धनुषा र महोत्तरीबाट छ हजार क्विन्टलभन्दा बढी धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय जनकपुरधामले धनुषा र महोत्तरीका किसानबाट हालसम्म छ हजार २७५ क्विन्टल सोना मन्सुली धान खरिद गरेको छ । कार्यालयले गत मङ्सिर २८ गतेदेखि धान खरिद सुरु गरेको हो ।
भोक्टेनीको घर–घरमै खानेपानीको धारा
सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिका–१, भोक्टेनी गाउँमा डिप बोरिङ गाडेर घर–घरमा खानेपानीको धारा वितरण गरिएको छ ।
माटोका मूर्ति बनाउन भ्याइनभ्याइ
सप्तरीका विष्णुपुर गाउँपालिका वडा-५ का ४० वर्षीया प्रभु मण्डललाई यतिबेला मूर्ति बनाउन भ्याइनभ्याइ छ । सरस्वती पूजा नजिकिँदै गएपछि उहाँलाई मूर्ति बनाउन भ्याइनभ्याइ भएको हो ।
पोषण प्याकेजले मातृ स्वास्थ्यप्रति बढाउँदै सचेतना
लहान नगरपालिकामा विगत वर्षदेखि नै प्रत्येक महिनाको २२ गते वितरण गर्ने सुत्केरी तथा गर्भवती महिलाको स्वास्थ्य अवस्थामा सुधार र स्वस्थ्य शिशु जन्माउने उद्देश्यले वितरण गरिरहेको पोषण प्याकेज प्रभावकारी हुँदै जान थालेको छ ।
जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक
जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७ वर्ष लाग्नुभयो । लाउलाउँ खाउखाउँ उमेरका उहाँ अहिले आफूसहित चार परिवारका एक्ला नाबालक अभिभावक हुनुहुन्छ ।
सप्तरीमा चार जना फरार प्रतिवादी पक्राउ
फैसला कार्यान्वयनको क्रममा सप्तरीमा विभिन्न मुद्दामा सजाय तोकिएपछि फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।
शीतलहरले कामदार घट्दा राजमार्ग विस्तार सुस्त
कठ्याङग्रिदो चिसोको असर पूर्वपश्चिम राजमार्ग विस्तार कार्यमा समेत देखिएको छ । कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड)अन्तर्गत अहिले सर्लाही, महोत्तरी र धनुषामा राजमार्गलाई चार लेनको बनाउने काम जारी छ ।
गोलभेँडाले भाउ पाउँदा किसान मक्ख
यस वर्षको मध्य चिसोयाममा पनि गोलभेँडाले प्रशस्त मूल्य पाउँदा सर्लाहीका किसान मक्ख छन् । अघिल्ला वर्षमा शीतलहर चल्ने याममा गोलभेँडा बिक्री नभएर किसान हैरान हुन्थे । केजीको १०/१२ रुपियाँमा पनि बेच्न मुस्किल पथ्र्यो ।
सर्वदलीय बैठकबाट विवाद टुङ्गिएसँगै वीरगन्जमा ‘कर्फ्यु’ हटाइयो
सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगन्जमा भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गराएको छ ।
वीरगन्जको कर्फ्यु साँझ ६ बजेसम्म लम्बियो
जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु अवधिको दोश्रो पटक समय थपेर मङ्गलबार साँझ ६ सम्म पुर्याएको छ।
लहानको ग्रामीण भेगका १० जना महिलामा पाठेघरको क्यान्सर
लहान नगरपालिकाको ग्रामीण भेगका दस जना महिलामा पाठेघरको क्यान्सर देखिएको छ । लहान नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरिएको प्रजनन् स्वास्थ्य रुगणता एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन शिविरमा दस जना महिलामा पाठेघरको क्यान्सर पोजिटिभ देखिएको हो ।
वीरगञ्जमा लम्बियो कर्फ्यु
जिल्ला प्रशासन कार्यालयले मङ्गलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कर्फ्यु आदेश थप गरेको छ ।
ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन न्यानो कपडा वितरण
रौतहटको राजपुर नगरपालिका भित्रका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । यहाँका ९ वटै वडाका करिव दुई हजार पाँच सय ज्येष्ठ नागरिकलाई न्यानो कपडाअन्तर्गत ब्लाङ्केट वितरण सुरु गरिएको हो ।
प्रतिनिधिसभा निर्वाचन : एमाले सप्तरीबाट नौ जनाको नाम सिफारिस
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सप्तरीले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाको चार वटा निर्वाचन क्षेत्रबाट नौ जनाको नाम सिफारसस गरेको छ ।
अव्यस्थित पार्किङ हटाएपछि सहज
सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयको गेटै अगाडि अव्यस्थित रुपमा वर्षौदेखि हुँदै आएको मोटरसाइकल पार्किङ हटाएसँगै आउजाउमा सहजता भएको छ ।
वीरगञ्जमा सोमबार साँझ छ बजेदेखि मङ्गलबार बिहान ८ बजेसम्म कर्फ्यु जारी
जिल्ला प्रशासन कार्यालय पर्साले पुस २१ गते सोमबार साँझ छ बजेदेखि मङ्गलबार बिहान ८ बजे सम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ ।
कार्यालय प्रमुखहरुलाई निर्वाचन लक्षित निर्देशन : जिल्ला नछाड्नु, गाडी दुरुस्त राख्नु
फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी सर्लाहीमा कार्यालय प्रमुखहरूलाई जिल्ला नछाड्न र छाड्नुपर्दा अनिवार्यरूपमा प्रमुख जिल्ला अधिकारी ( सिडिओ) सँग अनुमति लिन निर्देशन दिइएको छ ।
समाजमा हिँसा भड्किन नदिन गृहमन्त्रीको आग्रह
गृहमन्त्री ओमप्रकाश अर्यालले धनुषा र पर्सामा भएका केही धार्मिक सद्भाव र सहिष्णुतामाथि खलल पुर्याउने घटनामा गम्भीर ध्यानाकर्षण जनाउनु हुँदै सबै पक्षसँग तत्काल सद्भाव र सह–अस्तित्वको समेत रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन आग्रह गर्नु भएको छ।
शान्ति र सद्भाव कायम राख्न प्रदेश प्रमुख कर्णको अपिल
मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशमा शान्ति र सद्भाव कायम राख्न मधेशवासीसँग अपिल गर्नुभएको छ ।
ट्रकको ठक्करबाट महिलाको मृत्यु
महोत्तरीको बलवा नगरपालिका–११ मा आज ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी एक महिलाको मृत्यु भएको छ ।
एक सय ५० परिवारलाई कम्बल वितरण
छिन्नमस्ता गाउँपालिका ५ लोखरमका विपन्न दलित परिवारहरूलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले सोमबार १ सय ५० परिवारलाई कम्बल वितरण गरेको छ ।
इभी गाडीले ठक्कर दिँदा एकको मृत्यु
रौतहटमा इभी गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
धार्मिक सहअस्तित्वमै मधेशको पहिचानः मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले धर्म, जाति र समुदायबिचको सहअस्तित्व नै मधेशको मौलिक पहिचान भएको उल्लेख गर्दै धार्मिक सद्भाव बिगार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने स्पष्ट पार्नुभएको छ ।
मोरङ्गी खोलाको पुल भासिएपछि राजमार्ग अवरुद्ध
निर्माणाधीन पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपाखेरी–पथरी खण्डमा पर्ने मोरङ्गी खोलाको पुल भाँसिएपछि राजमार्ग अवरुद्ध भएको छ ।