प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध उजुरी परेन ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक करोड अठासी लाख रुपियाँ बढी भेटी रकम सङ्कलन भएको छ। पाथीभरामा पछिल्लो छ महिनाको अवधि अर्थात् चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा उक्त भेटी रकम सङ्कलन भएको हो।
आगामी फागुन २१ को निर्वाचनका लागि आवश्यक ३७ प्रकारका सामग्री जिल्ला निर्वाचन कार्यालय इलामले खरिद गरी भेला गर्नेक्रम सुरु गरेको छ । जिल्ला निर्वाचन कार्यालयले सियोदेखि सलाईसम्मका सामग्री खरिद गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सङ्खुवासभामा आवेदन दिइएका निर्वाचन प्रहरी छनोटका लागि खाँदबारी रङ्गशालामा आज परीक्षा लिइँदै ।
धनुषाधाम नगरपालिका–६, हरिपुरस्थित खेतमा जङ्गली जनावरबाट बाली जोगाउन लगाइएको विद्युतीय बारमा करेन्ट लागेर बिहीबार एक जनाको मृत्यु भएको छ ।
जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
मर्स्याङ्दी नदीमा बन्न लागेको ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजना बनाउन जिल्लास्थित सबै राजनीतिक दलहरु सहमत भएका छन् । आयोजनाले स्थान र डिजाइन परिवर्तन गर्ने भएपछि दलहरु निर्माण गर्न दिन सहमत भएका हुन् ।
नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा बिहीबार भएको खेलमा नेपाल माल्दिभ्ससँग २–१ गोलले पराजित भयो ।
चुरे क्षेत्रकोबीचमा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित ‘तुई’ उपत्यकामा मानव सभ्यताको इतिहास खोज्न थालिएको छ ।
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्यले अफगानिस्तानको राजधानी काबुलको रेस्टुरेन्टमा भएको आक्रमणको कडा निन्दा गरेका छन् जसमा धेरै नागरिक मारिनुका साथै घाइते भएका छन् ।
पाकिस्तानको सबैभन्दा ठुलो सहर कराचीस्थित एक मलमा भएको भीषण आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ५५ पुगेको कराचीका एक सरकारी अधिकारीले बिहीबार बताएका छन् ।
अफ्रिकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहले गरेको आक्रमणमा कम्तिमा ११ जना प्रहरी अधिकारीको मृत्यु भएको सुरक्षा स्रोतले बिहीबार रिपोर्ट गरेको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कमजोर बनाउने र सामाजिक सद्भावलाई भड्काउने तत्वहरुबाट सजग बन्न आग्रह गर्नुभएको छ ।
लामो समयसम्म प्रधानमन्त्री रहनु भएकी शेख हसिनालाई अपदस्थ गरेको सन् २०२४ को विद्रोहपछि बङ्गलादेशको पहिलो राष्ट्रिय चुनावका लागि बिहीबारदेखि औपचारिक प्रचार अभियान सुरु भएको छ ।