दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल
दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय सुनाएको छ ।
अर्को युद्धपोत समूह इरानतिर अघि बढिरहेको छ : ट्रम्प
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सार्वजनिक भाषणमा अर्को ‘समुद्री युद्धपोत समूह’ इरानतिर अघि बढिरहेको बताउनु भएको छ ।
बारामा आमाछोराको निर्मम हत्या, तीनजना घाइते
बारा जिल्लाको परवानीपुर गाउँपालिका–१, रहरियाडी टोलमा एकै परिवारका आमाछोराको हत्या भएको छ । अज्ञात व्यक्तिको आक्रमणबाट ५२ वर्षीया आमा र उहाँका ३२ वर्षीय छोरा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
नक्कली नोटसहित दुई भारतीय पक्राउ
रौतहटमा नक्कली नोटसहित दुई जना भारतीय पक्राउ परेको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर गौरले मङ्गलबार नक्कली जस्तो देखिने दुई हजार पाँच सय भारतीय रुपियाँसहित दुई जना भारतीयलाइ पक्राउ गरेको हो ।
साथीको हत्या आरोपमा तीन जना पक्राउ
सँगै घुम्न गएका बेला जिल्लाको जुनीचाँदे गाउँपालिका–४ का १५ वर्षीय खिमराज विष्टको हत्या गरिएको आरोपमा तीन जना साथीलाई पक्राउ गरिएको छ ।
तीन नाल भरुवा बन्दुकसहित दुई पक्राउ
। विरूवा गाउँपालिका –२ झागडीमा तीन वटा भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रु २७ लाख ८० हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
युक्रेन युद्धमा बङ्गलादेशी कामदारको पीडा
युक्रेन युद्धमा बङ्गलादेशी कामदारलाई नागरिक कामको झुटो आश्वासन दिएर रुस लगिएको र पछि लडाइँमा जबर्जस्ती धकेलिएको एसोसिएटेड प्रेस (एपी) को अनुसन्धानले खुलासा गरेको छ ।
ओखलढुङ्गामा फेरि वृद्ध दम्पतीको बीभत्स हत्या
एक महिनाअघि भएको दम्पत्ति हत्या प्रकरण सेलाउन नपाउँदै ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा फेरि एक वृद्ध दम्पतीको बीभत्स हत्या भएको छ ।
जिउँदो कछुवा खरिद बिक्री गर्ने पक्राउ
केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध रुपमा संरक्षित वन्यजन्तु जिउँदो कछुवा ओसारपसार गरी खरिद बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ ।
प्रतिबन्धित औषधी सहित एक जना पक्राउ
रौतहटको गौर नगरपालिका -२ भन्सार बेरियरबाट सोमबार एक जना पक्राउ परेको छ ।
खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ
नेपाल प्रहरीले अवैध लागूऔषध खैरोे हिरोइनसहित एकजनालई पक्राउ गरेको छ ।
कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
इलाका प्रशासन कार्यालय, लमही, दाङका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेम बहादुर खवाससहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
श्रीमतीको हत्या आराेपमा श्रीमान् पक्राउ
कैलालीमा श्रीमानकाे कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
सामाजिक सञ्जालमा कानुनविपरीत अभिव्यक्ति दिएको आरोपमा अनुसन्धान सुरु
सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता र सामाजिक मर्यादा विपरीत अभिव्यक्ति दिएको आरोपमा एक व्यक्तिविरुद्ध अनुसन्धान सुरु गरिएको छ ।
इजरायली आक्रमणका कारण गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसङ्घको चेतावनी
मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणका कारण गाजामा नागरिकको निरन्तर हत्याको चेतावनी दिएको छ ।
पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु
अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) सिड्नीको पश्चिममा बिहीबार गोली चल्दा तीन जनाको मृत्यु भएको जनाइएको छ ।
अफ्रिकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु
अफ्रिकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहले गरेको आक्रमणमा कम्तिमा ११ जना प्रहरी अधिकारीको मृत्यु भएको सुरक्षा स्रोतले बिहीबार रिपोर्ट गरेको छ ।
निजी हातहतियार बुझाउन प्रशासनको आग्रह
आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अनुमति प्राप्त निजी हातहतियार बुझाउन आग्रह गरेको छ ।
दुई लाख १४ हजार बराबरको अवैध मदिरासहित एक जना पक्राउ
पाँचथर प्रहरीले एउटा सार्वजनिक बसबाट नेपालमा बिक्रीका लागि प्रतिवन्ध लगाइएको सिक्किम मदिरासहित एक जनालाई पक्राउ गरेको छ ।
ब्राउन सुगरसहित दुई जना पक्राउ
मोरङको विराटनगर महानगरपालिका –४ क्षेत्रबाट लागूऔषध ब्राउन सुगर तथा प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ परेका छन् ।
पूर्व सचिव मिश्रासँग विशेषले माग्यो पाँच लाख धरौटी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्व अतिरिक्त सचिव डा. संगीता मिश्रासँग विशेष अदालतले पाँच लाख धरौटी माग गरेको छ।
गैरकानुनी सम्पत्ति आर्जन मुद्दाका सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन मुद्दाका सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पूर्वप्रधानमन्त्री हानलाई २३ वर्ष कैद
दक्षिण कोरियाको एक अदालतले बुधबार पूर्वप्रधानमन्त्री हान डकसुलाई नागरिक शासनलाई केही समयका लागि निलम्बन गर्ने मार्सल लको घोषणामा सहयोग र उक्साहट गरेको अभियोगमा २३ वर्षको जेल सजाय सुनाएको छ ।