विद्यालयमा शुल्क लिन बन्द
कैलालीको भजनी नगरपालिकामा रहेको कर्मेश्वर माध्यमिक विद्यालयमा शुल्क लिने विषयमा विवाद बढेपछि हाललाई शुल्क लिन बन्द गरिएको छ । विसं २०२४ मा भजनी नगरपालिका–५, कुटीमा स्थापना भएको विद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन हुन्छ ।
सरकारी विद्यालयका नतिजा देखिएन सन्तोषजनक
धनगढीका सरकारी विद्यालयका नतिजा सुधारोन्मुख भए पनि सन्तोषजनक भने हुन नसकेको सरोकारवालाले बताएका छन् । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सरकारी विद्यालयको नतिजा सन्तोषजनक नदेखिएको हो । सुदूरपश्चिम प्रदेशको सरकारी विद्यालयबाट दिएका कुनै पनि विद्यार्थीले चार जिपिए प्राप्त गर्न सकेनन् ।
भाडादरको सूचनापाटी राख्न निर्देशन
प्रदेश सरकारले निर्धारण गरेको भाडादरविपरीत सार्वजनिक यातायातका सञ्चालकले यात्रुसँग भाडा उठाउँदै आएको पाइएको छ । सार्वजनिक यातायातको भाडादर निर्धारण भए अनुसार कार्यान्वयन नभएको पाइएपछि बागमती प्रदेश सभाको सार्वजनिक लेखा समितिले नियमन गर्न प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
प्रयोगमा पूर्वसतर्कता अपनाउन आग्रह
बर्खे धान लगाउने बेला मलको माग र खपत धेरै हुने समय नजिकिँदै गर्दा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वैकल्पिक उपायमार्फत आपूर्ति सहज बनाउने काम गरिरहेको जनाएको छ ।
भट्टद्वारा राजीनामा
नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिनुभएको छ । उहाँले बुधबार आफ्नो पदबाट राजीनामा दिनुभएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
गुणस्तर चिह्न लिन ताकिता
नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर प्रमाण ‘एनएस’ चिह्नका लागि आवेदन दिएर प्रक्रिया अगाडि नबढाएका उद्योगलाई विभागको सक्दो छिटो सम्पर्क आउन निर्देशन दिएको छ । विभागले सूचनामार्फत २०८२ साल साउन १ गतेभन्दा अगाडि नै एनएस चिह्न प्रयोगका लागि आवेदन दिएका तर हालसम्म इजाजतपत्र वा प्रमाणपत्र प्राप्तिका कार्य प्रक्रिया अगाडि नबढाएका उद्योगलाई यस्तो ताकिता गरेको हो ।
प्राधिकरणमा दुई सञ्चालक नियुक्त, कामु कार्यकारी निर्देशकमा श्रेष्ठ
नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त हुनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत अंशुकिरण शाही र कृष्ण बसेललाई आगामी चार वर्षका लागि नियुक्त गर्नुभएको हो । काठमाडौँ महानगरपालिका–१५ निवासी शाहीलाई निजी क्षेत्रको र नागार्जुन नगरपालिका–५ निवासी बसेललाई उपभोक्तातर्फ नियुक्त गरिएको हो ।
क्षतिग्रस्त टावर बन्न एक महिना लाग्ने
तीन महिनाअघि सञ्चालनमा आएमा कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी विद्युत् प्रसारण लाइनका दुई वटा टावर गत शनिबारको ठुला हावाहुरीका कारण ढलेपछि बनाउन थालिएको छ । बुधबारदेखि ती टावर पुनः बनाउन थालिएको हो ।
इन्भेस्टमेन्ट मेगा बैङ्कका सिइओ पाण्डे पक्राउ
दूरसञ्चार सेवाप्रदायक स्मार्ट टेलिकमसँग सम्बन्धित ठगी तथा आपराधिक विश्वासघात मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गरेको छ ।
पूर्वाधारमा रूपान्तरणकारी योजना
सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पूर्वाधार विकासका लागि नवीन र रूपान्तरणकारी योजना अगाडि सारेको छ । नीति तथा कार्यक्रमले पूर्वाधार विकास, डिजिटल रूपान्तरण र निजी क्षेत्रको सहभागितालाई मुख्य प्राथमिकतामा राखेको छ ।
अध्यादेश अस्वीकार गर्ने सूचना दर्ता
राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलले सरकारले सदनमा पेस गरेका आठ वटै अध्यादेश अस्वीकार गर्ने सूचना दर्ता गराएका छन् । नेपाली कांग्रेसले चार, नेकपा (एमाले) ले आठ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले चार वटा अध्यादेश अस्वीकार गर्ने सूचना दर्ता गराएको हो । राष्ट्रिय सभामा सत्तापक्षको उपस्थिति शून्य छ । सत्तापक्ष र प्रतिपक्षबिच राजनीतिक सहमति नभई अध्यादेश निर्णयार्थ पेस हुँदा अस्वीकृत हुने छ ।
अब मन्त्रालय अठार वटा मात्र
सरकारले सङ्घीय सरकारका मन्त्रालय २२ बाट घटाएर १८ पु¥याउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णयपश्चात् मन्त्रालयको सङ्ख्या घटाएको हो । सरकारको प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु खर्च कटौती गर्ने तथा कार्यसम्पादन थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित मन्त्रालयको सङ्ख्या घटाइएको हो ।
रास्वपा महाधिवेशन असार पहिलो साता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय भएको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान टुङ्गो लगाउँदै आफ्नो सम्पूर्ण ध्यान सङ्गठन निर्माण र आन्तरिक संरचना सुदृढीकरणतर्फ केन्द्रित गरेको छ ।
डुङ्गामा ढुङ्गा तारेर सुस्ता बचाइँदै
नवलपरासीको सुस्ता गाउँपालिका–५ को बस्तीमा नारायणी नदी पसेर हरेक वर्ष डुबान गर्न थालेपछि तटबन्ध निर्माणको कामलाई तीव्रता दिइएको छ । नयाँ, सस्तो र भरपर्दो आरसिसी ‘प्रोकोपाइन’ प्रविधिबाट तटबन्ध निर्माणलाई तीव्रता दिइएको हो ।
श्रम संस्कृति पार्टीको सचिवमा टीकाराम राई मनोनयन
श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट ३ पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन् । नयाँ जिम्मेवारीअनुसार सुदन किरातीको वरिष्ठ नेता, प्रकाश विकल्प उपाध्यक्ष र सचिवमा टीकाराम राई रहनुभएको छ ।
थामे स्वास्थ्य चौकीको पुनःनिर्माण सुरु
बाढीले बगाएको थामे स्वास्थ्य चौकीको पुननिर्माण कार्य सुरु भएको छ । २०८१ साउन ३२ गते हिमताल फूटेर गएको हिम पहिरोले बगाएको थामे स्वास्थ्य चौकी हिमालयन ट्र्ष्ट नेपालको अगुवाइमा पुनःनिर्माण सुरु भएको हो ।
गोरखापत्र संस्थानको निमित्त प्रमुखमा ओझा नियुक्त
गोरखापत्र संस्थानको निमित्त प्रमुखमा कार्यकारी सम्पादक उमेशकुमार ओझा नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उहाँलाई सो पदमा नियुक्त गरिएको हो ।
सांसदहरूको अवरोधपछि बिहीबार बस्नेगरी बैठक स्थगित
प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि बिहीबार ११ बजेसम्मका लागि संसदं बैठक स्थगित भएको छ ।
महिला बालबालिका मन्त्रीद्वारा बाल सुधारगृहको अनुगमन
नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले बाँके जिल्लास्थित बाल सुधारगृहको स्थलगत अनुगमन गरी त्यहाँको समग्र अवस्था अवस्थाबारे जानकारी लिनु भएको छ ।
‘तिमी छौ त त्यो याद पनि मिठो छ’ बजारमा
राष्ट्रिय सभाका सांसद डा. अन्जान शाक्यको म्युजिक भिडियो ‘तिमी छौ त त्यो याद पनि मिठो छ’ सार्वजनिक भएको छ । ‘रोज’ ‘बहार’ ‘श्रष्द्रापुष्प’, ‘अन्जानपथ’ जस्ता एकल एल्बम र अन्य दजर्न बढी कलेक्सन एल्बममा गीत गाउनु भएकी शाक्यको यो पछिल्लो म्युजिक भिडियो हो ।
संसद् बैठक पुनः सुचारु
स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सुचारु भएको छ । प्रतिपक्षी दलका सांसदहरूको बैठकमा अवरोधपछि दोस्रो पटक स्थगित भएको बैठक पुनः सुचारु भएको हो ।
अवरोधपछि संसद् बैठक दोस्रो पटक स्थगित
प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि संसद् बैठक दोस्रो पटक स्थगित भएको छ ।
संसद बैठकमा प्रतिपक्षी सांसदहरुको अवरोध कायमै
प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरुको अवरोध कायमै रहेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलका सांसदहरुले बैठक अवरोध गर्नुभएको हो ।
सल्यानमा ६ विद्यार्थीले ल्याए ४ जीपीए
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सल्यानका ६ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार जिल्लाका चार विद्यालयका ६ विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका हुन् ।