• १३ वैशाख २०८३, आइतबार

जिल्ला प्रहरी कार्यालयलाई पुस्तक हस्तान्तरण

blog

नारायणगढ समाचारदाता

नारायणगढ, वैशाख १३ गते । विश्वभर विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा सम्पूर्ण किताब नारायणगढले जिल्ला प्रहरी कार्यालय चितवनलाई पुस्तक हस्तान्तरण गरेको छ । 

प्रहरी हिरासत (थुनुवा) कक्षमा रहेका थुनुवाका लागि सम्पूर्ण किताबले ती पुस्तक उपलब्ध गराएको हो । प्रहरीले थुनुवा कक्षमा पुस्तकालय निर्माण गरेको छ । सम्पूर्णका सञ्चालक लेखराम सापकोटाले २० हजार रुपैयाँभन्दा बढी मूल्यका विभिन्न पुस्तक प्रहरी उपरीक्षक गोविन्द पुरीलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो । 

सञ्चालक सापकोटाले थुनुवा व्यक्तिको दैनिकी सहज बनाउन र आचरण सुधारमा पुस्तकले सहज हुने धारणाा राख्नुभयो । प्रहरी प्रमुख पुरीले पुस्तकबाट प्राप्त हुने ज्ञान र चेतनाले व्यक्तिको व्यवहारमा परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।