• १९ वैशाख २०८३, शनिबार

लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु

blog

बेरुत (लेबनान), १९ गते । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।

यसै गरि जररियामा भएको अर्को आक्रमणमा दुई जना महिलासहित चार जनाको मृत्यु भएको र थप चार जना घाइते भएको बताइएको छ । मन्त्रालयले तटीय सहर टायर नजिकै भएको आक्रमणमा एक जनाको मृत्यु भएको र अन्य सात जना घाइते भएकोसमेत जनाएको छ । हबोसमा पनि इजरायलले यस अघि नै निकासी चेतावनी जारी गरिएको थियो । 

लेवनानी राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले इजरायली लडाकु विमानले चेतावनी दिएको एक घण्टा भन्दा कम समयमा आक्रमण सुरु गरेको रिपोर्ट गरेको छ । इजरायली सेनाले इरान समर्थित समूहको युद्धविराम सम्झौताको उल्लङ्घनपछि हेजबुल्लाह विरुद्ध बल प्रयोग गर्ने जनाउँदै स्थानीय बासिन्दालाई सहरबाट कम्तिमा एक किलोमिटर टाढा खुला क्षेत्रमा भाग्न आग्रह गरेको थियो ।

एनएनएले टायरसहित दक्षिण लेबनानका विभिन्न स्थानमा इजरायली आक्रमण गोली प्रहार भएको पनि रिपोर्ट गरेको छ । इजरायल र हेजबोल्लाहबिचको लामो युद्ध रोक्न अप्रिल-१७ मा गरिएको युद्धविरामको बावजुद इजरायलले लेबनानमा घातक आक्रमण जारी राखेको जनाइएको छ । युद्धविरामले इजरायललाई योजना बद्ध आक्रमण विरुद्ध कार्य गर्ने अधिकार प्रदान गरेको छ । 

इजरायली सेनाले दक्षिणी सहर शामामा विस्फोट गरी यारुन सहरका “मठ मन्दिर र विद्यालय“ ध्वस्त पारेको एनएनएले जनाएको छ । अन्तर्राष्ट्रिय रेड क्रस र रेड क्रिसेन्ट सोसाइटी महासङ्घका राष्ट्रिय समाज विकास र समन्वयका लागि उपमहासचिव, जेभियर क्यास्टेलानोसले लेबनानी रेड क्रस स्वयंसेवक मिसनमा जादा आफ्नो जीवन दाउमा राखेर काम गर्नु परेको बताउनुभएको छ । रासस/एएफपी