नवलपरासी, मङ्सिर १ गते । विष्णु पन्थी ‘विनु’ द्वारा लिखित ‘भेटी’ लघुकथासङ्ग्रह लोकार्पण भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित उक्त लघुकथासङ्ग्रह लघुुकथा मञ्चका संरक्षक डा. विदुुर चालिसे, संस्थापक अध्यक्ष घनश्याम ढल्लाकोटी र लेखक स्वयम्ले उक्त सङ्ग्रहको लोकार्पण गर्नुभएको हो ।
लेखक पन्थीको यो पहिलो लघुकथासङ्ग्रह हो । जसमा ४० वटा लघुकथा समावेश छन् । सङ्ग्रहले सामाजिक परिवेशको जाली परम्परा, राजनीतिक विकृति, चाडबाड, पारिवारिक जीवनशैली, समाजमा विद्यमान विकृति, विसङ्गति, पीडा, वेदनालगायतका कुरालाई तिखो व्यङ्ग्यमा कथाको विषयवस्तु रहेको लेखक पन्थीले बताउनुभयो ।
विशेष गरी समाजमा देखिएका कतिपय सामाजिक व्यक्तित्वहरू नितान्त व्यक्तिगत स्वार्थका लागि जस्तोसुकै घृणित कार्य गर्न पनि पछि नहट्ने, नाम र दामका लागि स्वाभिमान गुमेको पत्तै नपाउने समाजका केही मानवीय चरित्रप्रति लक्षित गरिएको पन्थीको भनाइ छ । पारिवारिक सामाजिक धर्मको परिपालनमा आधारित व्यक्तित्व विकास, धार्मिक आचरणसँगै सुधार र तिनै समस्यामा जोडिएका लघुकथासङ्ग्रहमा रहेको लेखक पन्थीले बताउनुुभयो ।
साहित्य जीवन र चिन्तनबारे विमर्श
नेपालगन्ज (गोरखापत्र), कात्तिक ३० गते । बाँकेको कोहलपुरमा कृष्ण सेन इच्छुकको साहित्य जीवन र चिन्तनमाथि शनिबार एक विमर्श कार्यव्रmम आयोजना गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले आयोजना गरेको कार्यव्रmममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव वरिष्ठ कथाकार सनत रेग्मीले इच्छुक एक अति नै राम्रो साहित्यकार भएको बताउनुभयो । उहाँले युद्धकालीन समयमा इच्छुकसँगका भेटका रमाइला प्रसङ्ग पनि सो अवसरमा सुनाउनुभयो ।
इच्छुकका चिन्तन र जीवनबारे बोल्दै राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटरले सरल तर स्पष्ट विचार राख्ने इच्छुकका साहित्य र उनको व्यावहारिक जीवनमा समानता पाइने बताउनुभयो ।
डा. खोपीराम वली क्षेत्रीले इच्छुकको जीवनी, साहित्यिक योगदान र चिन्तनका विविध पक्षलाई चिनाउनु भएको थियो । कार्यव्रmममा लक्ष्मण मानव, देवकी निरौला, अपिल लम्साल, दीपक शाहीलगायतका कविले इच्छुकप्रति समर्पित रचना सुनाउनुभयो ।