लालीबजार आँसु र अस्तित्वको सङ्घर्ष
लामो समयको विवाद, सामाजिक बहस र कानुनी लडाइँपछि प्रदर्शनमा आएको चलचित्र ‘लालीबजार’ ले नेपाली समाजको एउटा यस्तो पाटोलाई उजागर गर्छ, जसलाई अक्सर समाजले हेर्न र बुझ्न चाहँदैन । निर्देशक यम थापाले बादी समुदायका महिलालाई लिएर बुनिएको भ्रम र सत्यतालाई पर्दामा कलात्मक ढङ्गले प्रस्तुत गर्नुभएको छ । चलचित्र प्रदर्शनपूर्व यसले बादी समुदायको मानमर्दन गर्छ कि भन्ने चिन्ता र विरोध सुनिएको थियो तर चलचित्र हेरिसकेपछि त्यो विवादको कुनै तुक देखिँदैन । निर्देशक थापाले बादी महिलाको कथालाई अपमानजनक ढङ्गले होइन, अत्यन्तै संवेदनशील र सन्देशमूलक रूपमा पस्कनुभएको छ । चलचित्रले बादी समुदायलाई चोट पु¥याउनुको साटो उनीहरूको रहनसहन, बाध्यता र समाजको दोहोरो चरित्रलाई नजिकबाट नियाल्न सघाउँछ ।
थारू संस्कृतिको मौलिक पहिचान ‘पैयाँनाच’
मादलको तालसँगै गोलबद्ध भएर गीत गाउँदै नाचिरहेका महिला र पुरुषको समूहले तुलसीपुरको कार्यक्रमस्थल एकाएक दसैँमय बनायो । राधा र कान्हाको प्रतीकात्मक भूमिकामा सजिएका थारू महिला तथा पुरुषले सख्या ‘पैयाँनाच’ प्रस्तुत गरेपछि उपस्थित दर्शक मात्रै होइन, अतिथि पनि मन्त्रमुग्ध बने । मटावाँ–बरघर–भलमनसाको अन्तरप्रदेशीय अनुभव आदानप्रदान कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–१०, गोलौरीगाउँका कलाकारले प्रस्तुत गरेको सख्या पैयाँनाचले थारू संस्कृतिको मौलिक पहिचान झल्काएको थियो ।
कृति विमोचन
लोकसाहित्य परिषद्को आयोजनामा पाँच कृति विमोचन गरिएको छ । ‘नकर्मी जाति व लवःकवः– कविना नेपाली (नकर्मी)’, ‘मानलाल मास्केया व्यक्तित्व व कृतित्व–राकेशमान मास्के’, ‘नँसाः भगवती म्हसीका–सङ्गीता कक्षपति’, ‘नेपालभाषाय् निबन्ध साहित्य–पूर्ण ताम्राकार’ र ‘रमानुभूति–रमा कर्णजीत’ का कृति विमोचन गरिएको हो ।
'सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण' लोकार्पण
वानीरा फाउन्डेसनले शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १०७ औँ जयन्ती मनाएको छ । राजधानी काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच डा. जोशीको जयन्ती मनाइएको हो ।
विद्यार्थीद्वारा तयार पारिएका पौभा कला प्रदर्शनीमा
परम्परागत पौभा कला सिकेर तयार पारिएका कला प्रर्दशनीमा राखिएका छन् । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘आरम्भ’ शीर्षकमा विद्यार्थीले तयार पारेका पौभा प्रदर्शनीमा सजिएका हुन् ।
खेरको स्वरमा ‘आइएम जितबहादुर’
चलचित्र ‘आइएम जितबहादुर’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बलिउड गायक कैलाश खेरको स्वर रहेको छ । चलचित्रलाई अभिनेता जितु नेपालले निर्माण गर्नुभएको हो । गीतमा राजसिंह सिधु र जितु नेपालको शब्द रचना र सङ्गीत बव एसएनको छ ।
जनकपुर साहित्य महोत्सवको छैटौँ संस्करणको तयारी पूरा
मधेस प्रदेशको राजधानी जनकपुरधाममा यही जेठ १ गतेदेखि सुरु हुने तीन दिने ‘जनकपुर साहित्य महोत्सव’ को छैटौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।
मातृभाषा राष्ट्रिय सेवा पुरस्कारबाट प्राध्यापक तुलाधर सम्मानित
मातृभाषा राष्ट्रिय सेवा पुरस्कार २०८२ बाट नेपाल भाषा साहित्यका इतिहासकार तथा समालोचक प्राध्यापक प्रेमशान्ति तुलाधर सम्मानित हुनुभएको छ ।
‘मेरो प्राथमिकता, अझै राम्रो काम’
‘होस्टेल रिटन्स’ चलचित्रमार्फत अभिनय यात्रा सुरु गर्नुभएकी अभिनेतृ स्वस्तिमा खड्काले त्यसयता फर्केर हेर्नु परेको छैन । जीवन्त अभिनयबाट दर्शकको मनमस्तिष्कमा बस्न सफल अभिनेतृ खडकालाई ‘ब्युटी विथ ब्रेन’ को उपमा दिँदा फरक पर्दैन । हरेक चलचित्रमा फरक भूमिकामा देखिन रुचाउने उहाँ यतिबेला चर्चामा हुनुहुन्छ चलचित्र ‘लालीबजार’ का कारण । चलचित्रमा बादी स
नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन गन्तव्य बनाइने
सरकारले नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन तथा सिर्जनात्मक गन्तव्यका रूपमा विकास गर्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संसद्मा सार्वजनिक गर्दै यस्तो घोषणा गर्नुभएको हो ।
लोकगायक खनाल सम्मानित
पोखराका वाङ्मयिक संस्थाले लोकगायक रामप्रसाद खनाललाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोकगायिका हरिदेवी कोइराला र सम्मान कोषका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले सम्मानपत्र र दोसल्ला प्रदान गर्नुभयो । कोइरालाले लोकगायक खनालले नेपाली लोकसंस्कृतिप्रेमीका लागि उत्प्रेरकको महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो
अग्रज वाङ्मयसेवी अभिनन्दित
नेपाल शिक्षा परिषद्ले ९० वर्ष उमेर समूहका साहित्यकार, लेखक (वाङ्मयसेवी) लाई अभिनन्दन गरेको छ । परिषद्को स्थापना भएको ७५ वर्षको अवसरमा आइतबार आयोजित अमृत वर्ष महोत्सवमा साहित्य सेवा गर्नुभएका ९० वर्षमाथिका सर्जकलाई दोसल्ला, फूलमाला र प्रमाणपत्रसहित अभिनन्दन गरिएको हो ।
‘सुरतालका नोट’ समेटिएको पुस्तक लोकार्पण
लेखक रामप्रसाद कँडेलको ‘नेपाली फोकसँग स्कोरज्’ नेपाली लोकगीतको ‘सुरतालका नोट’ समेटिएको पुस्तक लोकार्पण भएको छ । लोकबाजा सङ्ग्रहालयद्वारा राजधानीमा आयोजित समारोहमा लेखक रामप्रसाद कँडेल, ताकासे हासेगावा, लेखकहरू रवीन्द्र तामाङ, देवेन्द्र अर्याल ‘आँसु’ गगन श्रेष्ठ, गायक चन्द्रकुमार मोक्तानलगायत सहभागी सबैले संयुक्त रूपमा उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो ।
पत्रकार र कलाकार सम्मानित
नेपाल भाषाको साप्ताहिक पत्रिका ‘लहना’ ले आफ्नो १३ औँ वार्षिकोत्सवमा विभिन्न विधाका आठ व्यक्तित्वलाई सम्मान गरेको छ । कलाकार तथा पत्रकार रविन सायमि २५ हजार राशिको लहना सुरेशकिरण पत्रकारिता पुरस्कार ११४६ बाट सम्मानित हुनुभयो ।
साहित्यकार विभरा किरातीको कविता सङ्ग्रह ‘आदिम फूल’ बजारमा
साहित्यकार विष्णुभक्त राई ‘विभरा किराती’को कविता सङ्ग्रह ‘आदिम फूल’ बजारमा आएको छ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ कुइपामा जन्मिएर ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा बसेर साहित्य सिर्जना गर्दै आउनुभएका साहित्यकार विभरा किरातीले चौथो कृतिको रुपमा ‘आदिम फूल’ कविता सङ्ग्रह प्रकाशन गर्नुभएको हो ।
थेम्सको लहरमा तमोरको स्पर्श कविता सङ्ग्रह विमोचित
बेलायतमा बसोबास गर्दै आउनुभएकी स्रष्टा शान्ति लिम्बूद्वारा रचित कविता सङ्ग्रह ‘थेम्सको लहरमा तमोरको स्पर्श’ विमोचन गरिएको छ । ओयाम सरोकार समाज, काठमाडौँद्वारा आज यहाँ आयोजित कार्यक्रममा साहित्यकार एवम् लेखक खगेन्द्र सङ्ग्रौलालगायतले कृति विमोचन गर्नुभयो ।
मृत्यु-उत्सव कविता कृति लोकार्पण
कवि शेखर ढुङ्गेलको कविता कृति मृत्यु-उत्सवको लोकार्पण भएको छ । साहित्यिक पत्रकार संघले आज काठमाडौँमा मृत्यु-उत्सवको सामूहिकरूपमा लोकार्पण गरेको हो ।
पहिलो अङ्कमै उद्यम तृष्णा
अहिले संसार नै डिजिटल युगमा पौडिरहेको छ । मार्सल म्याक्लुहानले सन् १९६० कै दशकमा ‘विश्वलाई एकै गाउँ हुन्छ’ भन्दा इन्टरनेटको उद्भव नै भएको थिएन । इन्टरनेटको अन्वेषणले मूर्त रूप लिएसँगै सूचना प्रविधिको विकासले संसारलाई तीनचार दशकयता एउटा गाउँ बनाउँदै छ । पत्रकारिताको मूल मार्ग डिजिटल आयाम बनिरहेको छ । तर पत्रकारिताको आधुनिक स्वरूपका पछाडि लामो इतिहास छ ।
स्वादको संसारमा सङ्घर्षशील यात्रा
काठमाडौँको जमलस्थित ‘एल्लो प्यागोडा होटेल’ को भान्सामा यतिबेला युद्धस्तरमा काम भइरहेको छ । भाँडाको आवाज, मसलाको सुगन्ध र ओभनको रापबिच एक जना व्यक्ति निकै शान्त मुद्रामा देखिनुहुन्छ । सेतो सुकिलो कोट र शिरमा ककर्ड सेफ ह्याट (टोपी) लगाउने राम खड्काको हातमा एउटा चक्कु छ र अगाडि विभिन्न तरकारी । उहाँको काट्ने शैलीमा यस्तो निपुणता छ, मानौँ कुनै कलाकारले क्यानभासमा कुची चलाइरहेको छ तर यी सिपालु हात र सुकिलो पोसाकको पृष्ठभूमिमा ओखलढुङ्गाका पहाड, अभावका काला रात र आँसुले निथ्रुक्क भिजेका विगतका पाना लुकेका छन् ।
‘सङ्गीत नेपालीको एकतासूत्र’
राष्ट्रपति रामचन्द्र पौडेलले साहित्य, कला र सङ्गीतले सबै नेपालीलाई एकताको सूत्रमा बाँधेको बताउनुभएको छ । राष्ट्रपति भवनमा शुक्रबार आयोजित नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार प्रदान समारोहमा उहाँले साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउने बताउनुभयो ।
‘नेपालमा पुस्तकालय’ लोकार्पण
भोलाकुमार श्रेष्ठको पुस्तक ‘नेपालमा पुस्तकालय’ लोकार्पण भएको छ । राजधानीमा एक कार्यक्रमबिच उक्त पुस्तक लोकार्पण गरिएको हो । सिङ्गो जीवन पुस्तकालय सेवामा समर्पित गर्नुभएका श्रेष्ठले आफ्नो कृति ‘नेपालमा पुस्तकालय’ मा नेपालमा पुस्तकको इतिहासका पाटालाई उजागर गर्नुभएको छ ।
गीत-सङ्गीतले राष्ट्रिय एकता र भ्रातृत्व बलियो बनाउँछ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताउनुभएको छ । नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८३ लाई सम्बोधन गर्दै उहाँले हामीलाई एउटै सूत्रमा बाँध्ने तत्व हाम्रो कला, साहित्य र संगीत हो भन्नुभयो ।
‘पालाम’ ले यासोक बजार गुञ्जायमान
यासोक बजार ध्वजापताकाले सिँगारेर चिरिच्याट्ट छ । सर्वसाधारण सानाठुला समूह बनाएर ‘धान नाच’ नाचिरहेका छन् । धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले यासोकलाई गुञ्जायमान बनाएको छ । फुटबल, ब्याडमिन्टन र चेस प्रतियोगिता सञ्चालन भइरहेका छन् । ‘मिनी’ मेलामा बालबालिका रमाइरहेका छन् । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा त्रिसाली मेला सुरु भएको छ । जिल्लाकै पुरानोमध्येको एक यासोक बजारमा हरेक तीन वर्षमा त्रिसाली मेला लाग्ने गर्छ । तीन वर्षमा लाग्ने भएकाले यो मेलालाई त्रिसाली भन्ने गरिएको हो ।
कत्थक नृत्य प्रस्तुत
नेपाल–भारत सांस्कृतिक सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले भारतीय राजदूतावासको सौजन्यमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा शास्त्रीय भारतीय नृत्य ‘कत्थक’ को मनमोहक प्रस्तुति गरिएको थियो ।