धीरेन्द्रप्रसाद साह
राजविराज, कात्तिक ८ गते । छठ पर्व अन्तर्गत शनिबार नहाय खाय विधि श्रद्धा र भक्तिसहित सम्पन्न गरिएको छ ।
राजविराजस्थित विभिन्न ठाउँमा व्रतालु महिलाले सूर्यदेवको आराधना गर्दै पवित्र नहाय खाय विधि गरेका हुन् । सो अवसरमा व्रतालु सुनिता कुमारी आत्मशुद्धि र सूर्यपूजाको सङ्कल्पकाे नहाय खायको दिन व्रतालुले नदी, पोखरी वा धारामा स्नान गरी शुद्ध भई अरवा चामल र लौका तरकारीको प्रसाद ग्रहण गर्ने परम्परा रहेको व्रतालु मञ्जु देवीले बताउनुभयो । बयस विधिपश्चात् व्रतालुले सूर्योपासना गर्दै चार दिनसम्मको कठिन व्रत सुरु गर्ने प्रचलन छ ।
स्थानीयवासीले पनि छठ पर्वलाई उत्साहका साथ मनाउनका लागि तयारी तीव्र पारेको अर्का व्रतालु बबिता झाले बताउनुभयो। पोखरी र घाटको सरसफाइ, सजावट तथा प्रकाश व्यवस्थाको काम युद्ध स्तरमा जारी रहेको छ ।
चार दिने कठोर व्रतको पहिलो दिन शनिबार नाहाय खाय, दोश्रो दिन आइतबार खरना, तेश्रो दिन सोमबार उस्ताउँदो सूर्य र अन्तिम दिन मङ्गलबार उदाउँदो सूर्यलाई अर्घ दिई सम्पन्न हुने छ।
यता छठका लागि केरा, नरिवल, नैवेधलगायत आवश्यक सामग्री खरिदका लागि बजारमा निकै भीडभाड बढेको छ।