राष्ट्रपति पौडेलद्वारा युगकवि सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान
राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको युगकवि सिद्धिचरण श्रेष्ठका नाममा स्थापित युगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक डा. जयराज आचार्यलाई प्रदान गर्नुभएको छ ।
चार साहित्यकार सम्मानित
“बाल नरसिंह–सुवर्णकुमारी अधिकारी स्मृति साहित्य पुरस्कार अर्पण तथा रचना कार्यक्रममा स्याङ्जाका चार साहित्यकार सम्मानित हुनुभएको छ।
हस्तकलाको निर्यातमा समस्या
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनीमा हस्तकला चुनौती र अवसर विषयक समूहगत छलफल गरिएको छ। छलफलमा नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले बजारको माग अनुसारको आपूर्ति गर्न नसक्नु नै हस्तकला क्षेत्रको अहिलेको ठूलो समस्या बताउनुभयो। उहाँले भन्नुभयो, “हस्तकलाको बजार ठुलो छ, परम्परागत काष्ठ तथा धातुका मूर्तिहरूको चीनमा ठूलो माग छ। त्यसबाहेक अन्य एसियाली मुलुकबाट पनि माग बढ्दो छ। हामीले उनीहरूको माग पूरा गर्न नसक्दा मेसिनबाट निर्मित कलाले बजार ओगट्दै छ।”
कथासङ्ग्रह ‘मयँगाँठो’ विमोचन
बाँकेका वरिष्ठ कथाकार डा इन्द्रबहादुर भण्डारीद्वारा लिखित कथासङ्ग्रह ‘मयँगाँठो’ को शनिबार नेपालगन्जमा विमोचन गरिएको छ। खजुरा प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित गरिएको सो कथासङ्ग्रहको विमोचन नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव तथा वरिष्ठ साहित्यकार सनत रेग्मी, प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल र शशिराम कार्की, वरिष्ठ लेखक तथा साहित्यकार नरेन्द्रजङ्ग पिटर र वरिष्ठ आख्यानकार नयनराज पाण्डेले सामूहिक रूपमा गर्नुभयो।
डा. भण्डारीको कथासङ्ग्रह ‘मयँगाठो’ विमोचन
बाँकेका कथाकार डा. इन्द्रबहादुर भण्डारीद्वारा लिखित कथासङ्ग्रह ‘मयँगाँठो’ शनिबार नेपालगञ्जमा विमोचन गरिएको छ।
दुर्गानाथको अक्कल
धर्मराज र सावित्रीको सुवर्णलता नाम गरेकी बच्ची थिई । जो अति नै जिद्दी थिई । उसले भनेको हुनु पर्दथ्यो । नभए उत्पात मच्चाउँथी । पछिल्लो समयमा उसलाई तारा हातमा लिने रहर जाग्यो । तारा हातमा लिन नपाए भातै नखाने भई सुवर्णलता । “मलाई तारा चाहियो बुबा ! तारा चाहियो, आमा !” सुवर्णलता घडघड गरिरहन्थी । त्यसो त बच्चाहरू जिद्दी स्वभावका हुन्छन् तर सुवर्णलता अलि बढी नै जिद्दी थिई । बाबु धर्मराजलाई फसाद प-यो । छोरीले भन्दैमा तारा टिपेर दिन कहाँ सम्भव थियो र ! “तारा भनेका भगवान् हुन् । भगवान् टिपेर दिन सकिने वस्तु होइनन्,” धर्मराज सम्झाउँथ्यो ।
पत्रकारिता र साहित्यको ‘प्याज चिन्तन’
गोरखापत्र प्रकाशन शैली, गोरखापत्र संस्थान समाचार नीति तथा प्रकाशन निर्देशिका, २०८० निर्देशिका र गोरखापत्र खोज ब्युरोको अवधारणा र कार्यविधि औपचारिक रूपमा व्यवस्थापनलाई हस्तान्तरण गरेको तेस्रो दिन २०८० वैशाख १० गते कार्यकक्षमा नै रहेको बेला बेतार फोन (मोबाइल)मा घण्टी बज्यो ।
समयको प्रतिविम्ब
कविताको जन्म हुन कुनै निश्चित समय वा स्थान तोकिएको हुन्न । नेपाली साहित्यको परिवेशमा भन्नुपर्दा, केन्द्रीकृत साहित्यको तामझामले साहित्यमाथिको भ्रम सिर्जना गरिरहेको स्थिति छ । अर्थात् केन्द्रलाई हेरेर साहित्यसँग सम्बन्धित यस्तो अन्योलमा छन् कि नेपाली साहित्यको खानी भनेको केवल राजधानी हो, जे–जति राम्रा साहित्य छन् ती सबै नै केन्द्रबाट उत्पादन भएका हुन् तर यो कदापि सत्य होइन भन्ने तथ्य हिजोआज बाहिरी जिल्लाबाट हुने साहित्य–उत्पादनले पुष्टि
बा, फूल र गाँजा
बा ! आफैँमा एउटा गर्बिलो नाम हो । बा हुनु, बाको छहारीमा जिउनुको मज्जा नै बेग्लै हुन्छ । बा परिवारका आकाश हुन्, बाको उपस्थितिमा छोराछोरीहरू कहिल्यै ठुलो हुँदैनन् । जब बाको छहारी रहन्न, त्यसपछि उहाँको अभाव महसुस हुन्छ । बा ईश्वरीय अवतार हुन् । भनिन्छ, आमा धर्ती हुन्, बा आकाश । आकाश हामी निलै देख्छौँ, हामीलाई चाहिएको बेलामा कहिले पानी पार्छ, कहिले घाम, कहिले झलमल तारा, त कहिले जूनको शीतलता । बालाई मैले पनि देखेको रूप यही हो ।