गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख २७ गते । थारू समुदायका उद्यमी तथा व्यवसायीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले व्यवसायी शिवबहादुर चौधरी (दाङ)को संयोजकत्वमा थारू उद्यमी व्यवसायी सङ्घ गठन गरिएको छ ।
थारू कल्याणकारिणी सभा, केन्द्रीय कार्यालयको आयोजनामा भएको छलफल कार्यक्रममा सङ्घ गठन गरिएको हो । १७ सदस्यीय तदर्थ समितिका सचिवमा हृदयनारायण चौधरी (उदयपुर) चयन हुनुभएको छ ।
त्यसैगरी समितिको सदस्यहरूमा सीताराम चौधरी (बर्दिया), नन्दुराज चौधरी (दाङ), किरण चौधरी (कैलाली), गुन्जा चौधरी (बारा), प्रवेश चौधरी (कैलाली), सञ्जय चौधरी (सप्तरी), अर्नव चौधरी (दाङ ), विनोद चौधरी (काठमाडौँ), सरला चौधरी (दाङ ), जनार्दन चौधरी (सर्लाही), श्रवणकुमार चौधरी (सप्तरी), कृष्ण चौधरी (दाङ), टीकाराम चौधरी (कैलाली), तिलकबहादुर चौधरी (बर्दिया), र शुसिला चौधरी (कैलाली) रहनुभएको छ ।
भेलाले सङ्घको विधान निर्माण गरी सदस्यता विस्तार गर्ने, प्रदेश तथा जिल्ला तहसम्म सङ्गठन विस्तार गरी उद्यमशीलता विकास तालिम आयोजना गर्ने, व्यावसायिक सहकार्य तथा लगानी प्रवर्धनको कार्यक्रम गर्ने जनाएको छ ।