घरआँगनको सरकार
स्थानीय सरकार आमनागरिकको घरआँगनको सरकार हो । नागरिकका सेवा सम्बोधन गर्ने पहिलो संयन्त्र पनि हो । यो सरकारले नागरिकलाई जन्मदेखि मृत्युसम्मका काममा सहयोग पु¥याउँदै आएको छ । कुनै व्यक्तिको जन्म वा मृत्यु भयो भने स्थानीय सरकारले प्रमाणित नगरी त्यो व्यक्ति कानुनी रूपमा जन्मेको वा मृत्यु भएको मानिँदैन । त्यसैले स्थानीय सरकारलाई जन्मदेखि मृत्युसम्मको काम गर्ने सरकार पनि भनिन्छ ।
सुशासनको आर्थिक लाभ
सीमित समूह मात्रको पहुँच र हालीमुहालीले पछिल्ला वर्षमा ‘आसेपासे पुँजीवाद’ मुलुकको अर्थतन्त्रको चरित्र बन्न पुग्यो । अर्थतन्त्रसँग सम्बन्धित नीतिगत व्यवस्था खास समूहकेन्द्रित हुँदा यसको लाभबाट सर्वसाधारण नै वञ्चित हुनुपर्ने नियति भोग्नु प¥यो । राजनीतिक प्रतिबद्धताका कारण सिर्जित जनअपेक्षा आर्थिक उपलब्धिमा रूपान्तरण हुन नसक्दा त्यसले चरम निराशा र विरोधका लागि पर्याप्त ठाउँ बनायो । सार्वजनिक सेवामा भोग्नुपर्ने प्रताडना, जघन्य भ्रष्टाचार र नागरिकप्रतिको गैरजिम्मेवारीले सुशासन केवल मृगतृष्णा बन्न पुग्यो । परिणाम हामी सबैलाई थाहा नै छ । जेनजी पुस्ताले
गोरखापत्रका ऐतिहासिक ती दिन
नेपालको जेठो अखबार गोरखापत्र १२६ वर्षमा पाइला टेकेको छ । यो खुसियालीमा हामी सबै गौरवान्वित भएका छौँ । धेरै दुःख कष्ट झेलेर आधुनिक प्रविधिको युगमा यो अखबार प्रकाशन भइरहेको छ । हप्ताको एक पटक प्रकाशित हुने यो अखबार अहिले अनलाइन दुनियाँमा छिन छिनमै विश्वभर समाचार पु¥याउने माध्यम बनेको छ । पहिले पहिले सिसाको एक/एक अक्षर केलाएर स्टिकमा राखी शब्द शब्द बनाई कम्पोज गरी वाक्य बनाइन्थ्यो । प्रत्येक १०–१२ लाइनमा कम्पोजलाई दुई हातले राम्ररी च्यापेर ग्यालीमा राखी समाचारको महìव अनुसार हेडलाइन राखिन्थ्यो ।
गोरखापत्र लोकतान्त्रिक मूल्यको पहरेदार बनिरहोस् : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले गोरखापत्रले सदैव राष्ट्रिय एकता, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्यको पहरेदार बनेर जनताको निर्भीक आवाज बनिरहोस् भन्नुभएको छ ।
पत्रकारिताको जगलाई अझ सबल बनाउन सकोस् : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गोरखापत्रले समावेशिता र राष्ट्रिय हितलाई सर्वोपरि राख्दै पत्रकारिताको जगलाई अझ सबल बनाउन सकोस् भन्ने शुभकामना दिनु भएको छ ।
गोरखापत्र जनताको निर्भीक आवाज बनिरहोस् : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले गोरखापत्रको आगामी यात्रा अझ आधुनिक, प्रविधिमैत्री र सुशासनको पक्षमा निर्भीक बनोस् भन्नुभएको छ ।
उत्तरदायी र मर्यादित पत्रकारिता लोकतन्त्रको मेरुदण्ड : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, उत्तरदायी र मर्यादित पत्रकारिता मेरुदण्ड भएको बताउनु भएको छ ।
‘गोरखापत्रले जिम्मेवार पत्रकारिताको नमुना प्रस्तुत गर्ने छ’
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले गोरखापत्रले जनसरोकारका विषयमा सङ्घ, प्रदेश तथा स्थानीय सरकारलाई निरन्तर खबरदारी गर्दै जिम्मेवार पत्रकारिताको नमुना प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।
सरकार र सरोकारवाला निकायलाई निरन्तर खबरदारी गर्नुपर्छ : अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समृद्ध र जीवन्त बनाउने काम पत्रकारिताले गर्ने बताउनुभएको छ ।
गोरखापत्रको पुनर्संरचना अपरिहार्य : सञ्चारमन्त्री डा.तिमिल्सिना
सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सूचना प्रविधिको तीव्र विकास र डिजिटल मिडियाको बढ्दो प्रभावसँगै गोरखापत्र संस्थानको पुनर्संरचना अपरिहार्य आवश्यकता भएको बताउनु भएको छ ।
इतिहासको पहिलो मसौदा
दक्षिण एसियाकै पुराना अखबारमध्येमा पर्ने गोरखापत्र दैनिक बिहीबारदेखि १२६ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाकालदेखि विभिन्न आरोहअवरोह पार गर्दै आएको यस अखबारले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्नामा उल्लेखनीय योगदान पु¥याएको यस क्षेत्रका जानकारले बताउनुभएको छ । नेपाली समाजलाई सुसूचित गर्नुका साथै भाषिक र साहित्यक फाँटमा पनि गोरखापत्रको योगदान विशिष्ट रहेको उहाँहरूको अनुभव छ । स्थापनाकालदेखि अहिलेसम्म गोरखापत्रलाई नै आधार मानेर विश्वविद्यालयका विद्यार्थी, अनुसन्धान संस्थाका अध्येतादेखि पत्रकारिता क्षेत्रमै क्रियाशील संस्था तथा व्यक्तिका लागि पनि यो पत्रिका गतिलो खुराक बन्ने गरेको छ ।
‘त्यतिबेलाका प्रधानसम्पादक नरिवलका जटाजस्ता हुन्थे’
त्यतिबेलाका प्रधानसम्पादकहरू ज्यादै शक्तिशाली र ओजपूर्ण हुन्थे। उनीहरू बाहिरबाट हेर्दा नरिवलका जटाजस्तै अत्यन्तै कडा देखिए पनि व्यवहारमा भने नरिवलको भित्री गुदीजस्तै नरम हुन्थे।
गोरखापत्र वार्षिकोत्सवमा पाँच किलोमिटर दौड सम्पन्न
गोरखापत्रको वार्षिकोत्सवका अवसरमा आयोजित पाँच किलोमिटर राष्ट्रिय खुला दौड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । सोमबार बिहान नेपालको ओलम्पियन एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठले सिठ्ठी फुकेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
उद्यमशीलता झल्कने उत्कृष्ट तस्बिरलाई पुरस्कृत गरिने
गोरखापत्र संस्थानले गोरखापत्र प्रकाशनकाे १२६ औँ वर्ष प्रवेशको अवसरमा उद्यमशीलता झल्कने उत्कृष्ट तस्बिरलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । आगामी २०८३ वैशाख २४ गते आयोजना हुने विशेष समारोहमा सो पुरस्कार प्रदान गरिनेछ ।
सुबेदी ‘द राइजिङ नेपाल’ को निमित्त प्रबन्ध सम्पादकमा नियुक्त
गोरखापत्र संस्थानअन्तर्गतको अङ्ग्रेजी दैनिक ‘द राइजिङ नेपाल’ को निमित्त प्रबन्ध सम्पादक पदमा ऋतुराज सुबेदी नियुक्त हुनुभएको छ ।
गोरखापत्रको डिजिटाइजेसन कार्य तीव्र
गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारीले राष्ट्रको धरोहर गोरखापत्र संस्थानले डिजिटल अर्काइभिङको कार्यलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताउनुभएको छ।
अर्थतन्त्र पुनरुत्थानका लागि नीतिगत सुझाव प्रस्तुत
गोरखापत्र एकेडेमी, गोरखापत्र संस्थानको आयोजनामा गत पुस ३ गते आयोजित पुनःनिर्माण र उत्थानशीलता सम्बन्धी गोरखापत्र डिस्कोर्सका आधारमा तयार पारिएको नीतिगत सुझाव पत्र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विव्रmम तिमिल्सिनासमक्ष प्रस्तुत गरिएको हो ।
डिजिटल युगमा प्रवेश गर्नु समयको माग हो : सञ्चार सचिव बस्नेत
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले डिजिटल युगमा प्रवेश गर्नु समयको माग भएको बताउनुभएको छ ।
निर्वाचन भयरहित सम्पन्न गर्न मिडियाको भूमिका महत्त्वपूर्ण हुन्छ : सचिव बस्नेत
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
गोरखापत्रले शोधवृत्ति प्रदान गर्ने
गोरखापत्र संस्थानले गोरखापत्रसँग जोडिएका विभिन्न क्षेत्रमा अनुसन्धान गर्ने अनुसन्धानकर्ताका लागि शोधवृत्तिको घोषणा गरेको छ । गोरखापत्र एकेडेमी अन्तर्गत प्रदान गरिने शोधवृत्ति दुई वर्गको हुनेछ ।
तथ्य र विश्वसनीयताको जगमा गोरखापत्र र महानगरबिच सहकार्य
सूचनाको महासागरमा सही र तथ्यपूर्ण जानकारी प्रवाह गर्न काठमाडौँ महानगरपालिका र गोरखापत्र संस्थानबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
प्रेस स्वतन्त्रताका योद्धा दाहालको निधनप्रति शोक प्रस्ताव पारित
गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक, वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति गोरखापत्र संस्थानले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
प्रेस काउन्सिल गोरखापत्रसँग सहकार्य गर्न इच्छुक
प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार आचार्यले गोरखापत्र संस्थानसँग आगामी निर्वाचन, सञ्चार क्षेत्रको सुशासन, सञ्चारकर्मीको दक्षता अभिवृद्धि तथा डिजिटल आर्काइभिङलगायत विषयमा सहकार्य गर्न सकिने बताउनुभएको छ ।
गोरखापत्र संस्थानका सल्लाहकारद्वय चौधरी र अधिकारीको बिदाइ
दुई वर्षको सेवा अवधि पूरा भएकाले गोरखापत्र संस्थानका सल्लाहकारद्वय सुशीला चौधरी र रामकृष्ण अधिकारीलाई संस्थान सेवाबाट बिदाइ गरिएको छ । संस्थानमा आइतबार आयोजित बिदाइ कार्यक्रममा महाप्रबन्धक लालबहादुर ऐरीसहितले सम्मान पत्रसहित बिदाइ गर्नुभएको हो ।