विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रु २७ लाख ८० हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
काठमाडौँको जमलमा दुर्घटना हुँदा चार जना घाइते
काठमाडौँ महानगरपालिका–२७ जमलमा मंगलबार भएको सवारी दुर्घटनामा परी चार जना घाइते भएका छन् ।
काठमाडौँका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा महिला अधिकृतलाई
आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन घोषणा भएयता निर्वाचन हुने वा नहुने आशंकाका बीचबाट सुरु भएको निर्वाचनको तयारी अहिले सुनिश्चिततातर्फ अघि बढेको छ ।
गणपति डिलक्स बसको उत्खनन स्थगित
तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोन्द्राङवेसीस्थित त्रिशूली नदीमा किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खननकार्य आजदेखि स्थगित गरिएको छ ।
दल र उम्मेदवारसँग बैंकिङ प्रणालीबाट कारोबार गरौँ : प्रमुख निर्वाचन आयुक्त भण्डारी
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आश र त्रासबाट मुक्त भएर व्यवसायीले बैंकिङ प्रणालीबाट नै राजनीतिक दल र उम्मेदवारसँग चन्दा कारोबार गर्नुपर्ने बताउनुभएको छ।
वीरगञ्जमा तीनदिने मधेश साहित्य महोत्सव हुने
महोत्सव आयोजक संस्था उत्कर्ष नेपालले मंगलबार पत्रकार सम्मेलन गरी मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा माघ १५ गतेदेखि वीरगञ्जमा तीन दिने मधेश साहित्य महोत्सव आयोजना गर्ने जनाएको हो।
उम्मेद्वारको खतरा मूल्यांकन गरेर आवश्यक सुरक्षा मिलाउछौं : एसपी खड्का
झापा जिल्ला हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोको केन्द्रमा रहेको भन्दै जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले निर्वाचनलाई भयरहित, शान्त र निष्पक्ष रूपमा सम्पन्न गराउन प्रहरी पूर्ण रूपमा सक्रिय रहेको बताउनुभएको छ।
युवराज सफल पक्राउ, अनुसन्धानका लागि तीन दिनको म्याद थप
युवराज सफल भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज निजलाई काठमाडौँबाट पक्राउ गरिएको बताउनुभयो ।
युरोपमा हाइब्रिड कार अग्रस्थानमा
सन् २०२५ मा युरोपेली उपभोक्ताका लागि हाइब्रिड–इलेक्ट्रिक सवारी साधन सबैभन्दा लोकप्रिय पावर विकल्पका रूपमा उभिएका छन् । मङ्गलबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार हाइब्रिड कारले विशुद्ध पेट्रोल-सञ्चालित कारलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेका हुन् ।
सेती नदीमा बेपत्ता भएका सप्लाङ्गी अझै फेला परेनन्
तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक पुरुष तेस्रो दिन साँझ सम्म पनि फेला पर्न सकेका छैनन् ।
पूर्व प्रदेशसभा सदस्य नागेन्द्रप्रसाद सिन्हाको निधन
मधेश प्रदेश सभाका पूर्व प्रदेश सभा सदस्य नागेन्द्र प्रसाद सिन्हाको मंगलबार निधन भएको छ ।
कांग्रेसको घोषणापत्रमा ‘भिजन–१०’ : प्राथमिकतामा सुशासन र विकास
पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्रले मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई मुख्य आधार बनाउने जानकारी दिनुभयो।
खोटाङमा छानिए एक हजार २८२ जना निर्वाचन प्रहरी
खोटाङमा एक हजार २८२ जना निर्वाचन प्रहरी छानिएका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि माग गरिए असुसार निर्वाचन प्रहरी छानिएको निर्वाचन भर्ना छनोट उपसमितिले जनाएको छ।
चर्चामा झापा ५, ओली–साह प्रतिस्पर्धाको देशभर चासो
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर झापा निर्वाचन क्षेत्र ५ अहिले देशको सबैभन्दा धेरै चर्चामा रहेको क्षेत्र बनेको छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको उम्मेद्वारीले यो क्षेत्र राष्ट्रिय राजनीतिक बहसको केन्द्र बनेको हो ।
१६५ निर्वाचन क्षेत्रमा कांग्रेसका १०६ नयाँ अनुहार मैदानमा
नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गर्दा १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको छ।
नेप्से परिसूचक ४२ अङ्कले घट्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ७२६ दशमलव ५१ को बिन्दुमा कायम भएको हो ।
राष्ट्रिय लिग : आर्मी र लालीगुराँसको बराबरी
सातदोवाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा आर्मी र लालीगुराँसले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो ।
आचारसंहिता उल्लङ्घन गरेको आरोपमा आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सामाजिक संस्था र विद्यालय गरी विभिन्न सात व्यक्ति तथा निकायलाई स्पष्टीकरण सोधेको छ ।
अनलाइनमार्फत् छ महिनामा साढे १९ लाख ठगी
मोबाइल र इन्टरनेटको विस्तारले जीवनशैलीमा आमूल परिवर्तन गरेको छ । सँगसँगै, अनलाइन ठगीका घटना पनि बढेका छन् ।
मङ्गोलियामा अत्यधिक चिसोका कारण १३ जनाको मृत्यु
मङ्गोलियामा सन् २०२६ को जनवरी मा मात्र अत्यधिक चिसो (हाइपोथर्मिया) को कारण १३ जनाको मृत्यु भएको रेकर्ड गरेको देशको राष्ट्रिय प्रहरी एजेन्सी (एनपिए) ले मङ्गलबार जनाएको छ ।
स्याङ्जामा निर्वाचनका लागि शान्ति सुरक्षा सक्रियता
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिदै गर्दा जिल्ला सुरक्षा समिति तथा जिल्ला निर्वाचन समितिको टोलीले सक्रियता बढाएको छ ।
टी–२० विश्वकप : नेपालको अन्तिम तयारी भारतमा
भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने विश्वकपका लागि नेपाली टोली श्रीलङ्कामा केही अभ्यास खेलसहित तयारी गरेर अन्तिम तयारीका लागि भारत पुगेको छ ।
दुर्गम गाउँँमा ५० किलोवाटको सोलार मिनीग्रीड सञ्चालन
नाम्खा गाउँपालिका–३ खगालगाउँको झुला गाउँमा ५० किलोवाटको सोलार मिनीग्रीड सञ्चालनमा आएको छ । उक्त मिनीग्रीड परियोजनाको निर्माण कार्य सम्पन्न हुँदा विद्युत आपूर्ति समेत सुरु भएको हो ।
निर्वाचन आचारसंहिता पालना गर्न सर्वदलिय सहमति
बर्दियामा निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न र गराउनका लागि राजनीतिक दल लगायत सम्पूर्ण पक्षले प्रतिवद्धता जनाएका छन् ।