‘आर्ट इन हिमालयज–२०२६’ सुरु
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान समसामयिक चित्रकला विभाग, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग तथा इसेन्स अफ मुल¥यानीको सहकार्यमा मङ्गलबार ‘आर्ट इन हिमालयज–२०२
मेरो देश नेपाल’ सार्वजनिक
गायक चेतन राईको स्वर तथा सङ्गीत रहेको गीत ‘मेरो देश नेपाल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । राजाराम पौडेलले रचना गर्नुभएको देशप्रति माया झल्काउने गीतको म्युजिक भिडियोमा
बंगाली शीर्षकः हाङ्गोरमा ‘अभिनेता अग्रहरीको डेब्युः’
नेपाली सिनेमाका प्रभावशाली अभिनेता तथा पश्चिम नवलपरासी, रामग्राम–२ का स्थायी बासिन्दा प्रमोद अग्रहरीले बंगलादेशी चलचित्रबाट आफ्नो अन्तर्राष्ट्रिय डेब्यु गर्नुभएको छ ।
देश संवेदनशील बिन्दुमा छः राजेश हमाल
महानायक राजेश हमालले देश अहिले संवेदनशील बिन्दुमा रहेको बताउनुभएको छ ।
गायक प्रशान्त तामाङको निधन
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।
झलिको गीतमा युवादेखि वृद्धसम्म नाचे
चर्चित लोक युवा गायक अर्जुन सापकोटाले तेस्रो चापाकोट महोत्सवमा दर्शकलाई मनोरञ्जन प्रदान गर्नु भएको छ ।
विधेयकको काम अन्तिम चरणमा : मन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्रसम्बन्धी विधेयक पारित भएपछि चलचित्र विकास बोर्ड स्वायत्त हुने बताउनुभएको छ । चलचित्र विकास बोर्डद्वारा शुक्रबार राजधा
भुवन चन्दलाई पतिशोक
रेडियो नेपालका प्रसिद्ध समाचारवाचक माइकल चन्द (हरिश चन्द) को निधन भएको छ । कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले शुक्रबार बिहान चन्दको निधन भएको जानकारी दिनुभयो । क्यान्सर रोगबाट पीडित चन्दको काठमाडौँको मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको निरौलाले बताउनुभयो ।
‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल
अभिनेता सौगात मल्लले आगामी माघ १ गतेदेखि नेपालभर प्रदर्शन हुने चलचित्र ‘भाइरल गोर्खे’ को विषय सामाजिक सञ्जालसँग जोडेर तयार गरिएको बताउनुभएको छ।
बुवाछोरीको कथा ‘मिरमिरे’
चलचित्र ‘मिरमिरे’ ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा बुवा र छोरीबिचको कथा छ । बुवा र छोरीबिचको भावनात्मक सम्बन्धलाई कथाको ट्रेलरमा देखाइएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरू दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङ्लेखु, साइसा गौचनलगायत कलाकार देख्न सकिन्छ ।
केकी र सुलक्षणले घोषणा गरे ‘पेट्रोल पम्प’
अभिनेतृ केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिमले नयाँ चलचित्र ‘पेट्रोल पम्प’ निर्माणको घोषणा गरेको हो । चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनको समयमा हामीले समय मिलेको खण्डमा हामी पुनः सहकार्यमा जुट्ने छौँ भनेका थियौँ,” केकीले भन्नुभयो, “त्यो समय अहिले पेट्रोल पम्ममार्फत आएको छ ।”
‘एक्लो’, ‘हाउसमेड’ र ‘४५’ प्रदर्शनमा
नेपाली चलचित्र हलमा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर एक नेपालीसहित तीन चलचित्र प्रदर्शनमा आएका छन् । नयाँ चलचित्र शुक्रबार प्रदर्शन गर्ने परम्परा रहे पनि अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर तीन चलचित्र बिहीबारदेखि प्रदर्शनमा आएका हुन् । प्रदर्शनमा आएकामध्ये नेपाली ‘एक्लो’ रहेको छ भने हलिउड चलचित्र ‘दी हाउसमेड’ र साउथ ‘४५’ रहेको छ ।
‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक
चलचित्र ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा पढ्न नसकेपछि काठमाडौँ आएर एक युवकले गरेको सङ्घर्ष देखाइएको छ । पढाइमा कमजोर रहेको एक गाउँले युवकले काठमाडौँ आएर जीवन बदल्न गरेको सङ्घर्ष ट्रेलरमा देख्न सकिन्छ ।
श्रेष्ठलाई अभिनन्दन, ओलीलाई दीर्घ साधना सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई अभिनन्दन तथा वरिष्ठ लोक गायिका कोमल ओलीलाई दीर्घ साधना सम्मान अर्पण गर्दै, राप्ती समाज काठमाडौँद्वारा आयोजित नवौँ राष्ट्रिय रापती म्युजिक अवार्ड–२०८२ काठमाडौँमा सम्पन्न भएको छ ।
‘प्रतिवैरम’ को टिजरमा मधेशको कथा
चलचित्र ‘प्रतिवैरम’ को टिजर सार्वजनिक गरिएको छ । मधेशको सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित चलचित्रको टिजरले कथावस्तु र चरित्र चित्रणबारे सङ्क्षिप्त प्रकाश पार्छ । एक मिनेट २९ सेकेन्ड लामो टिजरले दाइजो, दाजुबहिनीबिचको प्रेम सम्बन्ध पनि दर्साइएको छ ।
खस्यौली रोधीघरलाई उपाधि
खस्यौली रोधीघर बुटवलले राष्ट्रिय औद्योगिक प्रदर्शनीमा लोकदोहोरी प्रतियोगिताको उपाधि जितेको छ । खस्यौली रोधीघरले उपाधिसँगै ८८ हजार ८८८ रुपियाँ पुरस्कार पायो । प्रतियोगितामा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश दोस्रो तथा दोहोरी गीत प्रतिष्ठान पाल्पा तेस्रो भए । रुपन्देही रोदीघर सान्त्वना भएको छ । दोस्रोले ४४ हजार ४४४, तेस्रोले २२ हजार २२२ र सान्त्वनाले ११ हजार १११ रुपियाँ प्राप्त गरे ।
शक्ति बल्लभ, आरपी पन्त र कृष्णदेवको सहकार्यमा ‘समय’ सार्वजनिक
वरिष्ठ कलाकार आरपी पन्त अभिनित पहिलो म्युजिक भिडियो ‘समय’ सार्वजनिक भएको छ।
‘तिबः दी सपोर्ट’ युट्युबमा
नेपाल भाषाको हिट चलचित्र ‘तिबः दी सपोर्ट’ नयाँ वर्ष सन् २०२६ को पहिलो दिन युट्युबमा रिलिज हुने भएको छ । चलचित्रको निर्मातामध्ये एक समिता रञ्जि
कलाकार चलेको वर्ष
पछिल्ला एक/ दुई वर्ष व्यावसायिक हिसाबले बलिउडका लागि राम्रो ठहरिएको छ । अझ सन् २०२५ पछिल्लो वर्षभन्दा राम्रो वर्ष साबित भएको छ । यो वर्ष बलिउडका चलचित्र ‘ग्राफ’ पनि उच्च रह्यो ।
चलचित्र विकास बोर्डलाई कार्यकारी अधिकारसहित स्वायत्तता दिइन्छ : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विकास बोर्डका पदाधिकारीको कार्यअवधी जति धेरै राख्यो त्यति नै प्रभावकारी काम गर्न सकिने बताउनुभएको छ ।
चर्चित कलाकारको प्रस्तुतीले बढायो बागलुङ महोत्सवमा रौनकता
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा बाङेचौरस्थित खेल मैदानमा आठौं बागलुङ महोत्सव चलिरहेको छ । महोत्सवमा रौनक बढाउने काम भने चर्चित कलाकारहरुको जमघटले बनाएको छ ।
महामन्त्री शर्माको गीतमा देशप्रेमको सन्देश
चलचित्र ‘बिगुल’ मा समावेश ‘आउ यस्तो देश बनाऔँ’ बोलको गीत आइतबार सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको शब्द र सङ्गीत रहेको गीत राजेशपायल राईले गाएका हुन् ।
डिएसए स्टार विजेता घोषणा
परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर जमलमा ‘डिएसए स्टार २०२५ सिजन–१८’ को अन्तिम प्रतिस्पर्धामा विधागत रूपमा बालबालिका विजेता बनेका छन् । प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ सुरिधि पुडासैनी विजेता, तेजस्वी जोरा ‘फस्र्ट रनरअप’, सुजयना गहतराज ‘सेकेन्ड रनरअप’ र अपिल पन्त ‘थर्ड रनरअप’ बन्नुभएको छ ।
‘पहाड भो मलाई यो उमेर काट्न’ सार्वजनिक
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको ‘पहाड भो मलाई यो उमेर काट्न ...’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार दिनेश अधिकारीको शब्द रचनाको गीतमा हरि लम्सालको सङ्गीत रहेको छ । गीतको निर्देशन निकेश खड्काले गर्नुभएको हो ।