फेरि घट्यो ब्याजदर
वाणिज्य बैङ्कले जेठका लागि निक्षेपको ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिएका छन् । बैङ्कले जेठका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै निक्षेपको दर थप घटाएका हुन् । उच्च तरलता र कर्जा प्रवाहको सुस्त आर्थिक अवस्थाका कारण बैङ्कले निरन्तर रूपमा ब्याजदर घटाउँदै आएका छन् ।
जडीबुटी छ, प्रशोधन केन्द्र छैन
जडीबुटीको थलो रहेको कर्णाली प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र छैन । सङ्घीयता कार्यान्वयन भएको दशक पुग्न लागिसक्दासम्म पनि प्रदेश सरकारले जडीबुटी प्रशोधन केन्द्र निर्माण गर्न सकेको छैन । साझेदारीमा प्रशोधन केन्द्र निर्माण गर्ने योजना बनाइएको भए पनि काम सुरु हुन नसकेको कर्णालीको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
योगदानकर्ताको स्वस्थ्योपचार सम्झौता
योगदानमा आधारित सामाजिक सुरक्षा कोष र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थबिच स्वास्थ्य सेवा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता तथा उनीहरूका परिवारलाई सहज र गुणस्तरीय स्वास्थ्यसेवा उपलब्ध गराउने उद्देश्यले बिहीबार कोष र उक्त स्वास्थ्य संस्थाबिच सम्झौता भएको हो ।
चिनी निर्यातमा भारतको प्रतिबन्ध
भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ तर नेपालमा भने तत्काल त्यसको असर नपर्ने भएको छ । चिनीको स्वदेशी उत्पादन पर्याप्त भएकाले तत्कालका लागि बजारमा चिनीको अभाव नहुने भएको हो ।
माउन्टेन ड्युको बिक्रीमा रोक
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँको पेप्सीकोलास्थित वरुण बेभरेज (नेपाल) प्रालिको ब्याच नं. १६८ को पेयपदार्थ बिक्रीवितरणमा रोक लगाएको छ । विभागको टोलीले आकस्मिक अनुगमनमा उक्त ब्याचको पेयपदार्थमा कैफियत देखिएको आशङ्कामा बिक्रीवितरणमा रोक लगाएको हो ।
पदाधिकारी खुला प्रतिस्पर्धाबाट
सरकारले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी खुला प्रतिस्पर्धाबाट चयन गर्ने भएको छ । नयाँ नियुक्तिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत आयोगका पदाधिकारी छनोट गर्न तीन सदस्यीय सिफारिस समिति गठन गर्नुभएको छ ।
सगरमाथा आरोहणको बाटो तयार
सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो निर्माण सम्पन्न भएको छ । वसन्तयामको सगरमाथा आरोहणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेको आयोजनामा आठ जना आइसफल डाक्टरको टोलीले सगरमाथा आधार शिविरबाट क्याम्प–२ सम्म निर्माण गरेपछि त्यसभन्दा माथि एक्सपिडिसन अपरेटर एसोसिएसन अफ नेपालले चुचुरोसम्मको बाटो तयार गरेको हो ।
कांग्रेस अनुशासन समिति पुनर्गठन
नेपाली कांग्रेसको अनुशासन समिति पुनर्गठन भएको छ । सभापति गगनकुमार थापाले पार्टीका केन्द्रीय सदस्य तारामान गुरुङको एवं संयोजकत्वमा रहेको समितिलाई पुनर्गठन गर्नुभएको हो ।
पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानबिन समिति गठन
सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रीपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो ।
सरकारको नीति तथा कार्यक्रम पारित
प्रमुख प्रतिपक्षसहितका प्रतिपक्षी दलको अवरोध र बहिष्कारबिच प्रतिनिधि सभाले सरकारको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ । प्रस्ताव निर्णयार्थ पेसका क्रममा प्रतिपक्षी दल अनुपस्थित रहेपछि नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।
कार्यविभाजनसहित मन्त्रीपरिषद् गठन
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रीको नियुक्ति र कार्यविभाजन गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बिहीबार विज्ञप्ति जारी गर्दै गत चैत १३ गते गठित मन्त्रीपरिषद्मा प्रधानमन्त्रीले कार्यविभाजन गरी मन्त्रीपरिषद् गठन गर्नुभएको हो । सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ वटा कायम गरिएको छ ।
सुशासन र आर्थिक पुनर्संरचना प्राथमिकतामा
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मुलुकका विद्यमान आर्थिक चुनौतीलाई सम्बोधन गर्दै समुन्नत नेपालको दिगो आधार तयार गर्ने गरी तयार पारिएको बताउनुभएको छ । सङ्घीय संसद्का दुवै सदनबाट नेपाल सरकारको नीति तथा कार्यक्रम पारित भएपछि आगामी आवको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उहाँले रोजगारी केन्द्रित आर्थिक वृद्धि, संरचनागत सुधार, डिजिटल रूपान्तरण र सुशासनलाई केन्द्रमा राखिने जनाउनुभयो ।
‘जग्गा पाए टहरा आफैँ बनाउँछु’
काठमाडौँको शङ्खमूलस्थित बागमती नदी किनारबाट विस्थापित गोपाल रिजाल बुद्धपूर्णिमाको दिनदेखि ललितपुरको इमाडोलमा बहिनीको डेरामा आश्रित हुनुहुन्छ । पेसाले सवारीचालक रिजाल एकदिन सरकारी होल्डिङ सेन्टरमा बसेर बहिनीको शरणमा पुग्नुभएको हो । उहाँले नियमित काममा जान टाढा भएकाले इमाडोल आएर बसेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले उपलब्ध गराएको होल्डिङ सेन्टरमा बस्न समस्या छैन तर मलाई काममा आउन–जान टाढा भएकाले यतै आएर अर्को व्यवस्था नभएसम्मका लागि बसेको हुँ ।” काठमाडौँ महानगरपालिका वडा नं. १० मै बस्दै आउनुभएका रिजाल निजी कम्पनीमा सवारीचालकको काम गर्नुहुन्छ । उहाँका अनुसार जागिरमा जानुपर्ने बाध्यता छ । उहाँले सरकारले सुकुमवासीका सन्दर्भमा चाँडै अध्ययन गरेर वास्तविक सुकुमवासीको व्यवस्थापन गरिदिने विश्वास व्यक्त गर्नुभयो ।
छानबिनको दायरामा तिस हजार पदाधिकारी
मुलुकमा बहुदलीय व्यवस्था बहाली भएसँगै सार्वजनिक पदमा आसीन बहालवाला र पूर्वपदाधिकारीको सम्पत्ति छानबिन गर्न गठन भएको सम्पत्ति छानबिन आयोगले कार्यारम्भ गरेसँगै विभिन्न पदमा रहेका ३० हजार जनामाथि छानबिन हुने भएको छ ।
प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ ।
मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार बस्ने मधेश प्रदेश सभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ ।
पाथीभराबाट एक करोड छ लाखभन्दा बढी भेटी सङ्कलन
प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा एक महिनामा एक करोड ६ लाख बढी भेटी सङ्कलन भएको छ। वैशाख महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो।
दुई नयाँ चलचित्रहरुको प्रदर्शनी हुँदै
दाङको चलचित्रकर्मीहरुद्वारा स्थानीय रुपमै निर्मित चलचित्र, “इहिरी” र “द रिचुअल” को काठमाडौं थापाथलीमा शनिबारदेखि एक सातासम्म विशेष प्रदर्शन हुँदैछ।
जिल्ला समन्वय समितिका प्रमुख लामा पदमुक्त
निर्वाचन आयोगले जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामालाई पदमुक्त गरेको छ । दल त्याग गरेका कारण आयोगले लामासहित देशभरका १६ जना जनप्रतिनिधिलाई पदमुक्त गरेको हो ।
घरेलु तथा साना उद्योगको भवन पाँच वर्षदेखि अलपत्र
बर्दियाकोे घरेलु तथा साना उद्योग कार्यालयको भवन निर्माणको काम पाँच वर्षदेखि अलपत्र छ । निर्माण कम्पनीले समयमा निर्माण नगर्दा भवन अलपत्र परेको छ । कार्यालय वार्षिक तीन लाख ६० हजार घरभाडा तिरेर बस्न बाध्य छ ।
एमाले सचिवालय बैठक शनिबार १ बजे
नेकपा (एमाले)को सचिवालय बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाइएको छ । एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले बैठकमा समसामयिक राजनीति लगायत सुकुम्बासीका सवालमा छलफल हुने जानकारी दिनुभयो।
मर्स्याङ्दी बेँसी जलविद्युतका लागि जुट्यो लगानी
लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्धित आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नेतृत्वमा ७ अर्ब ५० करोड रुपियाँ ऋण लगानी गर्ने सम्झौता भएको हो ।
अलैंची खेतीतर्फ उत्साहित हुँदै इलामका युवा किसान
विदेशी मुद्रा आर्जनमा एक हिस्सा ओगटेको अलैंची खेतीमा इलामका युवा यतिबेला उत्साहित भएका छन् । यसवर्ष सिजनको सुुरु देखि नै प्रतिमन ९० देखि एक लाख रुपियाँमा कारोबार भएको अलैंचीबाट राम्रो आम्दानी हुुन थालेपछि युुवाहरु अलैंची खेती विस्तारमा लागेका हुन् ।
करेन्ट लागेर एकको मृत्यु
कपिलवस्तुको शिवराज नगरपालिका–३, खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ ।