स्वास्थ्यमन्त्रीद्वारा प्रादेशिक अस्पतालको निरीक्षण
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेले बिहीबार धौलागिरि प्रादेशिक अस्पताल बागलुङको निरीक्षण गर्नुभएको छ ।
नारायणीमा तटबन्ध निर्माण कार्य तीव्र
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका –६ मा रहेको सरकारी विद्यालय मुक्तिनाथ वेद विद्यापिठ र गजेन्द्र मोक्ष दिब्यधाम बचाउन नारायणी नदी किनारमा तटबन्ध निर्माणको कामलाई तीव्रता दिइएको छ ।
कुशलचन्द्रको कृषि क्रान्ति : पाँच जनालाई रोजगारी
पढे–लेखेका युवाहरू जागिरको खोजीमा सहर र विदेश पलायन भइरहेका बेला तनहुँका कुशलचन्द्र अधिकारीले गाउँमै कृषि व्यवसायबाट उदाहरणीय सफलता प्राप्त गर्नुभएको छ ।
आगलागीबाट १६ लाख बराबरको क्षति
ताप्लेजुङको मैवाखोला गाउँपालिका–६, हाफाबुङमा आगलागी हुँदा घर जलेर पूर्णरूपमा नष्ट भएको छ । बिहीबार बिहान करिब ८ बजे स्थानीय रामकुमार लिम्बुको काठ, ढुङ्गा, माटो तथा टिनले छाएको तीन तले घरमा आगलागी भएको थियो ।
छुसाङ–घमी सडकलाई जुट्यो ३ अर्ब १५ करोड स्रोत
गण्डकी प्रदेशको ’लाइफलाइन’ मानिएको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत छुसाङ–घमी सडक कालोपत्रेका लागि स्रोत सुनिश्चित भएको छ ।
पाटे बाघ मृत फेला
बर्दियाको मधुवन नगरपालिका–१ को भलुनि भटुवा र सोमलपुर सामुदायिक वनको ओराही खोलाको छेउमा पाटे बाघ मृत भेटिएको छ ।
गौरवका आयोजना सम्पन्न गर्न सुझाव
नेकपा (एमाले)का संसदीय दलका उपनेता पद्मा अर्यालले आर्थिक रूपान्तरणका लागि राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न हुनुपर्ने बताउनुभएको छ ।
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
गोरखामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बेलुका ९ ः १५ बजेको समयमा गोरखा नगरपालिका –१३ को तीनकिलोस्थित गोरखा आँबुखैरनी सडक खण्डमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
‘कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ’
नेकपा (एमाले) का सांसद कृपाराम राना थारुले कृषिको आधुनिकीकरणविना मुलुकको अर्थतन्त्र बलियो बनाउन नसकिने भन्दै कृषिमा लगानी बढाउन सरकारसँग माग गर्नुभएको छ ।
काठेखोलाको अक्षते–तंग्राम सडक कालोपत्र
जिल्लाको काठेखोला गाउँपालिकाको अक्षते बजारदेखि तंग्राम जोड्ने सडक कालोपत्र गर्न सुरु गरिएको छ । काठेखोला –२ को अक्षतेदेखि वडा ४ तंग्राम जोड्ने सडकको १ किलोमिटर ७ सय मिटरखण्ड कालोपत्र गर्न लागिएको हो ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधिसभा बैठक सुरु भएको छ । विहान ११ बजे सुरु भएको बैठकमा आज प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वार्षिक नीति २०८३–८४ बारेमा सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिनुहुने कार्यसूची छ ।
हनुमान मन्दिरमा पर्वत शैलीको गुफा
प्राचीन हरिद्वार चतराधाममा जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठको अगुवाइमा श्रीहनुमान मन्दिरपरिसरमा आञ्जनेय पर्वत शैलीको गुफा निर्माण भइरहेको छ । चतराधामस्थित श्रीराम तारकब्रह्म पीठमा अवस्थित हनुमान मन्दिरपरिसरमा उक्त शैलीको गुफा निर्माण कार्य अघि बढाइएको हो ।
अव्यवस्थित बसोबासीभन्दा सुकुमवासीको सङ्ख्या बढी
धनुषामा अव्यवस्थित बसोबासीभन्दा भूमिहीन सुकुमवासीको सङ्ख्या धेरै रहेको पाइएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति धनुषाले सङ्कलन गरेको तथ्याङ्क अनुसार जिल्लामा छ हजार ४९७ अव्यवस्थित बसोबासी छन् भने सात हजार ६९४ सुकुमवासी रहेका छन् ।
पर्यटन प्रवर्धनमा गुलाफ
धनकुटाको चौबिसे गाउँपालिकाले गुलाफ फुलाउँदै पर्यटन प्रवर्धन गरेको छ । नर्सरी र खेती विस्तार गर्दै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने योजनामा रहेको पालिकाले गुलाफ खेतीलाई अभियानका रूपमा अघि बढाउँदै गुलाफ पार्क कार्यव्रmम सञ्चालनमा ल्याएको हो ।
रोकिएन तस्करी दैनिक भित्रिन्छन् अवैध सामान
रुपन्देहीको सीमानाकाबाट हुने तस्करीको जालो अझै रोकिन सकेको छैन । प्रहरीले दैनिक जसो तस्करीका अवैध सामान बरामद गर्दै आएको छ । भारतसँग खुला सीमा जोडिएको रुपन्देहीमा अवैध चोरीपैठारी तथा भन्सार छलीका गतिविधि बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले निगरानी कडा बनाएको छ । यही क्रममा प्रहरीले जिल्लाका विभिन्न स्थानमा चेकजाँचलाई तीव्रता दिँदै एक सातामा दुई करोड रुपियाँभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार र मङ्गलबार मात्रै जिल्लाका विभिन्न नाका, बजार क्षेत्र तथा सीमावर्ती गाउँमा गरिएको विशेष चेक
सात सय वर्ष पुरानो बाघभैरव मन्दिर पुनर्निर्माण
बुटवल उपमहानगरपालिका–१, पुरानो बटौलीमा रहेको करिब सात सय वर्ष पुरानो ऐतिहासिक बाघभैरव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिकाले मन्दिरको पुनर्निर्माण सकेर बुधबार क्षमापूजा गरी नवनिर्मित मन्दिरमा बाघभैरव मूर्ति स्थानान्तरण गरेको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल–१ मा रहेको यो ऐतिहासिक बाघभैरव मन्दिर पाल्पाकै नुवाकोटडाँडामा तथा तानसेनको सेन मावि रहेको स्थानमा समेत स्थानान्तरण गरिएको किंवदन्ती रहेको बताउनुभयो ।
खानेपानी पाएपछि वडामा खुसियाली
बैतडीको पाटन नगरपालिका–१ का छ वटा गाउँमा पाँच करोड रुपियाँको लागतमा खानेपानी सञ्चालनमा आएपछि खुसियाली छाएको छ । यहाँका सकार, लदौली, इजर, घोडेधपान, डङ्सिली र सकार–गाउँमा एकै पटक खानेपानी पुगेको हो ।
भाडादरको सूचनापाटी राख्न निर्देशन
प्रदेश सरकारले निर्धारण गरेको भाडादरविपरीत सार्वजनिक यातायातका सञ्चालकले यात्रुसँग भाडा उठाउँदै आएको पाइएको छ । सार्वजनिक यातायातको भाडादर निर्धारण भए अनुसार कार्यान्वयन नभएको पाइएपछि बा
विद्यालयमा शुल्क लिन बन्द
कैलालीको भजनी नगरपालिकामा रहेको कर्मेश्वर माध्यमिक विद्यालयमा शुल्क लिने विषयमा विवाद बढेपछि हाललाई शुल्क लिन बन्द गरिएको छ । विसं २०२४ मा भजनी नगरपालिका–५, कुटीमा स्थापना भएको विद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन हुन्छ ।
सरकारी विद्यालयका नतिजा देखिएन सन्तोषजनक
धनगढीका सरकारी विद्यालयका नतिजा सुधारोन्मुख भए पनि सन्तोषजनक भने हुन नसकेको सरोकारवालाले बताएका छन् । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सरकारी विद्यालयको नतिजा सन्तोषजनक नदेखिएको हो । सुदूरपश्चिम प्रदेशको सरकारी विद्यालयबाट दिएका कुनै पनि विद्यार्थीले चार जिपिए प्राप्त गर्न सकेनन् ।
भाडादरको सूचनापाटी राख्न निर्देशन
प्रदेश सरकारले निर्धारण गरेको भाडादरविपरीत सार्वजनिक यातायातका सञ्चालकले यात्रुसँग भाडा उठाउँदै आएको पाइएको छ । सार्वजनिक यातायातको भाडादर निर्धारण भए अनुसार कार्यान्वयन नभएको पाइएपछि बागमती प्रदेश सभाको सार्वजनिक लेखा समितिले नियमन गर्न प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
प्रयोगमा पूर्वसतर्कता अपनाउन आग्रह
बर्खे धान लगाउने बेला मलको माग र खपत धेरै हुने समय नजिकिँदै गर्दा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वैकल्पिक उपायमार्फत आपूर्ति सहज बनाउने काम गरिरहेको जनाएको छ ।
भट्टद्वारा राजीनामा
नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिनुभएको छ । उहाँले बुधबार आफ्नो पदबाट राजीनामा दिनुभएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
गुणस्तर चिह्न लिन ताकिता
नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर प्रमाण ‘एनएस’ चिह्नका लागि आवेदन दिएर प्रक्रिया अगाडि नबढाएका उद्योगलाई विभागको सक्दो छिटो सम्पर्क आउन निर्देशन दिएको छ । विभागले सूचनामार्फत २०८२ साल साउन १ गतेभन्दा अगाडि नै एनएस चिह्न प्रयोगका लागि आवेदन दिएका तर हालसम्म इजाजतपत्र वा प्रमाणपत्र प्राप्तिका कार्य प्रक्रिया अगाडि नबढाएका उद्योगलाई यस्तो ताकिता गरेको हो ।