नेपालको मेडिकल क्षेत्रलाई प्रवर्धन गर्ने उद्देश्यले नवौँ नेपाल मेडिकल तथा ल्याब प्रदर्शनी हुने भएको छ । वैशाख १७ देखि १९ गतेसम्म काठमाडौँको भृकुटीपण्डपमा सञ्चालन हुने मेडिकल तथा ल्याब प्रदर्शनी (एक्स्पो)मा दुई सयभन्दा बढी मेडिकल स्टलहरु रहने छन् ।
छ तोला सुनका गरगहना सहितको झोला सम्बन्धित व्यक्तिलाई बुझाउने ट्याक्सी चालक लोकबहादुर थापालाई सम्मान गरिएको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
मधेशको जीवनरेखा मानिने हुलाकी मार्गअन्तर्गत सिरहा–धनुषा जोड्ने कमला नदीमा बनाइएको अस्थायी बाँध लगातार दुई दिनको वर्षापछि पानीको सतह बढ्दा भत्किएको छ । बाँध भत्किएसँगै केही समय आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र सारिएको छ । गाउँसभाले इस्मा गाउँपालिका–५ स्थित चाँपटारीमा केन्द्र सार्ने निर्णय गरेको हो ।
गुल्मी रुरुक्षेत्र गाउँपालिका वडा नम्बर(५ बम्घाको सन्नेसी ताग्ला–दोबाटा सडक खण्ड अवरुद्ध हुने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आर्थिक सुधारका कदम अघि बढाइसकेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको सोमबारको भेटमा अर्थमन्त्री वाग्लेले राजस्व अनुसन्धान विभाग खारेज गरिसकिएको, करका दर घटाउने योजना रहेको भन्दै अब राजस्व बढ्न, रोजगारी सिर्जना हुन र अर्थतन्त्रको आकार विस्तार हुन आवश्यक रहेको बताउनुभएको हो ।
सप्तरी प्रहरीले फैसला कार्यान्वयनको सिलसिलामा ७ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्तव्य ज्यान, सवारी ज्यान, चोरी र डाका मुद्दामा अदालतबाट सजाय पाएका प्रतिवादीहरु रहेका छन् ।
लगानीकर्ताले निर्धारित पोर्टलबाटै प्रस्ताव पेस गर्न सक्ने गरी लगानी बोर्ड नेपालले एकल विन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । लगानीकर्तालाई थप सहज वातावरण प्रदान गर्ने उद्देश्यले बोर्डले त्यस्तो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई व्यावसायिक फर्मलाई चार लाख १० हजार रुपियाँ जरिबाना गरेको छ । विभागले सोमबार काठमाडौँका १५ वटा उद्योग तथा व्यवसायी प्रतिष्ठानमा आकस्मिक अनुगमनका क्रममा ठमेलको बेस्ट सपिङ सेन्टर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सञ्चालित कान्तिपुर क्याफे प्रालिलाई जरिबाना गरेको हो ।
वैदेशिक रोजगार विभागले एसोसिएट वेलकम इन्टरनेसनल नामको वैदेशिक रोजगार कम्पनीलाई दुई लाख रुपियाँ जरिबाना गरेको छ । उक्त कम्पनीले कानुनविपरीतको गतिविधि गरेको, विभागको पूर्वस्वीकृति नलिई शाखा कार्यालय सञ्चालन गरेको र सामाजिक सञ्जालमार्फत विज्ञापन गरेको भेटिएपछि विभागको अनुगमन टोलीले सो जरिबाना गरेको हो । यसै गरी विभागको अनुगमन टोलीले वैदेशिक रोजगारसम्बन्धी प्रचलित कानुन, विभागको आदेश तथा निर्देशन पालना नगर्ने मास ह्युमन रिसोर्स र टेस्ला ओभरसिज म्यानपावर कम्पनीलाई आउँदा दिनमा यस्ता गतिविधि नदोहो¥याउन सचेत गराएको छ । यी दुवै कम्पनीबाट आउँदा दिनमा यस्तै प्रकारका गतिविधि दोहोराएमा एसोसिएट वेलकम इन्टरनेसनललाई जस्तै आर्थिक जरिबाना र कम्पनी नै खारेजीसम्म गर्न सकिने गरी निगरानी गरिरहने विभागले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोमबारस्थिर रहेको अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको भाउ भने आज उकालो लागेको छ ।
मुलुकमा चियाको आयातनिर्यात दुवै बढेको छ । स्वदेशी उत्पादन बाहिरी मुलुकमा निर्यात हुने र बाहिरी मुलुकबाट नेपालमा चिया आयात हुने क्रम बढेको तथ्याङ्कले देखाएको छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको माग बढ्दा निर्यातमा वृद्धि भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कले देखाएको छ । उच्च प्रशोधन प्रविधिबाट प्रशोधन भएको चिया उपभोक्ताको रोजाइमा पर्ने भएकाले चिया आयातसमेत बढ्दै गएको तथ्याङ्कले देखाएको छ । नेपालमा उत्पादन भएको ४५ प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने र बाँकी निर्यात हुने गर्छ । नेपालमा उत्पादित ८५ प्रतिशत चिया भारतमा निर्यात हुने र आयात पनि भारतबाट धेरै हुने गर्छ ।
विभिन्न दलका सांसद तथा यस क्षेत्रका जानकारले शिक्षा क्षेत्रमा बजेट वृद्धि गर्नुपर्ने तर त्यसको सदुपयोग गुणस्तर वृद्धिमा हुनुपर्ने बताउनुभएको छ । शिक्षामा कुल बजेटको २० प्रतिशत लगानीका विषयमा छलफल गर्न शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) ले आयोजना गरेको कार्यक्रममा उहाँहरूले यस्तो बताउनुभएको हो । कार्यक्रममा पूर्वस्वास्थ्य राज्यमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले शिक्षा क्षेत्रमा बजेट वृद्धि गर्नुपर्ने तर त्यसको सदुपयोग शिक्षाको गुणस्तर वृद्धिमा हुनुपर्ने बताउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले स्रष्टाहरू मुलुकको अमूल्य पुँजी र पहिचान भएकाले भाषा, साहित्य र संस्कृतिको विकासमा सरकार तथा सम्बद्ध सबै पक्षले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घामा सोमबार आयोजित एक विशेष समारोहबिच ‘भानु साहित्य उद्यान’ शिलान्यास गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।