मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ ।
बेलायतले डाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ कार्यक्रममा भाग नलिने निर्णय गरेको छ । विदेशमन्त्री यभेट कुपरले बिहीबार बेलायत आजको हस्ताक्षर समारोहमा उपस्थित नहुने जानकारी दिनुभयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटामा कुनै पनि उम्मेदवारविरूद्ध दाबी विरोधको उजुरी परेन । जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले दिएको जानकारीअनुसार कुनै उमेदवारविरुद्ध उजुरी परेको छैन ।
सरकारले २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ ।
जापानमा विश्वको सबैभन्दा ठुलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी-कारिवा प्लान्टको पुनः सुरु प्रक्रिया बिहीबार स्थगित गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड सम्बन्धी अडान परिवर्तन गरेपछि पनि डेनमार्कले आफ्नो सार्वभौमसत्तामा कुनै पनि प्रकारको वार्ता गर्न नसकिने स्पष्ट पारेको छ ।
फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गर्नेमा २५ वर्षका युवादेखि ६४ वर्षीय वृद्धासम्मले उम्मेद्वारी दिएका छन् । उम्मेद्वारी दिनेमा अधिकांश युवा छन् ।
रौतहटको फतुवा विजयपुर नगरपालिका–८, विजयपुरमा विद्यार्थीलाई पोशाक वितरण गरिएको छ ।
कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेपछि ८१ जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । कारागार कार्यालयले साउनदेखि हालसम्म देशका विभिन्न कारागारमा उनीहरूलाई स्थानान्तरण गरेको हो ।
अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) सिड्नीको पश्चिममा बिहीबार गोली चल्दा तीन जनाको मृत्यु भएको जनाइएको छ ।
त्रिभुवन विश्वविद्यालयले विभिन्न सङ्कायमा विद्यार्थीसँग लिँदै आइएको शुल्कको पुनरावलोकन गर्न बनेको कार्यदलले आजदेखि काम थालेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदान स्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको तीन तहमा वर्गीकरण गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा गौतमले दुर्घटना न्यूनीकरणका लागि सरकारी निकायको समन्वय र नागरिक सचेतना अपरिहार्य रहेको बताउनुभएको छ ।
झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेसँगै नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साह (बालेन) सँग अहिले स्थानीयले तस्बिर लिने क्रेज बढेको छ ।
बुटवलमा सञ्चालन गर्ने तयारी गरिएको कृषि मेला प्रतिनिधिसभा निर्वाचनको आचारसंहिताका कारण स्थगित भएको छ ।