मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु
रौतहटमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । गौर गङा–पिपरा सडकखण्ड अन्तर्गत राजदेवी नगरपालिका –१ पथरामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
मतदातालाई विकासबारे स्मरण गराउनुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा –५ का नेता तथा कार्यकर्तालाई जनताको घर–घरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिनुभएको छ। झापाको क्षेत्र नं ५ को क्षेत्रीय समन्वय कमिटीको आजको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो निर्देशन दिनुभएको हो ।
नदीमा बेपत्ता युवाको शव भेटियो
नारायणी नदीमा बेपत्ता एक युवाको शव शुक्रवार भेटिएको छ। नारायणी नदीमा बिहीवार दिउँसो बेपत्ता भएका भरतपुर महानगर पालिका वडा २९ बस्ने बर्ष २९ का सुदिप थापा मगरको शव शुक्रवार दिउँसो भेटिएको शसस्त्र प्रहरी हवल्दार गोताखोर ललितबहादुर खाम्चाले जानकारी दिनुभयो ।
सुरु भएका आयोजना पूरा गराउँछु : नेता गैरे
पाल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार ठाकुर गैरेले आफू निर्वाचित भएमा अघिल्लो कार्यकालमा सुरु भएका विकास योजनालाई निरन्तरता दिँदै समग्र पाल्पाको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा आफू पूर्ण रूपमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
कैलालीमा दुई उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
कैलालीमा दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका मोहनसिंह राठौर र क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका जनकराज पाठकले उम्मेदवारी फिर्ता लिनुभएको हो ।
म्याग्दीमा स्वतन्त्र उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
म्याग्दीमा एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका स्वतन्त्र उम्मेदवार नविन जिसीले शुक्रबार मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिनुभएको हो ।
एउटै पालिकाका पाँच उम्मेदवार
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा पाँच जना उम्मेदवार एउटै पालिकाका रहेका छन् । मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारी (मनोनयन) दर्ता गराउनेमध्ये पाँच जना उम्मेदवार एउटै पालिकाका रहेका हुन् ।
महोत्तरीमा तीन जना बागी उम्मेदवार
महोत्तरीमा प्रतिनिधि सभा निर्वाचन २०८२ मा बागी उम्मेदवारको सङ्ख्या निकै थोरै देखिएको छ । बागी उम्मेदवार थोरै देखिए पनि उनीहरूले नतिजाको दिशा भने मोड्न सक्ने अनुमान गरिएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस
मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव दिनेशकुमार घिमिरेले आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।
मतदाता खोज्दै मुस्ताङका उम्मेदवार पोखरामा
मनोनयन दर्ता गरेपछि नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार योगेशगौचन थकाली मतदाता भेट्न पोखरा निस्किनुभयो । नेकपा (एमाले) का इन्द्रधारा डाढु विष्ट र नेपाली कम्युनिस्ट पार्टीबाट ङुटुक गुरुङसमेत मतदाता भेटघाटका लागि पोखरामा व्यस्त हुनुहुन्छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्तालगत्तै जिल्लामा रहेका नेता, कार्यकर्तासँग सामान्य चुनावी छलफल गरेपछि तिनै ठुला दलका उम्मेदवार मतदाता खोज्दै जिल्लाबाहिर गएका छन् ।
प्रदेशभरि अठार लाख मतदाता
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार पुरुष मतदाता सङ्ख्या नौ लाख १४ हजार ५३५ र महिलाको सङ्ख्या नौ लाख ५५ हजार ५१६ रहेको छ । गण्डकी प्रदेशमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या ४० हजार ९८१ ले बढी रहेको छ ।
पण्डितपुरमा पुनः उत्खनन
पश्चिम नवलपरासीको रामग्राममा रहेको ऐतिहासिक तथा पुरातात्त्विक स्थल पण्डितपुरको उत्खननका क्रममा जमिनमुनि महत्वपूर्ण प्राचीन संरचना भेटिएपछि फेरि उत्खनन गरिएको छ ।
दल बदल्दै चुनावी मैदानमा
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा दल परिवर्तन गरेर उम्मेदवार बन्ने नेताहरूको सङ्ख्या उल्लेख्य देखिएको छ । टिकट नपाएको असन्तुष्टि, राजनीतिक समीकरण र व्यक्तिगत रणनीतिका कारण नेताहरू अन्तिम समयमा दल फेरेर प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन् ।
संवेदनशील मतदान स्थल बढी
आगामी फागुन २१ गते हुने निर्वाचनमा कर्णालीमा सामान्यभन्दा संवेदनशील मतदान स्थल बढी भएको प्रहरीको तथ्याङ्क छ । कर्णालीका १० जिल्लामा कुल ९४१ मतदान स्थलमध्ये ७७९ वटा मतदान स्थल संवेदनशील मानिएको छ । यसमा संवेदनशील ४२० वटा र अति संवेदनशील ३५९ वटा रहेका छन् । सामान्य १६२ वटा मात्र छन् । अस्थायी मतदान स्थल १८ वटा छन् ।
मतदाताका घर घर जाँदै उम्मेदवार
चुनाव आउन ४२ दिन बाँकी रहेको अवस्थामा चुनावी चहलपहल तीव्र भएको छ । उम्मेदवार आआफ्ना प्रचारप्रसारमा जोड दिँदै मतदाताका घर घर जान थालेका छन् । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा जुम्लामा चुनावी माहोल तात्तिँदै गएको छ ।
स्थानीय तहको मत जोगाउने दाउमा उम्मेदवार
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तीन ठुला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गाउँ गाउँ पुगेर आफ्ना पुराना मतदाता जोगाउने दाउमा लागेका छन् ।
भयमुक्त रूपमा चुनाव गराउन सामूहिक प्रतिबद्धता
प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयमुक्त रूपमा गराउने उद्देश्यसहित बाजुराका राजनीतिक दल तथा उम्मेदवारहरूले लिखित रूपमा सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । बाजुरामा २०४८ सालदेखिका हरेक राष्ट्रिय र स्थानीय चुनावमा झडप हुँदै आएका छन् । यस पटकको चुनावमा त्यस्तो नहुने प्रतिबद्धता उम्मेदवारहरूको छ । निर्वाचन प्रक्रियामा नागरिकको स्वतन्त्र मताधिकारमाथि कुनै पनि प्रकारको हनन, दबाब, प्रलोभन वा डरत्रास सिर्जना नगर्ने स्पष्ट प्रतिबद्धता उनीहरूले जनाएका हुन् ।
सात लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार
सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता कायम भएका छन् । यसमा महिला तीन लाख ६४ हजार, पुरुष तीन लाख ४६ हजार ११६ र सात अन्य रहेका जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ ।
प्राध्यापक सम्मेलनको तयारीमा नइ एकेडेमी
नइ एकेडेमीले आउँदो चैतमा ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्ने भएको छ । चैत २७, २८ र २९ गते (अप्रिल १०, ११ र १२) का दिन काठमाडौँमा सम्मेलन आयोजना गरिने एकेडेमीले जनाएको छ ।
सैँतिस वर्षमा छयहत्तर प्रतिशत काम
बर्दिया जिल्लामा ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले ३७ वर्षअघि सुरु भएको बबई सिँचाइ आयोजनाको काम ७६ प्रतिशत सम्पन्न भएको छ । आर्थिक वर्ष २०४५/४६ देखि सुरु भएको काम आव २०८२/८३ सम्म पनि सकिएको छैन । तोकिएको समयमा काम सम्पन्न नहुँदा राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको आयोजनाको लागतसमेत बढ्दै गएको छ । कृषकको सिँचाइ गर्ने आशासमेत लम्बिँदै गएको छ ।
शून्य लागतमा आठ सय श्रमिक मलेसिया जाने
शून्य लागतमा वैदेशिक रोजगारीमा गएर मासिक ६० देखि ६५ हजार रुपियाँ कमाइ हुन्छ भन्दा जोकोहीलाई पत्याउन गाह्रोे पर्छ । अधिकांश युवाले खाडी र मलेसियामा मासिक ३०/३५ हजार कमाउन जानका लागि दुई/तीन लाख रुपियाँसम्म तिरेर गइरहेको बेलामा शून्य लागतमा विदेश जान पाइन्छ भन्दा नपत्याउनु स्वाभाविक पनि हो तर मलेसियाको विस्ट्रोन टेक्नोलोजी एसडिएनबिएचडी नामक कम्पनीले नेपालबाट शून्य लागतमा यो वर्ष आठ सय श्रमिक लैजाने गरी माग गरेको छ ।
विकासको बाधक अस्थिरता
विसं २०१३ देखि नै योजनाबद्ध विकासको थालनी भएको नेपाल सात दशकको प्रयासमा पनि तुलनात्मक रूपमा मानव विकास सूचकाङ्कमा धेरै पछाडि परेको छ । भारत र चीनभन्दा केही वर्षपछि र दक्षिण कोरियाभन्दा पाँच वर्षअघि नेपालमा योजनाबद्ध विकासको थालनी भएको थियो तर मुलुक आज पनि अति कम विकसित मुलुकको सूचीमा अङ्कित छ । नेपाल अहिले अति कम विकसित राष्ट्रको अध्यक्षको जिम्मेवारीमा छ ।
समानुपातिकतर्फको पचहत्तर प्रतिशत मतपत्र छपाइ
आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ कार्यलाई तीव्रता दिइएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ ।
निपाह भाइरस रोक्न उच्च सावधानी
भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा पनि उच्च सावधानी अपनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको पश्चिम बङ्गालमा निपाह भाइरस देखिएपछि त्यस क्षेत्रबाट भित्रिने नाकामा उच्च सावधानी अपनाउन सुरु गरेको छ ।