शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौँ, कात्तिक १८ गते । स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला एक हजार ४०० र चाँदी प्रतितोला ४५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ३८ हजार ३०० र चाँदी प्रतितोला तीन हजार १५ मा खरिद बिक्री भइरहेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस