• १२ वैशाख २०८३, शनिबार

सुकुम्बासी बस्तीबाट सामान सार्न प्रहरीको सहयोग (फोटो फिचर)

blog

थापाथलिस्थित सुकुम्बासी बस्तिबाट सरसामान सार्दै नेपाल प्रहरी । तस्बिर: केशब गुरुङ ।

काठमाडौँ, वैशाख १२ गते । काठमाडौँको थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्बासी बस्ती खाली गर्ने क्रममा नेपाल प्रहरीले बासिन्दालाई सरसामान सार्न सहयोग गरेको छ ।

शनिबार बिहानैदेखि उक्त क्षेत्रमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ । सामान छिटो र व्यवस्थित रूपमा ओसारपसार गर्न नेपाल प्रहरीले सहयोग गरिरहेको छ ।

बस्तीमा डोजर चलाउनुअघि त्यहाँका बासिन्दाका सरसामान सार्ने काममा प्रहरी सक्रिय रूपमा संलग्न भएको हो । थापाथली क्षेत्रको बस्ती हटाउने काम सम्पन्न भएपछि अन्य नदी किनारका बस्तीहरू हटाउने तयारीसमेत गरिएको छ ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।