै आएको यो जातिका मानिस नयाँ मानिससँग हत्तपत्त बोलिहाल्न चाहँदैनन् ।
बाटोका देउता
काठमाडौँ मन्दिरै मन्दिरको सहरका रूपमा परिचित छ । यस सहरमा सानाठूला गरी सयौँको सङ्ख्यामा मठमन्दिर रहेका छन् ।
मातृशक्ति आराधनाको पर्व स्वस्थानी व्रत कथा
स्वस्थानी व्रतकथा नेपालीको जनजीवनमा अभिन्न अङ्गका रूपमा रहँदै आएको छ । यो कथा कसले र कहिले रचना गरेको हो भन्ने प्रामाणिक आधार भने पाइँदैन तर स्वस्थानी व्रतकथाका बारेमा नै विद्यावारिधि कार्य सम्पन्न गर्ने जेसिका ब्रिकेनहोल्जले स्वस्थानी व्रतकथा विसं १६०३ मा लेखिएको भन्ने सन्दर्भ उल्लेख गरेकी छन् ।