विद्यार्थीलाई न्यानो कपडा सहयोग
ताप्लेजुङको फुङलिङ नगरपालिकामा –३ मा अवस्थित फुङलिङ आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । आइतबार विसं २०५५ को भानु माविको एसएलसी ब्याचका विद्यार्थीहरूले विद्यालयका २० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् ।
झुठो विवरणबाट नागरिकता दिलाउने वडाध्यक्ष पक्राउ
प्रहरीले सर्लाहीको मलङ्गवा नगरपालिका –७, का वडाध्यक्ष मो. इशा मिकरानीलाई आइतबार पक्राउ गरेको छ ।
कावासोतीमा १६ हप्ते कृषक पाठशाला
राष्ट्रिय कृषि आधुनिकीकारण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले एकीकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन गरेको छ ।
खाल्डोमा डुबेर बालकको मृत्यु
आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइतवार दिउँसो साढे २ बजेतिर पानीमा डुबेर मृत्यु भएको हो ।
गाइभैसीको पोषण सुधारका लागि अनुदान
बर्दियाको बाँसगढी नगरपालिकाले गाई भैसीको पोषण सुधारका लागि पोषण प्रोत्साहन अनुदान दिने गरेको छ । बिमा गरेका पशुहरू व्याएमा मासिक दुई हजार पोषण सुधार अनुदान दिने गरेको हो ।
दाउरा बेचेर गुजारा गर्दै बिपन्न समुदाय
जाडो मौसम बढेपछि बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीमा निर्भर हुन थालेका छन्।
आपङ्गता भएकाहरूको आवाज मिडियामा समेट्न माग
अपाङ्गता भएका आदिवासी जनजाति, सीमान्तकृत समुदायको आवाजलाई सञ्चार माध्यमले अझै प्राथमिकता दिन नसकेको सरोकारवालाहरुले गुनासो गर्नुभएको छ ।
मिर्गौला पीडितका अनेक दुःख
बागलुङ नगरपालिका–१, रामरेखाकी २२ वर्षीया मनिषा बोसेलले ७ वर्षदेखि मिर्गौलाको समस्या भोग्दै आउनु भएको छ । स्नातक तह प्रथम वर्षमा भर्ना भएपछि मिर्गौलामा समस्या देखिएपछि उहाँले २०७६ सालदेखि नियमित डायलायसिस सेवा लिइरहनुभएको छ ।
एमाले बाँकेद्वारा उम्मेदवार सिफारिस
आसन्न फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) ले समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको छ ।
दाङबाट चार पत्रकारको नाम सिफारिस
आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दाङबाट विभिन्न राजनीतिक दलहरूले चार जना पत्रकारको नाम सिफारिस गरेका छन्।
तमोर–मेवा जलविद्युत् आयोजना निर्माण सुरु
ताप्लेजुङमा उत्पादन गर्न लागिएको तमोर–मेवा जलविद्युत् आयोजना निर्माणको काम सुरु भएको छ । बहु प्रतिक्षित तथा चर्चित आयोजनाका रुपमा रहेको १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजना निर्माणको काम सुरु भएको हो ।
एमाले सचिवालय बैठक सुरु
नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा जारी बैठकमा समानुपातिक उम्मेदवारको अन्तिम सूचीबारे छलफल हुने एमाले सचिव महेश बस्नेतले बताउनुभयो ।
एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश
नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ ।
स्वास्थ्य शिविरबाट गाउँमै विशेषज्ञ सेवा
गुल्मीको धुर्कोट गाउँपालिका वडा–४, जैसिथोकमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४०० जनाले सेवा पाएका छन् । जैसिथोक सामुदायिक सिकाइ केन्द्रको आयोजना, बुटबल हस्पिटल प्रालिको सहयोग एवं धुर्कोट गाउँपालिका र ४ नम्बर वडा कार्यालयको समन्वयमा बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।
कालिज पालनबाट वार्षिक ३० लाखको कारोबार
राप्तीसोनारी गाउँपालिका –२, मदुईका उदयाराम पुनले कालिज पालनबाट वार्षिक ३० लाख रुपियाँभन्दा बढीको कारोबार गरेर गाउँमै बसेर विदेशभन्दा धेरै बढी पैसा कमाउन सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ ।
नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण
तराई मधेससहित सप्तरीमा दिन प्रतिदिन अत्यधिक चिसो बढ्दै गएपछि राजविराज नगरपालिकाले आइतबार निःशुल्क दाउरा वितरण गरेको छ ।
बाघको आक्रमणबाट वृद्धाको मृत्यु
बाघको आक्रमणबाट कञ्चनपुरमा एक वृद्धाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका अनुसार भारतको दुधुवा नेशनल पार्कमा घाँस–दाउरा लिन जानू भएकी वृद्धाको बाघले ज्यान लिएको हो ।
आफैँले बोकेको बन्दुक पड्किँदा...
गोरखामा आफैँले बोकेको भरुवा बन्दुक पडकिएर धार्चे गाउँपालिका–४ लाप्राकका टेकबहादुर गुरुङ घाइते भएका छन् ।
कञ्चनजङ्घा आधार शिविर सुनसान
ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसम अर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्र सुनसान बनेको हो ।
सडक विस्तार प्रभावितलाई सहुलियत ऋण माग
हेटौँडा बजार क्षेत्रमा सडक डिभिजन हेटौँडाले डोजर लगाएपछि प्रभावित भएका घरधनी र व्यवसायीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन माग गरिएको छ । मकवानपुर उद्योग वाणिज्य
पुष्पाञ्जलीलाई भाले साथी छिट्टै
कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेका पोथी गैँडा पुष्पा र अञ्जलीका लागि भाले गैँडा छिट्टै पठाइने भएको छ । दुई वर्षअघि चितवनबाट कोशीटप्पु वन्यजन्तु आरक्षको पथरी सेक्टरमा ल्याइएका पुष्पा र
लुम्बिनी, बर्दिया र पाल्पा प्राथमिकतामा
लुम्बिनी प्रदेश सरकारले बुद्ध जन्मस्थल लुम्बिनी, बर्दिया राष्ट्रिय निकुञ्ज र पाल्पालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ ।
उद्योगपति केसीको सालिक स्थापना
पोखरा महानगरपालिकाको काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष उद्योगपति, शिक्षासेवी स्व. सूर्यबहादुर केसीको सालिक शनिबार अनावरण गरिएको छ । स्व. केसी परिवारद्वारा निर्माण गरिएको अर्धकदको सालिक क्याम्पसको हाताभित्र रहेको छ ।
सडक सञ्जालसँग जोडिने भयो महाबै
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको कालीकोटको महाबै गाउँपालिकाको केन्द्रलाई सेराबाडा–पादमघाट सडकसँग जोड्न ठेक्का प्रक्रिया सुरु भएको छ । गत महिना कर्णाली प्रदेशको भौतिक योजना तथा सहरी विकास मन्त्रालय र विश्व बैङ्कको संयुक्त लगानीमा ५१ करोड रुपियाँ बजेट स्रोत सुनिश्चित भएपछि ट्यागसहित कालोपत्रेका लागि एक महिना अवधि राखेर गत पुस ७ गते ठेक्का आह्वान भएको हो ।