• १६ वैशाख २०८३, बुधबार

यसअघि राष्ट्रिय सभा संसदीय दलको नेता सिटौला

राष्ट्रियसभा कांग्रेस संसदीय दलको नेतामा पन्त, प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

blog

कमलादेवी पन्त, वासना थापा र निश्कल राई ।

काठमाडौँ, वैशाख १६ गते । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय सभामा पार्टीको संसदीय दलको नेता पदमा कमलादेवी पन्तलाई मनोनयन गर्नुभएको छ । यसअघि राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता कृष्णप्रसाद सिटौला हुनुहुन्थ्यो ।

कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०८३) बमोजिम उहाँले सांसद पन्तलाई उक्त पदमा मनोनयन गर्नुभएको हो ।

यसैगरी, नेता आङदेम्बेले प्रतिनिधिसभामा पार्टीका तर्फबाट संसदीय दलको उपनेतामा अभिषेकप्रताप शाह, मुख्य सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गर्नुभएको नेपाली कांग्रेसले जनाएको छ ।