शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर ३ गते। बालगायक निश्चल अधिकारीको स्वर रहेको ‘बालखैमा दिल बस्यो’ गौथली २ को भिडियो सार्वजनिक भएको छ।
बालखैमा दिल बस्यो गौथलीको सफलतापछि सार्वजनिक गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ। नरेन्द्र वियोगीको एरेन्ज मिक्सिङ्ग तथा मास्टरिङ्ग रहेको गीतमा बालकलाकारद्वय आलोक चौरेली र आयुषा ढकालको अभिनय देख्न सकिन्छ।
नेपाली समाजमा व्याप्त कथालाई कलात्मक शैलीमा निर्देशक प्रहिल कार्कीले भिडियोमा देखाउनु भएको छ। गीतको छायांकन राजेश घिमिरे र केही भाग योगेन थापाले गरेका हुन्। सार्वजनिक गीतको भिडियाको सम्पादन माधव वेल्वासेले गर्नुभएको हो।