मरुभूमिमा भूताहा जहाज
यी पानीजहाज मात्र ३० वर्षपहिले विश्वको चौथो ठूलो तालमा हुन्थे । अहिले त्यहीँ मरुभूमिमा भूताहा जहाज भएर थन्किएका छन् । कुनै बेला अलेक्जेन्डर महानले समेत पार गर्न ठूलो चुनौती मानेको ‘अराल सी’ अहिले सुकेको छ । यो ताल माछाको ठूलो स्रोत थियो र बिदा मनाउनेको समेत यहाँ घुइँचो लाग्दथ्यो । यस ताल वरिपरि कैयौँ रिजोर्टसमेत खुलेका थिए तर अचेल यहाँ उजाड छ । पानीजहाज सुक्खा भुईंमा पछारिएका छन् । लगभग छ सय वर्षमा अराल सागर करिब पूर्ण सुकेको छ ।
परोपकारको भावना समेटिएका पाटीपौवा
अठार पुराणका रचयिता वेदव्यासले आफ्ना सबै कृतिको सार एकै श्लोकमा भनेका छन्, “परोपकारः पुण्याय, पापाय परपीडनम् ।” अर्थात् अरूलाई उपकार गर्दा पुण्य मिल्छ भने दुःख दिँदा पाप लाग्छ । यस भनाइको परिपूरक आशयलाई यसरी पनि व्यक्त सकिन्छ, अरूको परोपकार गर्नु जत्तिको ठूलो धर्म र अरूलाई पीडा दिनु जत्तिको ठूलो पाप अर्को छैन । परोपकारी कार्यलाई जीवन दर्शनका रूपमा आत्मसात् गर्ने वेदव्यासजस्ता मनीषीका सत्कर्मयुक्त जीवन दर्शनबाट हाम्रा पुर्खाहरू परोपकारी कार्यमा सरिक भएका अनेकौँ दृष्टान्त भेटिन्छन् । परोपकारी भावनालाई जीवनको मार्गदर्शक सिद्धान्त मान्ने सत्कर्मीहरूले सम्पादन गरेका अनेकन् लोकहितकारी कार्यको दृृष्टान्तका रूपमा पाटीपौवा, सत्तल एवं धर्मशाला निर्माणलाई पनि लिन सकिन्छ ।
फ्रिलान्सिङको दुनियाँ
विश्वको कुनै पनि भागमा बसेर इन्टरनेटमार्फत धेरै किसिमका काम गर्न सकिन्छ । त्यसमा पनि सूचना प्रविधिसँग सम्बन्धित काम त झन् सहज र सरल ढङ्गले गर्न सकिने भएको छ । अनलाइन माध्यमबाट आइटी आउटसोर्सिङ, अनलाइन फ्रिलान्सिङ, अफ्सोर डेभलपमेन्टलगायतका काम हुने गर्छन् । घरबाटै विश्वका विभिन्न स्थानमा रहेका कार्यालय, कम्पनी वा व्यक्तिगत रूपमा समेत हुने यस्तो काम कोभिड सर्वमहामारीका बेला नेपालमा वृद्धि भयो । त्यतिबेला सुरु भएको वर्क फ्रम होम, अनलाइन क्लास, अनलाइन जब, भिडियो कन्फ्रेन्सिङ अहिले पनि प्रचलनमा रहेका छन् ।
पकेट हरक्युलस नेम सुलेमानव
प्रशिक्षणपश्चात् १५ वर्षकै उमेरमा उनी विश्व च्याम्पियन बन्छन् र उनले ओलम्पिकमा भाग लिएर ओलम्पिक च्याम्पियन बन्ने सपना देख्न थाल्छन् तर त्यसैबीच सोभियत सङ्घको सेनाले अफगानिस्तानमाथि आक्रमण गरेर त्यसलाई आफ्नो अधीनमा लिन्छ । विश्वभरि सोभियत सङ्घको यस कारबाहीको विरोध हुन्छ । लगत्तै सन् १९८० को मास्को ओलम्पिकमा अमेरिका समर्थक राष्ट्रहरूले भाग नलिने भनेर ओलम्पिक बहिष्कार गर्छन् । त्यसैगरी सन् १९८४ को लस एन्जल्स ओलम्पिकमा सोभियत सङ्घ समर्थक राष्ट्रहरूले पनि भाग नलिने निर्णय गर्छन् । बुल्गेरियाले पनि ओलम्पिक बहिष्कार गरेको थियो । सुलेमानव राजनीतिक लडाइँ देखेर वाक्क हुन्छन् । राजनीतिबाट टाढा हुन उनी टर्की प्रवेश गर्छन् । टर्की प्रवेश गरेपछि उनको नयाँ नाम रहन गयो । बुल्गेरियालीले उनलाई ‘नाउम सहालामोनोभ’ भनेर
सापेक्षित छ समय र परिवर्तन
कुनै प्रकारको परिवर्तन वा घटना हुनु भनेको पहिलेको अवस्था र वर्तमान अवस्थामा आएको भिन्नता हो । यो समयसँग सम्बन्धित छ । आयु, अवधि, छिटो, ढिलो, पहिले, अहिले, भोलि, आज आदि समयसँग जोडिएका छन् । पहिले र अहिले भन्ने कुराले समय बितेको अवस्था बताउँछ । समय र परिवर्तन सम्बन्धित छन् । समय बितेको र परिवर्तन आएको कुरासँग सम्बन्धित छन् । समयरहित अवस्थाको कल्पना गर्दा सबै कुरा ठप्प हुने छ, प्रकृति ठप्प हुने छ । वास्तविक संसार गतिशील छ र निरन्तर परिवर्तन भइरहेको छ । कुनै घटना एक पटक मात्र हुन्छ । जस्तै रुखबाट एउटा पात खस्नु, त्यही पात फेरि अर्को पटक त्यसरी कहिल्यै खस्दैन । कुनै घटना दोहोरी रहन्छन् जस्तै समुद्रको किनारामा छाल आइरहनु । दोहो¥याई तेह¥याई नियमित हुने घटनाले अन्य परिवर्तनलाई सङ्केत गरिरहेका हु
सङ्कटमा गधा
पानी बिक्री गर्न र आफ्नो जीविका चलाउन स्टिव पूर्णतया आफ्ना गधामा निर्भर थिए । ती गधाले पानी भरिएका २० जर्किन लादिएको गाडा तानेर स्टिवका सबै ग्राहकसम्म लैजान्थे । जबदेखि स्टिवका गधा तिनका छाला काढ्नका लागि चोरिए उनले काम गर्न सकेनन् । अन्य मानिससरह स्टिवको पनि त्यस दिन दैनिकी सुरु भएको थियो । नैरोबीको बाह्य इलाकामा रहेको आफ्नो घरबाट निस्केर उनी आफ्ना पशुलाई लिन खेतमा गए । उनी त्यस दिनको घटना सम्झेर भन्छन्, “मैले त्यहाँ तिनलाई देखिनँ । दिनभरि, रातभरि र भोलिपल्ट पनि मैले यताउता खोजेँ तर फेला पारिनँ ।” तीन दिनपछि एक जना साथीले उनलाई फोन गरेर आफूले पशुका हाडखोर फेला पारेको जानकारी दिए । “तिनलाई मारिएको छ, वध गरिएको छ र तिनीहरूको छाला त्यहाँ थिएन ।”
“जिउँदो बाघ” को अमर कीर्ति
हिन्दु धर्मावलम्बीका लागि चारधामको विशेष महत्व छ । चारधाममा बद्रीनाथ धाम, द्वारका धाम, रामेश्वर धाम र जगन्नाथ धाम पर्दछन् । यिनलाई वैष्णव तीर्थ पनि भनिएको छ । बद्रीनाथ धाम भारतको उत्तराखण्डमा पर्छ भने द्वारका धाम गुजरातमा, रामेश्वर धाम तमिलनाडुमा र जगन्नाथ धाम ओडिसामा पर्दछ । उत्तराखण्डका चार धाम चाहिँ बद्रीनाथ, केदारनाथ, गङ्गोत्री एवं यमुनोत्री हुन् । तीर्थालुहरू हरिद्वार, ऋषिकेश आदि क्षेत्र हुँदै यमुनोत्री, गङ्गोत्री, केदारनाथ र बद्रीनाथको यात्रा पूरा गर्दछन् ।
अहिंस्रक सियार/चुम्बा
गोरखा जिल्लाको उत्तरी सीमावर्ती क्षेत्रमा अवस्थित चुम उपत्यकामा रहेका चुम्चेत, छेकम्पार, छोच्युक्सम र निब्री गाउँमा सियार (चुम्बा) जातिको बसोबास छ । यिनीहरूलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले सियार जाति भनेर आदिवासी जनजाति समूहमा सूचीकृत गरेको छ । गणेश र सिङ्ग्री हिमालको फेदमा अवस्थित उपत्यकामा रहेका सियारहरू मूलतः बौद्धधर्मावलम्बी छन् । गोरखाको उत्तर–पूर्वबाट पश्चिम–दक्षिण बग्ने सियार नदीका कारण पनि यस क्षेत्रमा बस्ने यस जातिको नाम सियार भएको हुन सक्छ । अर्कोतिर चुम उपत्यकामा बस्ने भएकाले चुम्बा भएको सहजै अनुमान लगाउन सकिन्छ ।
अमेन्डाको सङ्घर्ष
घटना सन् २०१९, मे महिनाको हो । जब लगभग पाँच किलोमिटरको पदयात्रा (हाइकिङ) मा बाटो बिर्संदा अमेन्डा इलरलाई हवाईमा रहेको माउईको जङ्गल अत्यन्त कष्टप्रद जीवन सङ्घर्षमा परिणत हुन पुग्यो । अमेन्डाले आफूसँग खाना, पानी, मोबाइल फोन केही पनि लिएर गएकी थिइनन् किनभने उनी छोटो दूरीमा हिँडेर फर्कने योजना बनाएर जङ्गल छिरेकी थिइन् । हिँड्दै जाँदा अमेन्डाले बाटो बिर्सिइन् र जति कोसिस गर्दा पनि फर्किन सकिनन् । जति जति उनले कोसिस गरिन् उनी झन् झन् अनकन्टार जङ्गलमा हराउन थालिन् । १७ दिनसम्म अमेन्डाले जङ्गलमा जीवनका लागि सङ्घर्ष गर्नुप¥यो ।