शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठटमाडौँ, वैशाख १७ गते । रोल्पामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा रुकुम पूर्वबाट जाँदै गरेको जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापाका अनुसार लु १ ज ४१६७ नम्बरको जिप दुर्घटनामा परेको हो ।
सूचना अधिकारी सुनिलका अनुसार जिप सडकबाट ८०० मिटर तल भिरमा खसेको हो । पानी परिरहेकाले अहिले उद्धारमासमेत समस्या भएको छ ।
प्रहरीले थवाङ गाउँपालिकाको जलजलामा मेला भर्ना जाँदै गरेका यात्रु चढेको जिप दुर्घटना भएको अनुमान गरेको छ । वैशाख पूर्णमामा थवाङको जलजलामा मेला लाग्ने गर्छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।