मधेशमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड
मधेश प्रदेशसभाका सभामुख रामआशिष यादवले कुपोषण न्यूनीकरण तथा मातृशिशु स्वास्थ्य सुधारका लागि प्रदेश सरकार, स्थानीय तह र सरोकार भएका निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभएको छ ।
अव्यवस्थित बसोबासीभन्दा सुकुमवासीको सङ्ख्या बढी
धनुषामा अव्यवस्थित बसोबासीभन्दा भूमिहीन सुकुमवासीको सङ्ख्या धेरै रहेको पाइएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति धनुषाले सङ्कलन गरेको तथ्याङ्क अनुसार जिल्लामा छ हजार ४९७ अव्यवस्थित बसोबासी छन् भने सात हजार ६९४ सुकुमवासी रहेका छन् ।
सप्तरीमा फरक–फरक मुद्दाका तीन जना पक्राउ
सप्तरी जिल्ला प्रहरीले विभिन्न तीन वटा मुद्दामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामाथि अभद्र व्यवहार, आत्महत्या दुरुत्साहन तथा लागुऔषधसम्बन्धी मुद्दाका आरोप रहेको प्रहरीले जनाएको छ ।
बजार अनुगमन नहुँदा उपभोक्ता ठगिँदै
रौतहट जिल्लाका विभिन्न बजारमा अनियन्त्रित मूल्यवृद्धिका कारण उपभोक्ता ठगिँदै आएको गुनासो बढेको छ । गौर, गरुडा, कटहरिया, गङ्गापिपरा, समनपुरलगायत बजारमा सामानको मूल्य एकाएक बढेको स्थानीयले बताएका छन् ।
रात्रिबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–११, मा बुधबार मध्यराति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
सप्तरीमा बेपत्ता महिलाको शव फेला
तिलाठी कोईलाडी गाउँपालिका–५ बनरझुल्ला टोलकी ३६ वर्षीया अनिता देवी राय एक सातादेखि बेपत्ता रहेको अवस्थामा मृत फेला पर्नुभएको छ ।
जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो ।
लापरवाहीपूर्ण मोटरसाइकल चलाउँदा तीनको मृत्यु
बरहथवा–मधुवनी सडकअन्तर्गत रामनगर गाउँपालिका–५ बैजनाथ चोकमा मङ्गलबार साँझ ज ७ प २६१३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बरसाइत पर्वले बढायो बाँसजन्य सामग्रीको व्यापार
बरसाइत पर्वका लागि प्रयोग हुने बाँसजन्य सामग्री बनाएर बिक्री गर्दै डुम समुदायका महिलाले राम्रो आम्दानी गर्न थालेका छन् । यस वर्ष जेठ २ गते मधेश प्रदेशमा बरसाइत पर्व मनाइने भएकाले व्रत बस्ने महिलाहरू पूजासामग्री खरिद गर्न बजारमा भिड लाग्न थालेको छ ।
प्रहरी सेवा व्यवहारमै सुधार्न आईजिपी कार्कीको निर्देशन
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरीको दैलोमा आउने सेवाग्राहीलाई निराश भएर फर्किन नदिन निर्देशन दिनुभएको छ ।
जनकपुर साहित्य महोत्सवको छैटौँ संस्करणको तयारी पूरा
मधेस प्रदेशको राजधानी जनकपुरधाममा यही जेठ १ गतेदेखि सुरु हुने तीन दिने ‘जनकपुर साहित्य महोत्सव’ को छैटौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।
घरको छतबाट खसेर सर्लाहीमा दुई मजदुरको मृत्यु
सर्लाही सदरमुकाम मलङ्गवामा बुधबार साँझ घरको छतबाट खसेर दुई जना मजदुरको मृत्यु भएको छ ।
आगलागीबाट ६ लाख रुपियाँभन्दा बढीको क्षति
सप्तरीको विष्णुपुर गाउँपालिका–१, खुरहुरियामा आगलागी हुँदा ६ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
मैदानको अभावमा खेलकुद गतिविधि ठप्प
धनुषाको ढल्केबरका युवा खेल मैदान खोज्नका लागि लागि सक्रिय भएका छन् । खेल मैदानको अभावमा लामो समयदेखि खेलकुद गतिविधि शुन्य भएपछि यहाँका युवा उपयुक्त खेल मैदानको व्यवस्थापनमा जुटेका हुन् ।
विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
रौतहट सदरमुकाम गौरमा रहेको इन्टरनेसनल बाल एकेडेमीले सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
समुदायलक्षित परियोजना सुरु
अपाङ्गता, अति विपन्न तथा जोखिममा रहेका समुदायका व्यक्तिहरूको जीविकोपार्जन तथा आर्थिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मधेश प्रदेशमा मङ्गलबारदेखि ‘आशा : समावेशी जी
करेन्ट लागेर महिलाको मृत्यु
सप्तरीको तिरहुत गाउँपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ डिमन टोल निवासी २६ वर्षीया बबिता देवी यादवको करेन्ट लागेर मृत्यु भएको हो ।
दुई वर्षदेखि अलपत्र पुलको काम सुचारु
सर्लाहीको नारायणखोलास्थित नारायण दोभानमा दुई वर्षदेखि अलपत्र ट्रस्ट पुल निर्माण कार्य सुचारु भएको छ । चुरेभेगमा पर्ने लालबन्दी न
मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर
सर्लाहीको दक्षिण–पश्चिम ग्रामीण भेगमा पर्ने रामनगर गाउँपालिकामा मङ्गलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सप्तरीमा अभद्र व्यवहार, ज्यान मार्ने उद्योग र चोरी मुद्दामा ६ जना पक्राउ
सप्तरी प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीलेअभद्र व्यवहार, ज्यान मार्ने उद्योग तथा चोरी सम्बन्धी कसुरमा फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरेको हो ।
राजविराजमा बजार अनुगमनः कुहिएको मासु बरामद, पसल सिल
सप्तरीको राजविराज बजारमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा विभिन्न मासु पसल तथा मिठाई उद्योगबाट खान अयोग्य कुहिएको मासु, बासी खाद्य सामग्री तथा सरसफाइमा गम्भीर लापरबाही फेला परेको छ ।
ट्रान्सफर्मर विस्फोटमा घाइते मजदुरको मृत्यु
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित एभरेष्ट छाला उद्योगमा ट्रान्सफर्मर जडान गर्ने क्रममा भएको विस्फोटमा गम्भीर घाइते भएका एक मजदुरको उपचारका क्रममा मृत्यु भएको छ ।
बेवारिसे शवको दुई दिनपछि सनाखत
सर्लाहीको गोडैता नगरपालिका –६, बगदहस्थित चिनी मिलनजिकै जलकुम्भी घारीमा फेला परेको शव बेवारिसे शवको दुई दिनपछि मङ्गलबार पहिचान खुलेको छ ।
सशस्त्र प्रहरी निरीक्षक र सरकारी साक्षीविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आज दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको छ।