नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले विशेष कार्यक्रम गर्दै बिहीबार ‘शान्ति कविता गोष्ठी’ सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि अग्रज कवि तुलसी दिवस, संस्थाका संरक्षक कवि डा. विमल कोइराला, अध्यक्ष कवि मोमिला, एनएलजीआइका प्रमुख कार्यकारी अधिकृत सुनीलवल्लभ पन्तलगायतले ‘कलाश्री’ साहित्य वार्षिक अङ्कको विमोचन गर्नुभयो ।
नइ एकेडेमीले आउँदो चैतमा ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्ने भएको छ । चैत २७, २८ र २९ गते (अप्रिल १०, ११ र १२) का दिन काठमाडौँमा सम्मेलन आयोजना गरिने एकेडेमीले जनाएको छ ।
मिसेस नेपाल इन्टरनेसनल–२०२५ सन्जु भट्ट अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्ड–२०२६ मा सहभागिता जनाउन बिहीबार संयुक्त राज्य अमेरिकाको लस भेगासतर्फ प्रस्थान गर्नुभएको छ । सन्जु रिबन इन्टरटेनमेन्टद्वारा केही अघि राजधानीमा सम्पन्न मिसेस नेपाल वल्र्ड प्रतियोगितामा मिसेस नेपाल इन्टरनेसनल–२०२५ बन्नुभएको थियो ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा शुक्रबार मौसममा बदली हुने पूर्वानुमान गरेको छ ।
बर्दिया जिल्लामा ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले ३७ वर्षअघि सुरु भएको बबई सिँचाइ आयोजनाको काम ७६ प्रतिशत सम्पन्न भएको छ । आर्थिक वर्ष २०४५/४६ देखि सुरु भएको काम आव २०८२/८३ सम्म पनि सकिएको छैन । तोकिएको समयमा काम सम्पन्न नहुँदा राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको आयोजनाको लागतसमेत बढ्दै गएको छ । कृषकको सिँचाइ गर्ने आशासमेत लम्बिँदै गएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४६ रूपियाँ ३२ पैसा र बिक्रीदर १४६ रूपियाँ ९२ पैसा तोकिएको छ ।
शून्य लागतमा वैदेशिक रोजगारीमा गएर मासिक ६० देखि ६५ हजार रुपियाँ कमाइ हुन्छ भन्दा जोकोहीलाई पत्याउन गाह्रोे पर्छ । अधिकांश युवाले खाडी र मलेसियामा मासिक ३०/३५ हजार कमाउन जानका लागि दुई/तीन लाख रुपियाँसम्म तिरेर गइरहेको बेलामा शून्य लागतमा विदेश जान पाइन्छ भन्दा नपत्याउनु स्वाभाविक पनि हो तर मलेसियाको विस्ट्रोन टेक्नोलोजी एसडिएनबिएचडी नामक कम्पनीले नेपालबाट शून्य लागतमा यो वर्ष आठ सय श्रमिक लैजाने गरी माग गरेको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रत्येक नेपालीको जीवनमा आनन्द, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले शुक्रबार दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्दै छ । कांग्रेसका सचिव प्रकाश शर्माका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो । कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्य पहिलो पटक केन्द्रीय कार्यालय सानेपा पुग्नुहुने छ ।
आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ कार्यलाई तीव्रता दिइएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ ।
भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा पनि उच्च सावधानी अपनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको पश्चिम बङ्गालमा निपाह भाइरस देखिएपछि त्यस क्षेत्रबाट भित्रिने नाकामा उच्च सावधानी अपनाउन सुरु गरेको छ ।
हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ सडकअन्तर्गत बकैया गाउँपालिका–११ आपचौरको मोडमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नुभएका नेकपा (एमाले) का युवा नेता क्षितिज थेबेले जिल्लाको विकास र समृद्धिलाई आफ्नो जीवनको सर्वोच्च प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।