नवराज नेपाली
बागलुङ (गलकोट), कात्तिक ५ गते । तिहार सुरुभएसँगै बागलुङ बजारका चोक–चोक देउसीभैलोले गुन्जयमान भइरहेका छन् । तिहारमा देउसीभैलो खेलने आशिष दिने र दक्षिण लिने प्रचलन रहेपछि युवा पुस्ता पलायनका कारण गाउँमा भने देउसीभैलोको प्रचलन विस्तारै घट्दै गएपछि शहर केन्द्रित भएको छ ।
गाउँमा फ्याट्ट–फुट्ट देखिने देउसीभैलो बजारका चोक–चोकमा देख्न पाइन्छ । कतै मौलिकता त कतै आधुनिक देउसीभैलोका गीत र नाचमा बागलुङ बजारबार गुल्जार बनेपनि गाउँमा भने देउसीभैलोको चहलपहल कम छ । यतिबेला मगर विद्यार्थीसँग बागलुङ, दि राइजिङ डान्स र नेपाल सांस्कृतिक समूह लगायतको देउसीभैलो खेल्ने कार्यक्रम शनिबारदेखि थालिएको छ ।
पछिल्लो समय देउसीभैलोमा पश्चिमा संस्कृति भित्रिएसँगै देउसीभैलोको मौलिकता मासिएको गुनासो बढिरहेको छ । रेडर्क गरिएका आधुनिक गितले देउसीभैलोको मौलिकता र संस्कृति मासिँदै गएको सन्दर्भमा यहाँको मगर संघले भनयानीमाया, सालैजो जस्ता गीत देउसीभैलोमा समावेश गरेको छ ।
देउसीभैलो कन्र्सट जस्ता भए भन्ने आम गुनासोलाई चिर्दै नेपालको जातजाती र भाषा संस्कृतिलाई समेटेर भैलो देखाइएको मगर संघको देउसीभैलो कार्यक्रमलाई अगाुवाई गर्दै आउनुभएका मनिष थापाले बताउनुभयो । “गाउँमा अहिले जनसङ्ख्या कम छ, देउसीभैलो खेल्ने युवा युवतीहरु कम छन्, बजारमा ठुलो जनसङ्ख्या छ, थोरै थोरै सहयोग भए पनि धेरै हुन्छ,” थापाले भन्नुभयो, “मगर संस्कृति संरक्षणसँगै विद्यार्थीको हक हितका लागि बागलुङ बजारमा देउसीभैलो खेलिरहेका छौं ।”
गरिब विद्यार्थीलाई कापि, कलम, रोगीलाई सहयोग गर्नका लागि सुनौलो संस्था बागलुङले बरेङ र जैमिनी क्षेत्रमा समेत वर्षेनी देउसीभैलो खेलिरहेको छ । गाउँमा बढी रुपमा देखिने देउसीभैलो बसाइसराइँका कारण शहर केन्द्रित भएको देउसीभैलोले देखाउछ ।