• २८ वैशाख २०८३, सोमबार

दिवसको अवसरमा मितेरी पुलमा सरसफाइ

blog

सरसफाई दिवसको अवसरमा कर्मचारीहरु सरसफाई कार्यक्रममा । तस्बिरः कन्हैयालाल केशरी

कन्हैयालाल केशरी 

पर्सा, वैशाख २८ गते। सरसफाइ दिवसको अवसरमा बीरगञ्ज महानगरपालिका र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सोमबार मुलुकको प्रमुख प्रवेशद्वार भनिएको मितेरी पुल, शंकराचार्य प्रवेशद्वारदेखि रजत जयन्तीसम्म सरसफाई कार्य सम्पन्न भएको छ।

बीरगञ्ज महानगरपालिकाको आर्थिक सहयोग र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शको सहकार्यमा बीरगञ्जको सौन्दर्य करण गर्नेक्रममा मुलुकको प्रमुख प्रवेशद्वार भनिएको मितेरी पुल, शंकराचार्य प्रवेशद्वार र रजतजयन्ती चोकसम्म बृक्षारोपण गर्ने क्रममा मितेरी पुलको दायाँबायाँ १४ हजार स्क्वायर फिट  जग्गामा प्राकृतिक घाँस (नेचुरल ग्रास) लगभग तीनसय पाम र फोक्स्टल रुख तथा एक सयभन्दा बढी फूल बिरुवाका गमलाहरू रहेकोमा सरसफाई दिवसको अवसरमा बिरूवामा पानी हालेर सरसफाई कार्य सम्पन्न भएको छ। 

बीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले केही दिनभित्रै बीरगञ्जको पहिचान तथा झझल्को दिनेगरी बिधुतीय बोर्ड १७ फिटको राष्ट्रिय झण्डा र सौन्दर्य करणको कामलाई निरन्तरता दिने जानकारी गराउनुभयो।

हराभरा शहर बनाउने उद्देश्यसाथ गठन भएको ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले सरसफाई दिवसमा मात्र नभई ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र जुन उद्देश्यका साथ गठन भएको हो, त्यसैअनुरुप बीरगञ्ज सहरमा बृक्षारोपण कार्यक्रम सञ्चालन तथा रेखदेखमा निरन्तर रूपमा लागि परेको बताउनुभयो।