गोरखापत्र संस्थानका सल्लाहकारद्वय चौधरी र अधिकारीको बिदाइ
दुई वर्षको सेवा अवधि पूरा भएकाले गोरखापत्र संस्थानका सल्लाहकारद्वय सुशीला चौधरी र रामकृष्ण अधिकारीलाई संस्थान सेवाबाट बिदाइ गरिएको छ । संस्थानमा आइतबार आयोजित बिदाइ कार्यक्रममा महाप्रबन्धक लालबहादुर ऐरीसहितले सम्मान पत्रसहित बिदाइ गर्नुभएको हो ।
आर्थिक पुनरुत्थानको साझा मञ्च
विकासमा सञ्चार क्षेत्रको एउटा पहल हो– गोरखापत्र डिस्कोर्स अन रिकभरी एन्ड रिजिलेन्स अर्थात् ‘दृढतासहित पुनरुत्थान गोरखापत्र बहस’ । नेपालको आर्थिक पुनरुत्थान, लगानी वातावरण र भविष्यका विकास रणनीति, स्मार्ट पूर्वाधा
सफल पुँजी परिचालन, सुदृढ अर्थतन्त्र
नेपालको आर्थिक बहसमा प्रायः ‘पैसाको कमी’ लाई विकासको मुख्य अवरोधका रूपमा प्रस्तुत गरिन्छ तर विकासमा अवरोध सिर्जना गर्ने मूल कारण पुँजीको अभावभन्दा पनि त्यसको प्रभावकारी परिचालन र निजी क्षेत्रप्रति विश्वासको सङ्कट भएको स्पष्ट देखिएको छ ।
समुन्नति पथमा उद्यमको अवसर
समुन्नतिका आकाङ्क्षा, नवप्रवर्धन र स्टार्टअप विस्तारको लक्ष्य तथा जेनजी युवा पुस्ताले देश निर्माणका लागि उद्घाटित गरेका नवीन उद्देश्यबिच उद्यमशीलता विकास गरी रोजगारी सिर्जनाको नयाँ अध्याय आरम्भ गर्नुपर्ने चुनौती राज्यसामु छ । देशलाई कस्तो बनाउने, देशमै बस्नयोग्य कसरी बनाउने र त्यसका लागि कस्तो मनोबल चाहिन्छ ? देशको मुख्य बहस अहिले यिनै विषयमा केन्द्रित छ ।
स्मार्ट पूर्वाधार विकास र व्यवस्थापन
‘स्मार्ट’ पूर्वाधार विकास एक महत्वपूर्ण नवीनतम अवधारणा हो, जसले मुलुकको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ । विकासको यो अवधारणाले भौतिक संरचना र सेवाहरूको निर्माण, सुधार र व्यवस्थापनलाई समेत समेट्छ । यसले मुलुकको आधारभूत सुविधाहरूमा सुधार गरेर जनताको जीवनस्तर उकास्ने र आर्थिक गतिविधि प्रवर्धन गर्ने उद्देश्य राख्दछ ।
संयमित र आत्मबलयुक्त निजी क्षेत्र
पूर्वाधार विकास र रोजगारी सिर्जनामा निजी क्षेत्र र सरकारको साझा प्रयासको आवश्यकतामा सरोकारवालाको एकमत रहेको छ । गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा बिहीबार भएको बृहत् बहस गोरखापत्र डिस्कोर्समा सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिले यस्तो विचार राखेका हुन् ।
सार्थक आर्थिक बहस
पर्याप्त सम्भावना हुँदाहुँदै पनि नेपाल धनी तथा समृद्ध मुलुक बन्न सकेन । गरिबीमा बाँच्नुपर्ने अवस्था मुलुककै लागि विडम्बना हो । विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा आइपुग्दा पनि मुलुकमा राजनीतिक स्थायित्व भएन । सधैँको राजनीतिक अस्थिरताले अर्थतन्त्र कमजोर बन्यो । स्वदेशी तथा विदेशी लगानी आकर्षित हुन नसक्दा पर्याप्त उद्योगधन्दा र
अर्थतन्त्रबारे गहन विमर्श
नेपालको पत्रकारिता क्षेत्रमा गौरवमय इतिहास बोकेको ‘गोरखापत्र दैनिक’ को १२५ औँ वर्ष (शताब्दी रजत) तथा नेपालको पहिलो अङ्ग्रेजी भाषाको ब्रोडसिट दैनिक ‘दी राइजिङ नेपाल’ ६१ औँ वर्ष प्रवेश गरेको ऐतिहासिक अवसरमा ‘गोरखापत्र
सबलीकरणको आधार : निजी क्षेत्रको मनोबल
मुलुकको समग्र आर्थिक विकाससँगै समृद्धि हासिल गर्न अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी निजी क्षेत्रको मनोबल उकास्नु जरुरी रहेको औँल्याइएको छ ।
‘निजी क्षेत्रको उचित मूल्याङ्कन भएन’
नेपालको आन्तरिक रोजगारीको झन्डै ८० प्रतिशत योगदान निजी क्षेत्रको भए पनि सरकारबाट उचित मूल्याङ्कन हुन नसकेको गुनासो गरिएको छ । गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा बिहीबार ललितपुरमा आयोजना गरिएको गोरखापत्र डिस्कोर्समा सहभागी निजी क्षेत्रका प्रतिनिधिले यस्तो गुनासो गर्नुभएको हो ।
रोजगारी क्षेत्रलाई व्यवस्थित बनाउन ‘स्पेसल टाक्स फोर्स’
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारी क्षेत्रलाई व्यवस्थित बनाउन ‘स्पेसल टाक्स फोर्स’ बनाएर काम गर्ने तयारी गरेको जानकारी दिनुभएको छ ।
अर्थतन्त्र लयमा फर्किंदै : अर्थमन्त्री
अर्थमन्त्री रामेश्वर खनालले अन्तरिम सरकार र निजी क्षेत्रबिचको प्रभावकारी सहकार्यका कारण जेनजी आन्दोलनपछि उत्पन्न अस्थिर अवस्थाबाट मुलुकको अर्थतन्त्र चाँडै रिकभर हुन थालेको बताउनुभएको छ । पछिल्ला महिनामा आर्थिक सूचक सुधारोन्मुख बन्दै गएको उल्लेख गर्दै उहाँले अर्थतन्त्र क्रमशः लयमा फर्किरहेको दाबी गर्नुभयो ।
नीतिगत सहजीकरणमा फलदायी
‘गोरखापत्र डिस्कोर्स अन रिकोभरी एन्ड रेजिलेन्स’ कार्यक्रमले आर्थिक विकासको मार्ग देखाएको छ । अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्र, विज्ञ, नीतिनिर्माता र सरोकारवालाबिच साझा मञ्च सिर्जना गरी चुनौती र अवसरहरूको पहिचान गर्ने उद्देश्य कार्यक्रमको रहेको थियो । गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा बिहीबार सम्पन्न कार्यक्रममा उद्योगी व्यवसायीहरूको अपेक्षा, नीतिगत अन्योल र सरकारले चाल्नुपर्ने कदमका विषयमा बहस भएको थियो ।
गोरखापत्रकर्मीलाई सामाजिक सुरक्षा कोषको परिचयपत्र
गोरखापत्र संस्थानले करार तथा अस्थायी सेवामा कार्यरत सञ्चारकर्मी र कर्मचारीलाई औपचारिक रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सुरु गरेको छ ।
गोरखापत्र डिसकोर्स – ‘कस्तो मनोबल ?’ शीर्षकमा बहस
गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा गोरखापत्र संस्थानले गोरखापत्र डिसकोर्स कार्यक्रम आयोजना गरेको छ ।
‘स्मार्ट पूर्वाधार विकास र व्यवस्थापन’ शीर्षकमा बहस
गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दी राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा गोरखापत्र संस्थानले गोरखापत्र डिसकोर्स कार्यक्रम आयोजना गरेको छ ।
गोरखापत्र डिसकोर्स उद्घाटन कार्यक्रम (फाटो फिचर)
गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा गोरखापत्र संस्थानले गोरखापत्र डिसकोर्स कार्यक्रम आयोजना गरेको छ ।
जबसम्म तीन तहको सरकारबिच समन्वय नभएसम्म परिणाम आउँदैन – सुशील ज्ञवाली
लगानी बोर्डका प्रमुख कार्यकरी अधिकृत सुशील ज्ञवालीले जबसम्म तीन तहको सरकारबिच योजना प्रणालीमा समन्वयन हुँदैन तबसम्म सकारातमक परिणाम नआउने बताउनुभएको छ ।
गोरखापत्र सधैं पहिलो रहनुपर्छः सञ्चार सचिव अर्याल
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले गोरखापत्र सधैं नै पहिलो रहनुपर्ने बताउनुभएको छ ।
तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको बताउनुभएको छ ।
राइजिङ नेपालको ६० औँ वार्षिकोत्सवमा पुरस्कार र सम्मान
नेपालको पहिलो अंग्रेजी दैनिक दि राइजिङ नेपाल दैनिकको ६० औँ वर्षगाँठको अवसरमा तीन जना पत्रकारलाई पुरस्कार प्रदान गरिएको छ ।
‘विकास दशक’ घोषणा गरेर अगाडि बढौं : ऊर्जामन्त्री घिसिङ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले अबको डेभलप्मेन्ट डिकेट अर्थात् ‘विकास दशक’ घोषणा गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ।
समयमा सङ्कट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा सङ्कट समाधान नभए विष्फोटको अवस्था आउने बताउनुभएको छ।
लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनुपर्ने बताउनु भएको छ ।