शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख १७ गते । नेपाल रुवान्डामा जारी आइसिसी महिला टी–२० च्यालेन्ज कपको उपाधि होडबाट बाहिरिएको छ ।
बिहीबार भएको खेलमा अमेरिकाले इटालीलाई हराएपछि नेपालको उपाधि होड सकिएको हो । जितका लागि इटालीले दिएको सय रनको लक्ष्प अमेरिकाले १७ ओभरमा पूरा गरेको थियो ।
नेपालले आजै लिगको सातौँ खेल भानुआटुसँग खेलिरहेको छ । नेपालले लिग चरणको अन्तिम खेल १८ गते इटलीसँग खेल्ने छ ।