धरानमा खानेपानीको दीर्घकालीन समाधान प्राथमिकतामा
लामो समयसम्म ब्रिटिश गोर्खा आर्मीका रूपमा सेवा गर्नुभएको पूर्णप्रसाद लिम्बू यस पटकको प्रतिनिधि सभामा समानुपातिकतर्फ सांसदमा निर्वाचित हुनुभएको छ । सुरक्षा र सैन्य अभ्यासमा पोख्त रहनु
‘बुवाको प्रेरणाले गर्दा म राजनीतिमा आएँ’
दुर्गम हिमाली जिल्ला सोलुखुम्बुले यस पटकको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसकै सबैभन्दा कान्छी सांसदका रूपमा गीता गुरुङलाई पठाएको छ । नेपाली कांग्रेसले गुरुङलाई समानुपातिक सूचीमा राखेपछि उहाँ निर्वाचित हुनुभएको हो ।
‘सुधारका लागि आएको हुँ’
राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसदमा निर्वाचित हुनुभएका सिर्जना श्रेष्ठले राजनीतिकमा केही गरौँ भनी लागेको बताउनुभएको छ । व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तहको शिक्षा हासिल गरेर २२ वर्षदेखि समाजसेवा
मनमाया विश्वकर्मा साहित्यदेखि संसद्सम्म
साहित्य र सङ्गीतको क्षेत्रबाट राजनीतिक यात्रामा स्थापित झापाकी मनमाया विश्वकर्मा ‘मनु’ बहुआयामिक व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । २०३८ भदौ ८ गते भोजपुरको
‘सिँचाइ व्यवस्था गरी कृषि उत्पादन बढाउने प्राथमिकता’
सप्तरी कञ्चनरूप नगरपालिका–८ का खगेन्द्र कर्ण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । एक साधारण परिवारबाट प्रतिनिधि सभा सद
‘सार्वजनिक सेवा प्रवाहमा सुधार आवश्यक’
ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ (साबिक फाकुम्बा–३, नुम्लोक) मा जन्मनुभएका रमेश प्रसाईं प्रतिनिधि सभा सदस्य बन्नुभएको छ । फरक क्षमता भएका दृष्टिविहीन प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी
किसानका पक्षमा आवाज उठाउँदै
राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ खुश्बु ओली समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बन्नुभएको छ । उहाँले राप्रपाबाट संसद्मा प्रमुख सचेतकको समेत जिम्मेवारी पाउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
ताप्लेजुङको पर्यटन विकास
पर्यटकको भरिया बनेर हिमालको यात्रा गर्ने गरेका मिङ्मा ग्याबु शेर्पाले अब संसदीय यात्रा तय गर्नुभएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, लेलेपको सेकाथुममा जन्मनुभएका शेर्पाको बाल्यकाल त्यहीँ बित्यो ।
शिक्षा क्षेत्रका विकृतिविरुद्ध आवाज उठाउने योजना
झापाकी युवा नेतृ नीता घतानी नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट समानुपातिक सूचीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नुभएको छ । पछिल्लो समय राजनीतिमा युवाको भूमिका
‘मानवस्रोत विकासमा ध्यान दिनु पर्छ’
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट प्रतिनिधि सभामा समानुपातिक सांसद निर्वाचित गुरुप्रसाद बरालले गरिबीको रेखामुनि रहेका परिवारका लागि मानवस्रोत विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
काठमाडौँ महानगरद्वारा ‘जीवन्त र समृद्ध असन’ कार्यक्रमको सुरुवात; निःशुल्क ‘वाटर एटिएम’ पनि सञ्चालनमा
काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक तथा प्रशासनिक क्षेत्रभित्रका मूर्त, अमूर्त, प्राकृतिक तथा अभिलेख सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि बैशाख ५ गतेदेखि असन क्षेत्रमा ‘जीवन्त र समृद्ध असन’ कार्यक्रम शुरु गर्ने भएको छ ।
‘युवा र महिलाका मुद्दा संसद्मा उठाउँछु’
पाँच वर्षअघि राष्ट्रिय युवा परिषद्ले सञ्चालन गरेको नमुना युवा संसद् अभ्यासमा ‘काल्पनिक’ सभामुख बनेकी श्रद्धा कुँवर अहिले वास्तविक राजनीतिक यात्रामा प्रतिनिधि सभा सदस्य बन्नुभएको छ । रुपन्देहीको देवदह नगरपालिका–७, खैरेनीकी २७ वर्षीय श्रद्धा कुँवरको यो यात्रा केवल पद प्राप्तिका लागि मात्र होइन, सामाजिक सङ्घर्ष, आत्मविश्वास र निरन्तर नेतृत्व विकासको परिणाम हो ।
‘सुशासनका लागि काम गर्छु’
सामाजसेवा गर्दै सेवाको भावबाट राजनीतिमा प्रवेश गर्नुभएकी सृष्टि भट्टराई समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य बन्नुभयो । युवाको पक्षमा वकालत, हत्या, हिंसा र बलात्कार तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आउनुभएको थियो ।
‘समस्या देखेपछि समाधानका लागि संसदमा पुगेँ’
समाजमा देखिएका समस्या केवल गुनासो गरेर समाधान हुँदैनन्, नीति निर्माण गर्ने ठाउँमा पुगेर काम गर्नु पर्छ भन्ने सोचले धेरैलाई प्रेरित गर्छ । यस्तै सोच र अनुभवलाई आत्मसात् गर्दै रुपन्देही क्षेत्र नं. ३ की ज्ञानु पौडेल अहिले सङ्घीय संसद्मा पुग्नुभएको छ ।
‘सुशासन र विकासमा केन्द्रित हुन्छु’
एक वर्षअघि राजनीतिमा प्रवेश गरेकी गजाला समिम मिकरानी हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो ।
‘सीमान्तकृत समुदायको मुद्दा र वातावरणीय सुधार मुख्य एजेन्डा’
राजनीतिलाई सेवा र समाज रूपान्तरणको माध्यम मान्नेका लागि डा. प्रमिलाकुमारी गच्छेदार एक उदाहरणीय व्यक्तित्व हुनुहुन्छ । प्राध्यापन, अनुसन्धान र प्राज्ञिक साधनामा समय व्यतीत गरेकी
‘महिलाका लागि प्रत्यक्ष कोटा सुनिश्चित हुनु पर्छ’
विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा थालेकी गीताकुमारी लिङ्देन (सेन्दाङ) समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य बन्नुभयो । यसअघि २०७४ र २०८९ सालको प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक बन्दसूचीमा परे पनि लिङ्देनले संसदीय यात्रा भने अघि बढाउन सक्नुभएको थिएन । यस पटक भने उहाँले यात्रा तय गर्नुभयो ।
‘सुशासन र विकासको अनुभूति हुने गरी काम गर्छु’
राजनीतिक बेथिति र सुशासनको अभाव देखेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग स्थापनाकालदेखि जोडिएकी निशा मेहता हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिकतर्फ सांसद हुनुभएको छ । स्थापनादेखि पार्टीको साधारण सदस्य हुँदै केन्द्रीय सदस्यसम्म बन्नुभएकी मेहता विसं २०७९ को निर्वाचनमा समानुपातिक सूचीमा समावेश भए पनि सांसद हुन पाउनुभएको थिएन । नवनिर्वाचित सरकारको स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानीमन्त्रीका रूपमा उहाँले यतिबेला मन्त्रालय हाँकी रहनुभएको छ ।
चौथो कोप्चे फेस्टिभल सुरु
नयाँ वर्ष २०८३ को अवसरमा धनकुटाको कोप्चेमा मौलिकता संरक्षण, पर्यटन प्रवर्धन’ भन्ने नाराका साथ चौथो कोप्चे फेस्टिभल सुरु भएको छ । सोमबारदेखि धनकुटा नगरपालिका–५, स्थित ऐतिहासिक बिहीबारे हटियामा कोप्चे पुनर्जागरण अभियानले बैशाख २ गतेसम्म फेष्टिभल सुरु भएको हो ।
‘महिला सशक्तीकरण र समावेशितामा जोड’
नेपाली कांग्रेसको राजनीतिमा दशकौँसम्म सक्रिय भएर काम गरेकी मोरङ विराटनगरकी नेतृ रुक्मिणीदेवी कोइराला यस पटक समानुपातिक सांसदमा निर्वाचित हुनुभएको छ । उहाँ नेपाली कांग्रेस पार्टीका तर्फबाट यसअघिका दुई निर्वाचनमा पनि समानुपातिक उमेदवारको बन्दसूचीमा पर्नुभएको थियो । यस पटक भने पार्टीले उहाँलाई खसआर्य समुदायको महिलातर्फबाट सांसद चयन गरेको छ ।
संविधान लेखनको अनुभव अब कानुन निर्माणमा
पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, (साबिक उम्लाबुङ) मा २०२० सालमा जन्मिनुभएको हो भीष्मराज आङदेम्बे । उहाँ नेपाली कांग्रेसका तर्फबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभा सदस्यमा चयन हुनुभएको छ । झन्डै चार दशकभन्दा बढी लामो राजनीतिक अनुभव र संविधान निर्माण प्रक्रियाको अभ्यास बोकेर उहाँ सङ्घीय संसद्मा प्रवेश गर्नुभएको हो । राजनीतिक पृष्ठभूमि रहेको परिवारमा जन्मिनुभएका आङदेम्बेको राजनीतिक यात्राको सुरुवात २०३६ सालको जनमत सङ्ग्रहबाट भएको हो । त्यसबेला बहुदलीय व्यवस्थाको पक्षमा उभिनुभएका उहाँ पञ्चायती व्यवस्थाविरुद्धका आन्दोलनमा सक्रिय रहनुभएको थियो । उहाँका अनुसार त्यही सङ्घर्षले आफ्नो राजनीतिक यात्राको आधार तयार पारेको हो ।
‘मधेशलाई अन्नभण्डार बनाउन भूमिका निर्वाह गर्छु’
राजनीतिमा पद र प्रतिष्ठाका लागि छिनाझपटी चल्नु नौलो कुरा होइन । धनुषाको सहिदनगर नगरपालिका–२, कमलपुरको माटोमा भने एउटा यस्तो नाम छ, जसले हातैमा आएको सत्ताको सोपानलाई सहिदको सम्मानका लागि सहजै परित्याग गरिदियो । उहाँ हुनुहुन्छ, ६१ वर्षीय जोगकुमार बरबरिया यादव; जो अहिले नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधि सभामा जनभावनाको प्रतिनिधित्व गरिरहनुभएको छ ।
‘मेरो ध्यान सीमान्तकृतको आवाजमा हुने छ’
घोराही उपमहानगरपालिका अन्तर्गतको मसिनाको एक सामान्य घरबाट सुरु भएको यात्राले साजिता सिद्धिकीलाई अहिले संसद्को ढोकासम्म पु¥याएको छ । झन्डै दुई दशकदेखि महिला अधिकार र सामाजिक न्यायका पक्षमा उभिँदै आएकी यी अभियन्ता अब प्रतिनिधि सभा सदस्यको भूमिकामा देखिनुभएको छ । नेकपा (एमाले) ले उहाँलाई समानुपातिकतर्फ मुस्लिम कोटाबाट प्रतिनिधि सभामा सिफारिस गरेसँगै उहाँको संसदीय यात्रा सुरु भएको हो । २०३८ मङ्सिर ३ गते बुवा अमजद अली सिद्धिकी र आमा ताहिरा खातुन सिद्धिकीको कोखबाट जन्मिएकी साजिता सानै उमेरमा समाजसेवामा सक्रिय हुनुभयो । यो उमेरमा आइपुग्दा उहाँ मेलमिलापकर्ता, साइको–सोसल परामर्शकर्ता, लेखकका रूपमा परिचित भइसक्नुभएको छ ।