हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ सडकअन्तर्गत बकैया गाउँपालिका–११ आपचौरको मोडमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नुभएका नेकपा (एमाले) का युवा नेता क्षितिज थेबेले जिल्लाको विकास र समृद्धिलाई आफ्नो जीवनको सर्वोच्च प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
मकवानपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । बिहीवार दिउँसो हेटौँडा उपमहानगरपालिका –१७ सानोगङटेमा विद्युतको ट्रान्समिटरमा काम गर्ने क्रममा करेन्ट लाग्दा मनहरी गाउँपालिका–५ बसन्तपुरका २७ वर्षीय निरज भन्ने आदर्श भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्लाको साविक बेतहनी गाविस क्षेत्रका सरकारी नाममा कायम हुनुपर्ने जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गराएको अभियोगमा सात जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटवार्ता ’निकै राम्रो’ भएको बताउनुभएको छ।
बिस लाख राशीको गोपाल कमला राजभण्डारी रोटरी अवार्डका आवेदन खुला गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले संसद् भवनमा जेनजी आन्दोलनका सहिदहरुको सालिक राख्ने विषयमा भएको प्रगतिबारे जानकारी लिनुभएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर जिल्लामा कूल दुई लाख ६९ हजार २५६ मतदाता रहेका छन्। जसमध्ये एक लाख ३१ हजार ५४९ महिला र एक लाख ३७ हजार ७०७ पुरुष मतदाता छन् भने जिल्लाभरबाट ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
सरस्वती पूजाको पूर्वसन्ध्यामा मूर्तिकारहरूले मूर्तिलाई शृङ्गारिने काम अन्तिम चरणमा पुगेको छ । एक महिनादेखि लगातार मूर्ति बनाउन व्यस्त रहेका मूर्तिकार पर्खाइको समय अन्तिम भइसकेकाले धमाधम श्रृङ्गार गरी मूर्ति ग्राहकलाई दिने पर्खाइमा रहेको विष्णुपुर गाउँपालिका –५ का ४० वर्षिय प्रभु मण्डलले बताउनुभयो ।
सिरहाको चारवटै निर्वाचन क्षेत्रमा दर्ता भएका १३९ मध्ये ८५ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारको संख्या बढी रहेको छ।
आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ ।
नवलपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण घिमिरे तोकिनु भएको छ। दुई दिनअघि यहाँ गजेन्द्रबहादुर आले र बालकृष्ण घिमिरेले कांग्रेस सभापति गगन थापाको हस्ताक्षर भएको टिकट ल्याएर दुवैले उम्मेदवारी दर्ता गराउनु भएको थियो।
सर्लाहीको पश्चिम धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगको मेसिनमा परेर बिहीबार एक मजदुरको मृत्यु भएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी देशैभर भइरहेको छ। यसै क्रममा कास्कीमा चुनावी आचारसंहिता पालनमा कठाइ गर्न थालिएको छ।