शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जयकृष्ण यादव
इनरुवा, वैशाख १३ गते । सुनसरीको इटहरीमा लागुऔषध ट्याब्लेट र क्याप्सुलसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–११ बाट २९ वर्षीय मोहमद सहनेवाजलाई ठुलो परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालयका अनुसार इटहरी–११ स्थित शारदा बिकको घरमा डेरा गरी बस्दै आएका भारतको बिहार राज्य, नरपतगञ्ज स्थायी ठेगाना भएका मोहमद सहनेवाजको कोठाबाट लागुऔषध ट्रामाडोलका ५० हजार ५४० क्याप्सुल र डाइक्लोमिनका नौ हजार पाँच सय ट्याब्लेट गरी कुल ६० हजार ६० ट्याब्लेट/क्याप्सुल बरामद गरिएको हो ।
उक्त लागुऔषधसहित उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।