पेट्रोलियम पदार्थबाट पौने एक खर्ब राजस्व सङ्कलन
पश्चिम एसियाली मुलुकको युद्धका कारण इन्धनको मूल्य निरन्तर बढिरहेको छ । साथै पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा लगाइएको उच्च करका कारणले गर्दा पनि इन्धनको मूल्य थप महँगो पर्न गएको छ । यस अवस्थामा सरकारले तत्कालका लागि पेट्रोलियम पदार्थमा लगाइएको कर छुट अथवा कम गरे उपभोक्तालाई राहत दिन मिल्ने देखिएको छ । नेपाल आयल निगमका अनुसार विभिन्न शीर्षकमा गरेर प्रतिलिटर पेट्रोलमा ६५ रुपियाँ ८४ पैसा, डिजेलमा ४८ रुपियाँ ३५ पैसा, मटितेलमा ३३ रुपियाँ ९३ पैसा र हवाई इन्धन ३४ रुपियाँ ११ पैसा तथा खाना पकाउने एलपिजी ग्यास प्रतिसिलिन्डरमा २८७ रुपियाँ ३१ पैसा कर रहेको छ ।
तनहुँका क्रसरमा अनुगमनः चार उद्योगको बिजुली काटियो
तनहुँ जिल्लामा सञ्चालित क्रसर उद्योगहरूले वातावरणीय मापदण्ड र सञ्चालन प्रक्रिया पालना गरे/नगरेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले आकस्मिक अनुगमन सुरु गरेको छ ।
उद्योग वाणिज्य महासंघ कोशीमा राजेन्द्र राउतको प्यानल निर्वाचित
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको निर्वाचनबाट आगामी तीन वर्षका लागि राजेन्द्र राउतको प्यानल निर्वाचित भएको छ । विराटनगरमा सम्पन्न महासंघको आठौं प्रदेश सभाबाट अध्यक्षमा राजेन्द्र राउत निर्वाचित हुनुभएको हो ।
दमौली–भरतपुर प्रसारण लाइनको अवरोध हट्यो
तनहुँ जलविद्युत् आयोजनाअन्तर्गतको दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा लामो समयदेखि कायम वन क्षेत्रको अवरोध हटेको छ । रुख कटानको कानुनी र आर्थिक जटिलता समाधान भएसँगै आयोजनाको कामले गति लिएको हो ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
सुनचाँदीको मूल्य स्थिर
स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य स्थिर छ । यो प्रवृत्ति गत शुक्रबारदेखि कायम छ । सुनको मूल्य भने गत बिहीबारदेखि नै स्थिर छ । अघिल्लो दिनको तुलनामा गत शुक्रबार चाँदीको मोल तोलामा रु ५० ले बढेको थियो ।
रोचक मोडमा बर्दीबास उद्योग वाणिज्य संघको निर्वाचन
बर्दीबास उद्योग वाणिज्य संघको चैत २४ गते हुने कार्यसमिति चुनाव नजिकिँदै जाँदा बजार क्षेत्र चुनावी माहोलले तातिरहेको छ।
ऊर्जा लागत बढेपछि जापानी एयरलाइन्सद्वारा अतिरिक्त शुल्कको तयारी
मध्यपूर्वमा जारी द्वन्द्वका कारण ऊर्जा लागत बढ्दै गएपछि जापानका प्रमुख एयरलाइन्सले इन्धन अधिभार बढाउने विषयमा विचार गरिरहेका छन् । यद्यपि सम्बन्धित अधिकारीले हालसम्म कुनै औपचारिक निर्णय नभएको बताएका छन् ।
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८३० कायम भएको छ ।
नेपालगन्ज नाकाबाट ५४ अर्बको कारोबार
पश्चिम नेपालका प्रमुख नाकाहरुमध्येको एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको गत आठ महिनाको अवधीमा करिब ५४ अर्बको कारोबार भएको छ ।
विद्युत् आयोजनाको पिपिए र अनुमतिपत्रबारे अध्ययन गर्न दुई समिति
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् आयोजनाको अनुमतिपत्र र विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) बारे अध्ययन गर्ने भएको छ । सो प्रयोजनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णयमार्फत बिहीबार विद्युत् खरिद सम्झौता तथा अनुमतिपत्रसम्बन्धी समिति गठन गर्नुभएको हो ।
भारतको रक्षा निर्यात चार अर्ब डलरको नयाँ उचाइमा
भारतको रक्षा निर्यात गत आर्थिक वर्षमा चार अर्ब डलरभन्दा बढी पुगेको छ । यो देशको स्वदेशी हतियार उत्पादन र निर्यातमा एक नयाँ माइलस्टोनको सङ्केत हो । रक्षा मन्त्रालयले बिहीबार जारी गरेको तथ्याङ्क अनुसार सन् २०२४ देखि निर्यातमा ६० प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।
सुनचाँदीको मूल्य केही घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७८० कायम भएको छ ।
बाह्र करोड बढी राजस्व सङ्कलन
चालु आर्थिक वर्षको चैत दोस्रो साता सम्ममा ताप्लेजुङमा १२ करोड रुपियाँ बढी राजस्व रकम सङ्कलन भएको छ । साढे नौ महिनाको अवधि अर्थात् गत साउनदेखि चैत महिनाको दोस्रो सातासम्ममा सङ्घ र प्रदेश मातहतका निकायबाट उक्त राजस्व रकम सङ्कलन भएको हो ।
आयल निगमलाई भुक्तानी समस्या
नेपाल आयल निगम पछिल्लो समय निरन्तर घाटामा गएर तेल खरिद गरेको रकम भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको छ । पश्चिम एसियामा भएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा त्यसको असरले निगम घाटामा गएको हो ।
नेपालगन्ज नाकाबाट ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात
पश्चिम नेपालको प्रमुख नाकामध्ये एक नेपालगन्ज नाकाबाट गत आठ महिनामा ४६ करोडभन्दा बढी मूल्यको जडिबुटी निर्यात भएको छ।
सुनचाँदीको मूल्य आज पनि बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको छ ।
सुनचाँदीको मूल्य आज पनि बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८४५ कायम भएको छ ।
बर्डफ्लुले पूर्वी नेपालको पोल्ट्री व्यवसाय संकटमा
कोशी प्रदेशका विभिन्न जिल्लामा देखिएको बर्डफ्लु संक्रमणका कारण पूर्वी नेपालको पोल्ट्री व्यवसाय धरासायी बन्ने अवस्थामा पुगेको छ ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
सुनचाँदीको मूल्य फेरि बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७२० कायम भएको छ ।
मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब
मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर पारेको छ । थाइल्याण्डले इरान सँग हर्मुज जलडमरूमध्य हुँदै आफ्ना तेल ट्याङ्कर सुरक्षित रूपमा सञ्चालन गर्न सहमति गरेको छ, जसले इन्धन आपूर्ति अवरुद्ध हुने चिन्ता केही हदसम्म कम गरेको छ ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
मर्स्याङ्दीमा ‘पिक आवर’मा क्षमताभन्दा बढी उत्पादन
सुख्खायाममा नदीमा पानीको बहाव घटेर अधिकांश जलविद्युत् आयोजनाको उत्पादन क्षमता खुम्चिरहेका बेला तनहुँको आँबुखैरेनीस्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रले भने ‘पिक आवर’मा आफ्नो जडित क्षमताभन्दा पनि बढी विद्युत् उत्पादन गर्न सफल भएको छ।