शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख १६ गते । आइसिसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा ओमानले नेपाललाई ३०६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुमा ब्याटिङ रोजेको ओमानले पूरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा ३०५ रन बनाएको हो । ओमानका लागि कप्तान जतिन्द्र सिंहले शतकीय पारी खेल्नुभयो । उहाँले ९६ बलमा १३० रन बनाउनुभएको हो ।
बलिङमा खराब सुरुवात गरेको नेपालका लागि सोमपाल कामीले चार विकेट लिनुभयो । उहाँले नौ ओभर बलिङ गर्दा ५९ रन दिएर चार विकेट लिनुभएको हो । सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान दुई, दुई विकेट हात पर्नुभयो । अन्य बलरले भने कुनै विकेट लिन सकेनन् ।