मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले मधेश प्रदेशका भारतीय सीमावर्ती क्षेत्रमा छोटी भन्सार सञ्चालन गर्न सरकारसँग माग गर्नु भएको छ।
सप्तरीमा मेलामा अभद्र व्यवहार गर्ने एक जना पक्राउ
सप्तरीको शम्भूनाथ नगरपालिका ३ स्थित शम्भुनाथ सिरुवा रमाइलो मेलामा अभद्र व्यवहार गरेको आरोपमा एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।
तलब माग्दै चिकित्सक आन्दोलित
महोत्तरीको जलेश्वरमा रहेको प्रादेशिक अस्पतालमा कार्यरत अस्थायी र करारका चिकित्सक तथा स्वास्थ्यकर्मीले तलब भत्ता माग गर्दै आन्दोलन गरेका छन् । प्रादेशिक अस्पताल जलेश्वरका अस्थायी र करारका चिकित्सक तथा स्वास्थ्यकर्मीले आफूहरूले तीन महिनादेखि तलब तथा लुगा भत्ता उपलब्ध नगराएपछि आन्दोलन गर्न बाध्य हुनु परेको बताएका छन् ।
ज्याला निर्धारण गर्न हरवाचरवाको माग
हरवाचरवा परिचयपत्र नहुँदा उचित ज्याला, मर्यादित श्रम र सुरक्षासमेत पाउन नसकेको सरोकारवालाले गुनासो गरेका छन् । मुक्त हरवाचरवा अधिकार मञ्चले सोमबार राजविराजमा आयोजना गरेको ‘हरवाचरवा श्रमिकको अवस्था, ज्याला, मर्यादित श्रम र सुरक्षा’ विषयक जिल्लास्तरीय कार्यशाला गोष्ठीमा यस्तो गुनासो गरिएको हो ।
नीलगाईबाट किसान हैरान
सर्लाहीका किसानलाई घोडगधा अर्थात् नीलगाईले असाध्य दुःख दिन थालेका छन् । पछिल्लो समय यहाँको दक्षिणवर्ती क्षेत्रमा अत्यधिक मात्रामा घोडगधा देखा परेको किसानले बताएका छन् । समूहमा देखापर्ने नीलगाईले हरेक अन्नबाली खाएर हैरान पारिरहेको कौडेना गाउँपालिका–३, पर्सा टोलका दीपलाल राय यादवले गुनासो गर्नुभयो ।
आगलागी पीडित परिवार खुला आकाशमुनि बस्न बाध्य
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामामा शनिबार राति भएको आगलागीमा १० परिवारका २१ घर जलेर नष्ट भएपछि पीडित परिवार खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।
हुलाकमार्फत घरमै राहदानी वितरण सेवा सुरु
जिल्ला हुलाक कार्यालय रौतहटले सेवाग्राहीका राहदानी घरमै पुर्याउने सेवा सुरु गरेको छ । जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादव र रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालबीच हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी उपलब्ध गराउने सम्झौता भएपछि सेवा सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासन प्रमुख रामनरेश साहले जानकारी दिनुभयो ।
पर्सा राष्ट्रिय निकुञ्जमा ‘वन्यजन्तु उद्धार टोली’ तयार
पर्सा राष्ट्रिय निकुञ्जले घाइते भएका वन्यजन्तुको तत्कालै उद्धारको लागि ‘वन्यजन्तु उद्धार टोली’ तयार पारेको छ ।
सप्तरीमा सात फरार प्रतिवादी सप्तरीबाट पक्राउ
सप्तरी प्रहरीले फैसला कार्यान्वयनको सिलसिलामा सात जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न मुद्दामा सप्तरी जिल्ला अदालतबाट सजाय पाएर फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।
अपहरण तथा शरीर बन्धक कसुरमा सप्तरीका एक युवक पक्राउ
सप्तरीमा अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी कसुरमा एक युवक पक्राउ परेका छन् ।
विद्युत प्राधिकरणका प्रमुखविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, कञ्चनपुर वितरण केन्द्र सप्तरीका प्रमुख महेन्द्रकुमार दासविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
एकसाथ आइसिटी सिक्दै क्याम्पसका गुरु र चेला
डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै शैक्षिक क्षेत्रमा सूचना तथा सञ्चार प्रविधि (आइसिटी) को आवश्यकता तीव्र बन्दै गइरहेका बेला सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा सञ्चालन गरिएको पाँच दिने आईसीटी तालिम सम्पन्न भएको छ ।
दिवसको अवसरमा मितेरी पुलमा सरसफाइ
सरसफाइ दिवसको अवसरमा बीरगञ्ज महानगरपालिका र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सोमबार मुलुकको प्रमुख प्रवेशद्वार भनिएको मितेरी पुल, शंकराचार्य प्रवेशद्वारदेखि रजत जयन्तीसम्म सरसफाई कार्य सम्पन्न भएको छ।
ठक्करबाट वृद्धको मृत्यु, एक जना घाइते
सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राइटरखोरमा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।
होस्टेलबाट हराएका तीन बालक सप्तरी प्रहरीद्वारा सकुशल उद्धार
सप्तरी प्रहरीले हराएका तीन जना बालकलाई सोमबार सकुशल फेला पारी अभिभावकको जिम्मा लगाएको छ ।
डाइभर्सन बगाएर हैरान सवारी आवागमन प्रभावित
बेमौसमी वर्षाले विस्तारका व्रmममा रहेको महेन्द्र राजमार्गमा बारम्बार डाइभर्सन बगाउँदा यात्रु र निर्माण व्यवसायी दुवैले सास्ती पाएका छन् । सर्लाही, महोत्तरी र धनुषा ख
बजेट अभावले टिकुलियाघाट पुल निर्माण सुस्त
रौतहटको गौर नगरपालिका र इशनाथ नगरपालिका जोड्ने लालबकैया नदीस्थित टिकुलियाघाट पुल निर्माणको काम सुस्त गतिमा अघि बढेको छ ।
सर्लाहीमा सडेको अवस्थामा शव फेला
सर्लाहीको गोडैता नगरपालिका–६ बगदहस्थित चिनी मिल नजिक एक बेवारिसे पुरुषको शव फेला परेको छ ।
सप्तरीमा अग्निपीडित परिवारलाई राहत वितरण
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामाका अग्निपीडित परिवारलाई राहत वितरण गरिएको छ ।
बरियारपट्टी भन्सार पुनःस्थापना र स्तरोन्नतिको माग गर्दै आन्दोलन
सिरहाको बरियारपट्टी छोटी भन्सार खारेज गरी कर्मचारी फिर्ता बोलाइएपछि स्थानीयवासी चार दिनदेखि आन्दोलनमा उत्रिएका छन् ।
मधेश सरकारलाई निरन्तरता दिने सत्ता साझेदार दलको निर्णय
मधेश प्रदेश सरकारमा सहभागी सत्ता साझेदार चार दलका नेताले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन्। आइतबार बसेको सत्ता साझेदार दलहरूको बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई यथाशीघ्र विश्वासको मत लिन आग्रह गर्ने निर्णयसमेत गरेको हो।
बर्दिबासमा सुकुमवासीको प्रदर्शन
सरकारले सरकारी तथा ऐलानी जग्गामा रहेका बस्ती हटाउने तयारी गरेको भन्दै महोत्तरीको बर्दिबासमा सुकुमवासी, दलित तथा अव्यवस्थित बसोबासीहरूले विरोध प्रदर्शन गरेका छन्।
ढल्केबरमा सुकुमवासीको प्रदर्शन
धनुषाको ढल्केबरमा सुकुमवासीले भूमि तथा आवासको अधिकार सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेका छन् । राष्ट्रिय भूमि अधिकार मञ्च जिल्ला कार्यसमिति धनुषाको नेतृत्वमा सुकुमबासीहरूले प्रदर्शन गरेका हुन् ।
महिला राष्ट्रिय कबड्डी : एपीएफ विजयी
सुनसरीको इनरुवामा जारी प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा आइतबार एपिएफ क्लब विजयी भएको छ ।