शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, वैशाख १६ गते । नेपाली सेनाका तीन सहायक रथी उपरथी दर्जामा पदोन्नति हुनुभएको छ ।
यही वैशाख १० गतेको मन्त्रिपरिषद् बैठकले प्राविधिक सहायक रथी डा. भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र शक्तिजङ्ग बस्नेतलाई उपरथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो ।
प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा आज आयोजित समारोहमा उहाँहरुलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कार्यक्रममा सेनाका बलाधिकृत, रथीवृन्द, अधिकृतलगायत पदोन्नति हुनुभएका रथीवृन्दहरूको परिवारजनको उपस्थिति थियो ।