• १६ वैशाख २०८३, बुधबार

जाकाराण्डा फूलले भरेको सुन्दरता (फोटो फिचर)

blog

ललितपुरको महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको जाकाराण्डा फूल । तस्बिर: केशब गुरुङ ।

ललितपुर,  वैशाख १६  गते । ललितपुर महानगरपालिका–१४, महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको जाकाराण्डा फूलले त्यस क्षेत्रको सौन्दर्य बढाएको छ।  

हरेक वर्ष वसन्त ऋतुमा सातदोबाटोदेखि एकान्तकुनासम्मको सडक छेउमा जाकाराण्डा यसरी नै ढपक्कै फुलेको देखिन्छ । जसले चक्रपथ क्षेत्रको शोभासमेत बढाएको छ । महालक्ष्मीस्थान चोक, चापागाउँ दोबाटो चोक र थसीखेल चोकमा जाकाराण्डा फूलका ठुला रूखहरू छन् । बैजनी रङ्गमा फुलेको जाकाराण्डा फूलको सुन्दर दृश्यमा धेरै जना रमाइरहेका देखिन्छन् । 

ललितपुर महानगरपालिकाले चक्रपथ छेउमा जाकाराण्डा फूलका बिरुवा रोपेका छन् । तीमध्ये केही फुल्न सुरू गरेका छन् भने केही भर्खर हुर्कंदैछन् । केही रूखहरू फुलेर सडक ढपक्कै ढाकेका छन् । 



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।