५७ वर्ष काटेपछि ‘थच्याङ’,सामाजिक बन्धनबाट मुक्त हुने संस्कृति अझै कायमै
मुस्ताङ, वैशाख २३ गते । जिल्लाको बारागुङ मुक्तिक्षेत्र ३ ताङ्वेमा बसोबास गर्ने ताङ्वे गुरुङ समुदायको थच्याङ मौलिक संस्कृति हो । थच्याङ संस्कृति कुनै पर्व नभई व्यक्तिको उमेर हद कट्यो भन्ने सन्देश प्रवाह गर्ने संस्कार हो । ताङ्वे गुरुङ समुदायमा ५७ वर्ष कटेपछि त्यस्ता व्यक्तिले स्वेच्छिक रूपमा थच्याङ गर्छन् ।‘थच्याङ’को शाब्दिक अर्थ सामाजिक बन्धनबाटमुक्त हुनु हो । यो संस्कृति हिमाली भेकका ताङ्वे गुरुङ समुदायको सदियौँदेखि चल्दै आइरहेको पुरानो सांस्कृतिक प्रचलनका रूपमा लिने गरिएको छ । मुस्ताङमा अझै पनि मुखियाप्रथा विद्यमान छ । मुखियाको अगुवाइमा हरेक सामाजिक कामकाज सम्पन्न हुने गर्छ । गाउँसमाजको बैठक, भेला, खेतीपातीको काजदेखि गाउँमा हरेक कामका सूचना प्रवाह गर्ने कटुवाल [छो] लगायतको काम आलोपालो रूपमा समाजमा बस्नेले गर्नुपर्ने हुन्छ । समाजले तोकेको जिम्मेवारी पूरा नगरेमा वा कुनै कार्यहरूमा अनुपस्थित भएमा समाजलाई जरिवाना तिर्नुपर्ने हुन्छ ।समाजले तोकेको यस प्रकारका जिम्मेवारीबाट छुटकारा पाउन ताङ्वे समुदायका गुरुङले ५७ वर्ष पुगेपछि थच्याङ गर्ने प्रचलन अझै जीवन्त रहेको ताङ्वे समाजकी अगुवा सङ्गीता ताङ्वे गुरुङले जानकारी दिनुभयो । “हाम्रो समाजमा ५७ वर्ष नपुगिकन थच्याङ गर्न पाइँदैन, थच्याङ गरेपछि सामाजिक कार्यबाट मुक्त भयो भन्ने सन्देशसहितको संस्कृति हो”, गीता ताङ्वे गुरुङले भन्नुभयो, “गाउँले बोलाएको र तोकेको जिम्मेवारीबाट थच्याङ गर्ने व्यक्तिमुक्त हुन्छ, यद्यपि स्वेच्छिक रूपमा काम गर्ने व्यक्तिलाई थच्याङले अवरोध पार्दैन ।” उहाँका अनुसार ताङ्वे समाजमा ५७ वर्ष पुगेको उत्सव थच्याङ सबैका लागि अनिवार्य हुँदैन । यो समुदायमा सक्नेले थच्याङ गर्छन्, नसक्ने व्यक्तिलाई थच्याङ गर्नुपर्छ भन्ने अनिवार्य नहुने ताङ्वे समाजकी अगुवा सङ्गीताले उल्लेख गर्नुभयो । उहाँका अनुसार थच्याङ व्यक्ति र परिवारसँग जोडिएको एक पृथक संस्कृति हो । पहिलापहिला बिहेबारी धुमधामले गर्न नसकेकाहरूले जीवनको उत्तराद्र्धमा थच्याङ संस्कृतिमार्फत उत्सवका रूपमा मनाउने परम्परा रहेको समाजकी सङ्गीताले जानकारी दिनुभयो । “यो प्रचलन ताङ्वे गुरुङ समुदायमा मात्रै सीमित छैन । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गतका १९ वटै गाउँका गुरुङ समुदायले स्वेच्छिक रूपमा ५७ वर्ष कटेपछि थच्याङ पर्व मनाउने प्रचलन छ”, उहाँले भन्नुभयो । यो संस्कृति गर्दा कुलदेवताको पूजा गर्ने प्रचलन छ । थच्याङ दुई दिनसम्म चल्छ । यस अवधिमा हिमालको कुलदेवतादेखि समुन्द्रभित्रसम्म सांस्कृतिक प्रचलनअनुसार गीत गाउँदै बिदा माग्ने गरिन्छ । संसारिक दुनियाँको प्राणी जगत्, वनस्पतिलगायत छुटकारा पाउने संस्कृति प्रचलन थच्याङ हो । थच्याङ गर्ने व्यक्ति र परिवारलाई गाउँसमाजले ठेकीमा छ्याङ (रक्सी) र खादा लगेर पहिलो आर्शिवाद दिने गरिन्छ । त्यसपछि ताङ्वे समुदाय र अन्य साथीभाइ इष्ट्रमित्रहरूले खादा लगाइदिएर आर्शिवाद दिने प्रचलन रहेको सङ्गीताले उल्लेख गर्नुभयो । “आर्शिवाद दिँदा पुरुष व्यक्ति ९९ वर्ष र महिला व्यक्ति ८९ वर्ष बाँचोस् भन्ने कामना गरिन्छ । ताङ्वे समाजमा बिहेबारी गर्दा पुरुषभन्दा महिलाको उमेर १० वर्ष कम हुनुपर्छ भन्ने सांस्कृतिक मान्यता छ”, उहाँले भन्नुभयो । थच्याङको दोस्रो तथा अन्तिम दिन समापन हुँदा ५७ वर्ष पुगेका व्यक्ति र उहाँका परिवारलाई घोडामा चढाएर गाउँ परिक्रमा गराइन्छ । घोडामा चढाउँदै समाज र सबैसामु सामाजिक कामबाट मुक्त भएको सन्देश दिने थच्याङ संस्कृतिको मुख्य विशेषता रहेको उहाँले बताउनुभयो ।यसैबीच, सोमबार मुस्ताङको जोमसोममा थच्याङ संस्कृति झल्किने गरी परिक्रमा गरिएको छ । समाजका ५७ वर्ष कटेका व्यक्तिको बिदाइमा कुलदेवतालाई सम्झदै ‘जीवनको गतिशील कर्मबाट मुक्त भयो’ भन्दै ताङ्वे सांस्कृतिक गुरुङ भाषामा गीत गाउँदै पुरुष र महिलाले गाउँ परिक्रमा गराइएको हो ।ताङ्वे समुदायले थच्याङ गर्दा स्वदेश तथा विदेशमा बस्ने सबै समुदायका मानिस एक ठाउँमा भेला हुने भएकाले यसले छरिएर रहेका समुदायलाई एकापसमा जोड्ने पुलको काम गरिरहेको स्थानीय देवसिंह ताङ्वेले जानकारी दिनुभयो । उहाँका अनुसार यो संस्कृतिमा समुदायका महिला तथा पुरुष स्थानीय मौलिक वेषभूषा र गरगहना लगाएर चिटिक्क सजिसजाउ हुने गर्दछन् । नाचगान गरेर आपसमा रमाइलो गरी यसलाई उत्सवका रूपमा मनाउने प्रचलन रहेको उहाँको भनाइ छ ।
एसियन बुद्धिस्ट सांस्कृतिक महोत्सव सम्पन्न
काडमाडाैँ, वैशाख २२ गते । चौथो एसियन बुद्धिस्ट सांस्कृतिक महोत्सव २०२५ सम्पन्न भएको छ । लुम्बिनीमा आयोजना भएको सम्मेलन विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो । महोत्सवमा बौद्ध धर्मका विभिन्न धार्मिक अनुष्ठान र प्रवचन र विभिन्न कार्यक्रमहरू आयोजना भएको थियो । तीन दिनसम्म चलेको महोत्सवमा विश्वभरका बौद्ध धर्म अनुयायीहरू, विद्वानहरू, युवाहरू र संस्कृति अनुरागीहरूको सहभागिता थियो । लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध दर्शन, अध्यात्म र शान्तिको केन्द्रका रूपमा अझ सुदृढ बनाउने लक्ष्यका साथ महोत्सवको आयोजना गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले बताउनुभयो । प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा पर्यटन मन्त्री, प्रदेशका मुख्य मन्त्री लगायत अतिथिहरूको सहभागिता थियो । यस महोत्सवमा चीन, थाइल्यान्ड, श्रीलङ्का, क्याम्बोडिया, म्यानमार, भुटान, जापान, दक्षिण कोरिया, भारत लगायत ५० भन्दा बढी राष्ट्रका प्रतिनिधि सहभागी थिए। महोत्सव बौद्ध दर्शन र संस्कृतिको प्रवर्द्धन गरी विश्वशान्ति, सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले सारिपुत्र फ़ाउण्डेशनको आयोजनामा नेपाल सरकार लुम्बिनी विकास कोष, चाइनिज कल्चर प्रोमोशन सोसाइटी, लुम्बिनी विश्वविद्यालय, वर्ल्ड एलायन्स फर बुद्धिस्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वुजोउ पीस कलिग्राफी एण्ड पेन्टिङ एकेडेमी संस्थाहरुको सहकार्यमा सम्पन्न भएको हो। सारीपुत्र फ़ाउण्डेशनका अध्यक्ष भन्ते सुमंगलोका अनुसार यो महोत्सवको आयोजना सन् २०११ मा पहिलो पटक क्याम्बोडियाबाट सुरु भएको थियो र त्यसयता श्रीलङ्का, थाइल्यान्ड हुँदै यस पटक नेपालको लुम्बिनीमा चौथो संस्करण सम्पन्न भएको हो। यस आयोजनाले लुम्बिनीको मात्र नभई रामग्राम, मधुवन र विशेष गरेर तिलौराकोटको अन्तर्राष्ट्रिय स्तरमा उच्च तहमा प्रचार हुन सहयोग पुगेको बताउनुभयो। यसका साथै स्थानीय पर्यटन र आर्थिक विकासमा समेत टेवा पुगेको र पुर्याउने अपेक्षा गरिएको बताउनु भयो।यसै गरी उक्त महोत्सवले आध्यात्मिक एवं सांस्कृतिक प्रभाव मात्र नभई ,विश्व समुदायमा नै करुणा, सहिष्णुता र शान्तिको सन्देश दिने एउटा उदाहरणीय प्रयास भएको पनि बताउनुभयो। महोत्सवको पहिलो दिनको, साँझमा लिटिल बुद्धको परिसरमा आयोजित “महादीप प्रज्वलन कार्यक्रम” विशेष आकर्षण बनेको थियो । सारिपुत्र फाउन्डेसन र लुम्बिनी विकास कोषको सहकार्यमा आयोजित यस कार्यक्रममा ६० हजार बत्ती बालिएको थियो, जसले करुणा, शान्ति र एकताको सन्देश विश्वभर फैलाएको थियो। हजारौँ भिक्षु, भिक्षुणी, अतिथि तथा भक्तजन यस अवसरमा उपस्थित थिए।हालै म्यानमारमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्पका पीडितहरूप्रति श्रद्धाञ्जली र प्रार्थना पनि गरिएको थियो।
संस्कृति जोगाउन घोडा दौड
वीरगन्जका प्राचीन कला र संस्कृति जोगाउन वीरगन्ज महानगर–१६, नगवामा घोडा दौड प्रतियोगिता गरिएको छ । नेपाल र भारतबिच प्राचीन समयदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिन घोडा दौड आयोजना गरिएको हो ।
आपसी मित्रता, प्रेम र सद्भाव जागृत गराउन आवश्यक : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने बताउनु भएको छ ।
पदयात्रा प्रतियोगिता सम्पन्न
कैैलालीको चिसापानी–धुलिकोट पदयात्रा प्रतियोगिता सम्पन्न भएकोे छ । नवलसिंह रावल फाउन्डेसनले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घा
गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन गर्नेको भीड
काठमाडौँ, वैशाख १९ गते । रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथको पूजाआजा गर्नेको भीड लागेको छ ।रथलाई पुलचोकबाट तानेर बिहीबार गाःबहाल पुर्याइएको थियो । आज बिहान गाःबहालमा रातो मत्स्येन्द्रनाथको पूजा गर्नेको भीड रहेको छ । रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । पुलचोक, गाःबहाल, सुनधारातर्फ महाबौद्ध र चाकु बहाल हुँदै लगनखेल, पोडे टोल र जावलाखेलमा परिक्रमा गराइन्छ । मत्स्येन्द्रनाथको जात्राका क्रममा नरिवल खसाल्ने जात्रा र भोटो देखाउने जात्रा पनि पर्छन् । जावलाखेल पुर्याएपछि रथबाट भोटो देखाएर जात्रा समाप्त गरिन्छ । हरेक दिन रथ तानेर पुर्याइएका ठाउँमा जात्रा मनाइन्छ । रातो मत्स्येन्द्रनाथको दर्शन गरेमा सुख शान्ति र समृद्धि मिल्ने विश्वास छ । यो नेपालकै सबैभन्दा लामो जात्रा पनि हो । मत्स्येन्द्रनाथलाई अवलोकेत्श्वर, बुङ्गद्धया लगायत नामले पनि पुकारिन्छ । ललितपुरको पुल्चोकमा तयार पारिएको ३२ हात अग्लो रथमा रातो मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको चौथो दिनबाट रथयात्रा सुरु गरिएको हो । आज शुक्रवार बिहानै गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन र पूजा गर्ने दर्शनार्थीको भीड छ ।
सुरु भयो रातो मच्छिन्द्रनाथको जात्रा (फोटो फिचर)
बिहीबारदेखि रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको छ। मच्छिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्याएर बिराजमान गराएपछि विधिवत रुपमा मच्छिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ।
लुभुमा महालक्ष्मी महाभैरव जात्रा
ललितपुरको लुभुमा महालक्ष्मी महाभैरवको जात्रा सुरु भएको छ । पाटनमा रातो मत्स्येन्द्रनाथको रथारोहण भएसँगै अक्षय तृतीयाको दिनदेखि लुभुमा महालक्ष्मी महाभैरवको जात्रा सुरु हुने गर्छ ।
कानपा-२२ का सम्पदाहरू चित्रकलामा
काठमाडौँ महानगरपालिका-२२ का मन्दिर, चैत्य, वहाः वही, सम्पदाहरू चित्रकलामा जीवन्त भएका छन् ।
रातो मच्छिन्द्रनाथको रथारोहण
‘वर्षा र सहकाल’का देवता रातो मत्स्येन्द्रनाथको रथारोहण गराइएको छ ।
भक्तपुर र काठमाडौँमा खट जात्रा मनाइयो
चाँगुनारायण मन्दिरमा पाँच दिनसम्म सञ्चालन हुने चाँगुनारायण खट जात्रासहित चाँगुनारायण, छिन्नमस्ता र किलेश्वर महादेवको जात्रा भव्य रूपमा मनाइएको छ ।
मनाइयो मातातीर्थ औँसी
‘मातृ देवो भव’ तैत्तिरीयोपनिषद, शिक्षाध्याय ११ मा आमालाई भगवान्को स्थान दिनुपर्ने उल्लेख गरिएको छ ।
मातातीर्थमा बिहानैदेखि दर्शन गर्ने भक्तजनको घुइँचो
काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।
वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै
काठमाडौँ, वैशाख १४ गते । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ ।शास्त्रमा उपाध्याय [पण्डित], आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको उहाँले बताउनुभयो । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो । यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ । मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो । यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्न नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ ।
कतै बग्गी, कतै हेलिकोप्टर
वैशाख महिना विवाहको मौसम ! तर अहिले विवाहको शैलीमा जताततै परिवर्तन आएको छ ।
सस्कृति संरक्षणमा जुट्दै कुमाल समुदाय
यहाँका कुमाल समुदायमा प्रचलित विभिन्न सङ्गीत, नाच, गीत, भेषभुषा लगायतको लोप हुन थालेपछि संरक्षणका लागि समुदायका अगुवाहरू सक्रिय भएका छन् ।
पण्डितपुरमा भेटियो इँटाका पुरातात्त्विक सामग्री
रामग्राम– १८ मा रहेको ऐतिहासिक तथा पुरातात्त्विक स्थल पण्डितपुरमा गरिएको उत्खननको क्रममा जमिनमुनि थप संरचनाहरू भेटिएका छन् । ती संरचनाहरू बुद्ध सँग सम्बन्धित भएको पुरातत्त्व विभागले जनाएको छ ।
पाथीभरा क्षेत्र विकास समिति सम्मानित
धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धनमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै पाथीभरा क्षेत्र विकास समितिलाई नेपाल ज्योतिष परिषद् कोशी प्रदेशले सम्मान गरेको छ ।
साधु बनेका अङ्गुलीमाल
भगवान् गौतम बुद्ध एसियाका ज्योति तथा विश्वशान्तिका अग्रदूत हुन् । भगवान् गौतम बुद्धको जन्म भएको, ज्ञान प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिन वैशाख शुक्ल पूर्णिमाका दिनलाई बुद्ध जयन्ती पर्वका रूपमा मनाइन्छ ।
सिस्नु चिलाएर मनाइने पर्व “बिसु”
सुदूरपश्चिम प्रदेश भाषा, साहित्य, कला, संस्कृति र वेशभूषामा धनी छ । नौ जिल्लामा बाँडिएको यस प्रदेशको अछाम, बाजुरा, बझाङ र कैलालीलगायतका जिल्लामा नयाँ वर्ष फरक ढङ्गले मनाउने परम्परा रहेको छ ।
एक विलुप्त जन्मकुण्डली
केही वर्षअघि रेडियोमा एउटा अनौठो समाचार सुनेको थिएँ ।
लालझाडीमा पाँच करोडमा बनेको आधुनिक पार्क अलपत्र
राना थारूको बाक्लो बस्ती भएको कञ्चनपुरको लाल झाडी गाउँपालिका वा.न. १ मा पाँच करोडको लागतमा आकर्षक उद्यान पार्क निर्माण सम्पन्न नहुँदै अलपत्र परेको छ ।
आयामिक बिस्काजात्राका रौनक आख्यान
मध्यकालीन नेपालको सांस्कृतिक सम्पदा बनेको बिस्काजात्राको रौनक युगीन आयाम बोक्छ । सांस्कृतिक सम्पदा रहेका चाडपर्वका धरोहर आफैँ स्थानीय जनजीवन रहे, बनेको हुन्छ । जहाँ युगीन जीवन छ, त्यहाँ युगीन संस्कार हुन्छ । जहाँ
वाम्बुले भाषा रक्षाको चिन्ता
अनकन्टारमा बोलिने वाम्बुले राई भाषा, साहित्य, संस्कृतिलाई लिएर प्रकाशन गरिएको ‘लिब्जु–भुम्जु’ पत्रिकाको तीन दशक यात्रा जहिल्यै द्रव्याभावमा गुज्रिँदै आएको छ । अल्पसङ्ख्यक समुदायले बोल्ने मातृभाषालाई लिएर गरिने छापा पत्रकारिता समर्पणले मात्र शताब्दी अङ्कसम्म आइपुगेको भन्ने लाग्छ ।शासनव्यवस्था बदलिएसँगै नेपालका मातृभाषाको लेख्य विकास भएको पाइन्छ । मुख्यतः २०४६ सालको राजनीतिक परिवर्तनले त्यो उभार ल्याएको हो । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा–६ ‘राष्ट्रभाषा (१) देवनागरी लिपिमा नेपाली भाषा नेपालको राष्ट्रभाषा हो । नेपाली भाषा सरकारी कामकाजको भाषा हुने छ । (२) नेपालका विभिन्न भागमा मातृभाषाका रूपमा बोलिने सबै भाषा नेपालका राष्ट्रिय भाषा हुन् । धारा–१३ छापाखाना र पत्रपत्रिकासम्बन्धी हक (१) कुनै समाचार, लेख वा अन्य कुनै पाठ्य सामग्री प्रकाशित गर्न पूर्वप्रतिबन्ध लगाइने छैन । (२) कुनै समाचार, लेख वा अन्य कुनै पाठ्य सामग्री मुद्रण गरेबापत छापाखाना बन्द या जफत गरिने छैन । (३) कुनै समाचार, लेख वा अन्य कुनै पाठ्यसामग्री प्रकाशित गरेबापत कुनै समाचारपत्र वा पत्रिकाको दर्ता खारेज गरिने छैन । यसरी संविधानले पत्रपत्रिका प्रकाशन स्वतन्त्रता सुनिश्चित गरेपछि मुलुकका मातृभाषाहरू अभिलेखन उन्मुख भएका हुन् । आज गोरखापत्र दैनिकमा ४५ राष्ट्रभाषाको सामग्री प्रकाशन हुनु त्यसको प्रतिफल हो । पत्रपत्रिकाको आवश्यकता र प्रकाशनको महìव यसले झल्काउँछ । यतिखेर गोरखापत्र बहुभाषिक पृष्ठमा ४५ औँ भाषाका रूपमा प्रकाशन भएको वाम्बुले राई भाषाको विकासव्रmमबारे चर्चा गर्न लागिएको छ । वाम्बुले राई भाषा २०५० सालमा ‘लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिका प्रकाशन आरम्भ भएदेखि साहित्य विकास भएको हो । यो पत्रिका २०८१ सालमा शताब्दी अङ्क छापिएको छ । २०८१ माघ–चैत लिब्जु–भुम्जुको एक सयौँ शृङ्खला प्रकाशित छ । ‘लिब्जु–भुम्जु’ पहिलो अङ्कको सम्पादकीयमा छ, “..आवश्यकताले घचघच्याएको प्रतिफल स्वरूप नेपालको भाषिक बाटिकामा पल्लवित ‘वाम्बुले राई भाषा’ को परिचय, जगेर्ना र विकासका लागि लिब्जु–भुम्जु पत्रिकामार्फत यो प्रयासको थालनी गरिएको छ । नेपालका राईहरूमध्ये वाम्बुले राई पनि एक हो र उनीहरूको आफ्नै भाषा पनि छ भनेर बोध गराउनुको साथै यस भाषालाई इतिहासको विरासत स्वरूप विसर्जन हुन नदिन आवश्यक संरक्षण र विकास व्रmमिक रूपमा गर्नु यस प्रयासका मूलभूत उद्देश्य हुने छन् ।.. प्रथम प्रयास भएकाले प्रस्तुतिमा क्षमा प्रार्थी छौँ । आगामी अङ्कहरूमा स्तरीयता, विविधता तथा निरन्तरता ल्याउन मान्यजन तथा सम्बन्धित सबै पक्षको न्यानो माया र अमूल्य सुझाव तथा सहयोगको हार्दिक अपेक्षा गरेका छौँ ।”पहिलो अङ्कमा लेखिएको छ, “विशेषतः लिब्जु र भुम्जु वरपर क्षेत्रमा मात्र सीमित रहेको तर सो क्षेत्रमा भने बाहुल्यता रहेको भाषा ‘वाम्बुले’ अर्थात् ‘चौरासिय’ नै हो । नेपाल राज्यभित्र अद्यावधि भाषिक अस्तित्वमा रहेका विविध किराँत भाषाहरूमध्ये यो पनि एक हो तापनि यस क्षेत्रमा बोलिने यो जुन भाषा हो परिचयात्मक व्रmममा अद्यापि अनौठो या अनभिज्ञ नै छ भन्नु पर्ला, त्यो के भनेदेखि जुन अन्य किराँती भाषीलाई सोध्दा हामी चाम्लिङ, बान्तवा, थुलुङ भन्ने जवाफ मिल्छ र अधिकांशले आफ्नो थर सगौरव जोड्छन् । त्यसरी नै उल्लिखित भाषाभाषीलाई सोधेमा अकमकिने बरु आआफ्ना पाछा (थर) भन्ने गल्ती गरिन्छ । नामको पछि ‘वाम्बुले’ त आजसम्म कसैले उपनामको रूपमा समेत लेखेको थाहा भएन, अब लेखे के जानौँ, राम्रै हुने भो । बरू अन्यत्रका किराँत दाजुभाइले नै पो यस क्षेत्रकालाई वाम्बुले भन्दा रहेछन्, जबकि यस क्षेत्रमा भने ‘वाम्बुले’ भन्नाले वाम्बुगाउँमा बस्नेलाई मात्र भनिन्छ । यसरी वाम्बुले राईको एकरूपता पहिचानसमेत यसै पत्रिकाले गरेको मानिन्छ । तथ्याङ्कमा वाम्बुले राईकिराँत राई जातिभित्र २६ भाषा बोल्ने समुदाय छन् । राष्ट्रिय जनगणना–२०७८ अनुसार राई जातिको जनसङ्ख्या छ लाख ४० हजार ६७४ रहेको छ । राष्ट्रिय जनगणना–२०४८ देखि विभिन्न जातजाति र भाषाभाषीको तथ्याङ्क सार्वजनिक गर्दै आएको भए पनि उक्त जनगणनाको तथ्याङ्कमा वाम्बुले भाषा उल्लेख थिएन । सरकारले २०५० सालमा बैरागी काइँलाको संयोजकत्वमा ‘राष्ट्रिय भाषा नीति सुझाव आयोग’ गठन ग¥यो । उक्त आयोगले मुलुकमा बोलिने मातृभाषाको सूचीसहित ५८ ब‘ँुदे सुझाव प्रतिवेदन बुझायो । सो सूचीमा वाम्बुले भाषासमेत परेको थियो । आयोगको प्रतिवेदनले वाम्बुले भाषा अस्तित्वमा रहेको औँल्याएपछि २०५४ सालमा वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्था स्थापना भयो । त्यसपछि राई जातिको साझा सामाजिक छाता संस्था किराँत राई यायोक्खाले राष्ट्रिय जनगणनामा बहुभाषिक किराँती राई भाषाको सूची उल्लेख हुनुपर्ने माग राख्यो । राष्ट्रिय जनगणना–२०५८ ले वाम्बुले भाषाको वक्ता सङ्ख्या चार हजार ४७० देखायो । राष्ट्रिय जनगणना–२०६८ ले वाम्बुले वक्ता सङ्ख्या १३ हजार ४७० देखायो । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले १५ हजार ९३२ जनाले वाम्बुले भाषालाई पुर्खाको भाषा उल्लेख गरेका छन् । यस्तै १५ हजार २८५ जनाले मातृभाषाका रूपमा उल्लेख गरेका छन् । जसमा पुरुष सात हजार ४९४ र महिला सात हजार ७९१ रहेका छन् । यसै गरी वाम्बुले भाषालाई दोस्रो भाषाका रूपमा बोल्नेको जनसङ्ख्या पाँच हजार २२७ रहेको छ । वाम्बुले भाषाको वक्ता सङ्ख्या पाँच प्रदेशमा रहेको देखिन्छ । प्रदेश–१ को सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी र उदयपुर जिल्ला गरी १३ हजार २१६ जना छन् । सबैभन्दा धेरै ओखलढुङ्गामा छ हजार ८५५ र खोटाङमा तीन हजार ३९५ जना छन् । उदयपुरमा एक हजार २०८ जना, सुनसरीमा ७१९ जना छन् । यस्तै बागमती प्रदेशको काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुली र चितवनमा एक हजार ७१८ जना छन् । यति थोरै वक्ता सङ्ख्या रहेको वाम्बुले राई समुदायको उत्थानमा ‘लिब्जु–भुम्जु’ पत्रिका समर्पित छ ।लिब्जु–भुम्जु शताब्दी अङ्कको सम्पादकीयमा लेखिएको छ, “..लिब्जु–भुम्जु पत्रिकाले वाम्बुले राई जातिको पहिचान उजागर गर्ने काम गरेको छ । वाम्बुले भाषा, साहित्य, संस्कृतिको प्रवर्धन गर्दै आएको छ । यो पत्रिका प्रकाशनपछि वाम्रास संस्था निर्माण भएको छ । यस संस्थाले ‘वाम्बुले राई शब्दकोश’ प्रकाशन गरेको छ । २५औं वर्षको वाम्बुले भाषाको कविता प्रतियोगिता सम्पन्न भएको छ । वाम्बुले भाषामा तीन गीति एल्बम, दुई चलचित्र, दुई वृत्तचित्र निर्माण, तीन दर्जन पुस्तक कृति प्रकाशित छन् । वाम्बुले स्रष्टाहरूको सिर्जना प्रकाशन गर्ने र उत्कृष्ट रचनालाई पुरस्कृत गर्ने गरिएको छ । त्यस निम्ति लिब्जु–भुम्जु पुरस्कार–२०५५ स्थापित छ । पत्रिका प्रकाशन गर्न सधैँ आर्थिक समस्या न्यूनीकरण गर्न लिब्जु–भुम्जु पत्रिका अक्षयकोष निर्माण गरिएको छ ।” वर्षभरि लिब्जु–भुम्जुमा छापिएकामध्ये उत्कृष्ट एक कविका कवितालाई पुरस्कृत गर्ने गरिएको छ । हालसम्म २४ जना वाम्बुले कविले लिब्जु–भुम्जु पुरस्कार पाएका छन् भने २५ जनाले प्रथम पुरस्कार हासिल गरेका छन् । यस पत्रिकाले वाम्बुले राई भाषा, साहित्य स्रष्टा जन्माउने काम गरेको छ । उनीहरूका विधागत कृति नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रकाशन गर्दै आएको पाइन्छ । यसै गरी नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित ‘सयपत्री’ र ‘खुवालुङ’ पत्रिकामा वाम्बुले भाषाका सामग्री प्रकाशन हुँदै आएका छन् । मातृभाषा बालबालिकालाई पठनपाठन गर्न सके मात्र दीर्घजीवी बन्न सक्छ । त्यस निम्ति ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकाको नौमध्ये छ वटा वडा र हलेसी तुवाचुङ नगरपालिकाको वडा नं.१ र २ मा वाम्बुले राईहरूको सघन बसोबास रहेको छ । सम्बन्धित मातृभाषा समुदायको मागलाई स्थानीय पालिकाले बेवास्ता गरेकाले हालसम्म वाम्बुले भाषामा पठनपाठनको व्यवस्था हुन सकेको छैन । अन्तमा भारतको बनारसबाट सन् १९३७ फब्रुअरीदेखि तीन दशकभन्दा बढी प्रकाशित ‘उदय’ मासिक साहित्यिक पत्रिकाका सम्पादक काशीबहादुर श्रेष्ठ (सन् १९११–१९९०) सँग महानन्द पौड्यालले १९८२ अगस्तमा लिनुभएको अन्तर्वार्ताको अंश मननीय छ । ‘उदय’ को प्रकाशनसम्बन्धी कामबाट उपलब्ध गरेका केही तिता मिठा अनुभव बताउनुहुन्छ कि ? भन्ने सवालको जवाफमा श्रेष्ठले भन्नुभएको छ, “तिता अनुभव त द्रव्याभाव आइ नै रहन्थ्यो । कतिपय एजेन्टले बिच बिचमा पैसा नपठाएर धुरुक्क रुवाउँथे र मलाई पैसाले फिट्फिटी पथ्र्यो । यसो हुँदा धेरै पटक एजेन्टहरूसित तितो पोखेर लेख्नु पनि प¥यो । मिठा अनुभव धेरै गरेँ । धेरै मित्रले मलाई वार्षिक ग्राहक बनाइदिएर सहयोग दिए । म कृतार्थ भएँ । नयाँ मित्रहरू बनाउने सौभाग्य मिल्यो । मलाया, बर्मादेखि लिएर भारत, नेपाल, सिक्किम सबैतिर नयाँ नयाँ शुभचिन्तक साथीहरू बनिए । ‘उदय’ ले खुबै नाम कमायो ।.. पुराना, नयाँ लेखकहरूले पनि मलाई पूरै आशीर्वाद दिए । त्यही आशीर्वादले आजसम्म जीवित छु । अरू आशीर्वाद पाए अरू बाँच्ने थिएँ (काशीबहादुर श्रेष्ठ स्मृतिग्रन्थ, २०५३)।” उक्त ‘उदय’ पत्रिकाका सम्पादक श्रेष्ठको निधनपछि केही वर्ष बन्द भयो र पछि उहाँकै छोरा दुर्गाप्रसाद श्रेष्ठले पुनः प्रकाशन गर्नुभयो । जम्मा १८३ अङ्क प्रकाशित भयो । नेपाली भाषीका निम्ति बनारस दूर हुन थालेपछि उक्त पत्रिका सधैँका लागि बन्द भइसकेको छ । यस्तै अनकन्टारमा बोलिने वाम्बुले राई भाषा, साहित्य, संस्कृतिलाई लिएर प्रकाशन गरिएको ‘लिब्जु–भुम्जु’ पत्रिकाको तीन दशक यात्रा जहिल्यै द्रव्याभावमा गुज्रिँदै आएको छ । अल्पसङ्ख्यक समुदायले बोल्ने मातृभाषालाई लिएर गरिने छापा पत्रकारिता समर्पणले मात्र शताब्दी अङ्कसम्म आइपुगेको भन्ने लाग्छ । उमेरले २४ वर्षको लक्का जवान छँदा थालेको वाम्बुले मातृभाषामा पत्रिका प्रकाशन यात्रा तीन दशकसम्म टिकाइरहनुको चुनौतीपूर्ण पक्ष हो । भाषिक साहित्यिक पत्रकारिता पुस्तान्तरण विषय बन्न सक्दैन, मात्र मातृभाषा लतले आफैँ हली, बाउसे, रोपाहारको अगुवाइ गर्ने व्रmम जारी छ ।